ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोराको जन्मदिन मनाउन हिँडेका बुबाको बसको ठक्करबाट मृत्यु


एबीसी न्यूज

काठमाडौं ८ असोज । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुनखानी घर भइ कपन बस्दै आएका शंकर प्रसाद पन्तको गाडीको ठक्करबाट मृत्यु भएको छ ।

छोराको बर्थडे मनाउने सुर कसेर पसलबाट निस्केका शंकर घर पुग्नै पाएनन् । बीच बाटोमै उनलाई गाडीले ठक्कर दियो । हिँड्दै बसपार्क पुगेका शंकरलाई विनायक अस्पताल अगाडि मन्दीर छेउमा मयुर यातायातको गाडीले ठक्कर दिएको हो ।

पछिल्लो समय सरकारले पसल व्यवसाय सञ्चालनमा सहज बनाएपछि शंकरले पसल खोलेका थिए । उनको बालाजु चौकी अगाडि पसल छ । लामो समय बन्द रहेको पसल खोल्न थालेपछि दिनदिनै मोटरसाइलकमा ‘बालाजु देखि कपन’ आवतजावत गर्थे उनी ।

गत मंगलबार शंकरको छोरा आशिषको १७ औं ‘बर्थडे’ । छोराको बर्थडे बेलुका मनाउने हो भन्दै शंकरले ६ गते पनि पसल खोले । मोटरसाइकल बिग्रेको कारण पसलसम्म शंकरलाई श्रीमती रोजीले स्कुटीमा छाडिदिइन् ।

मोटरसाइकल नभएका कारण श्रीमतीलाई लिन बोलाएका थिए भने छिटो होस् भनेर नै हिँड्दै सडक नापिरहेका थिए । श्रीमती पनि शंकरलाई लिन स्कुटीमा आइरहेकी थिइन् ।

जब श्रीमतीले श्रीमान छटपटाइरहेको भेटिन्

जतिबेला दुर्घटना भयो । त्यतिनै बेला श्रीमती पनि विनायक अगाडि नै पुगेकी थिइन् । तर, त्यहाँ पुग्दा उनका लागि बज्रपात हुन पुग्यो । घटनास्थलमा मान्छेहरु झुम्मिरहेको बेला श्रीमती रोजी पनि के भएको रहेछ भनेर स्कुटर रोकी हेर्न पुग्दा आफ्नै श्रीमान भएको खुलेको थियो ।

रोजीसँगै अन्य मानिसले शंकरलाई लगत्तै नजिकैको विनायक अस्पताल पुर्याइयो भने त्यहाँ उपचार सम्भव नभएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल रिफर गरियो ।

टिचिङ अस्पतालमा उपचारको क्रममा शंकरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले जानकारी दिए । मंगलबार साँझ अन्दाजी ८ बजेको समयमा सडकमा हिँडिरहेका शंकरलाई गाडीले ठक्कर दिएको खड्काको भनाइ छ । यस्तै मृतक पन्तको शव अहिले टिचिङ अस्पतालमै छ ।  छोराको बर्थडे मनाउने भन्दै शंकरले अघिल्लो दिन सोमबार नै घर नजिकैको बेकरीमा ‘केक’ अर्डर दिएका थिए । तर, शंकरले अर्डर गरेको केक छोराले काट्न पाएनन् । उल्टो आफ्नो बर्थडेको दिन बाबुको मृत्यु भएको खबर सुन्नुपर्यो । छोरा आशिषले आफ्नो जन्मदिनको खुसीयाली मनाउन हतार गरेर हिँड्नु भएको बुबा गुमाउन पर्दा पीडा भएको भावुक हुँदै बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com