ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ विशेषताहरूसहितको समाजवादको अवलम्बन र विकासमा रत्तिभर विचलन आउन नदिऔँ


एबीसी न्यूज

हामीले कुन मार्ग अँगाल्नुपर्छ ? यो  पार्टीको भविष्य एवं उद्देश्यको सफलताकी लागि शीर्षस्थ प्रश्न हो । चिनियाँ विशेषताहरूसहितको समाजवाद वैज्ञानिक समाजवादको नीति र चिनियाँ इतिहासको सामाजिक विकासको संयोजन हो । यसले जनताका इच्छाहरूलाई प्रतिबिम्बित गर्दछ र राष्ट्रको समय समयका विकासका पूर्ति गर्दछ । यो सर्वपक्षीय सामान्यतः समुन्नत समाजको निर्माण, समाजवादी आधुनिकीकरणको द्रुत परिचालन र चिनियाँ राष्ट्रको विशाल नवीकरणको सफलताका लागि निश्चित बाटो हो ।

सबै पार्टी सदस्यहरूले तङ स्याओफिङ सिद्धान्तको मार्ग निर्देशन ’तीन प्रतिनिधिहरको महत्वपूर्ण विचार’, विकासप्रतिको वैज्ञानिक दृष्टिकोणलाई अबलम्बन गर्नुपर्दछ र चिनियौँ समाजवाद र विकासप्रतिको माक्र्सवादी दृष्टिकोणमा वचनबद्ध दृढ रहनुपर्दछ । सत्यको खोजका लागि अभ्यासलाई एक मात्र आधारको रूपमा लिनुपर्दछ र ऐतिहासिक कार्यमा तत्परता र सृजनशीलताको प्रयोग गर्नुपर्दछ ।
कुनकुन कुराहरू परिवर्तन भइरहेका छन् र अन्तर्राष्ट्रिय, राष्ट्रिय र पार्टी अवस्थामा कुनकुन कुराहरू यथावत रहेका छन् तिनका बारेमा हामी स्पष्ट रूपमा सजग रहनु पर्दछ ।

हामीले नयाँ बाटोहरु बनाउन, नदीहरु पुलले जोड्ने, दृढ सङ्कल्पका साथ अगाडि बढ्न र साहसी रूपमा नयाँ क्षेत्रहरूको खोजी गर्न कहिल्यै आनाकानी गर्नुहुँदैन । हामीमा हाम्रो कामका पेचिला प्रश्नहरू सम्बोधन गर्ने साहस र योग्यता विद्यमान हुनुपर्दछ । जनताका मनका शङ्काहरू हटाई समाधानहरू पत्ता लगाउनु पर्दछ । हामीले सुधार एवं खुलापनालाई प्रगाढ रूपमा सञ्चालन गर्नुपर्दछ । नयाँ आविष्कारहरू एवं नयाँ विचारहरूको सिर्जना तथा नयाँ प्रगति हासिल गर्नुका साथै हाम्रो नीतिको अभ्यास र ब्वस्थाहरूमा नवीकरणकी प्रवद्र्धन गर्नुपर्दछ ।

१८ औँ राष्ट्रिय कांग्रेसका निर्देशक सिद्धान्तहरूको कार्यान्वयनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूर वैकल्पिक सदस्यहरूको विचार गोष्ठीमा दिएको भाषणका मुख्य बुँदाहरू ।

पार्टीको १८औँ राष्ट्रिय कांग्रेसका निर्देशक सिद्धान्ताहरु चिनियाँ विशैषताहरूसहितको समाजवादकी निर्माण अवलम्बन र विकास गर्ने कुरामा केन्द्रित रहेका छन् । सन् २०१३ को वर्ष चिनियाँ विशैषताहरूसहितको शमाजको निर्माणको अवधारणा तङ स्याओफिङले अघि सार्नु भएपछिको ३१ औँ वर्ष हौ । आर्थिक र सास्कृतिक रूपमा अविकसित राष्ट्र चीनमा समाजवाद कसरी निर्माण गर्ने, यसलाई कसरी खँदिलो बनाउने र विकास गर्ने भन्ने विभिन्न आधारभूत प्रश्नहरुका प्रथम पटक स्पष्ट क्रमिक उत्तरहरू दिनुभएको छ ।

उहाँका उत्तरहरूले माक्सवादमा नयाँ दृष्टिकोणको प्रादुर्भाव, नयाँ पद्धतिको सुरुवात र समाजवादको बुझाइलाई नयाँ वैज्ञानिक स्तरमा उठाएको छ ।

चिनियाँ विशेषताहरूसहितको समाजवाद विशुद्ध रूपको समाजवाद हो र अरू केही होइन । वैज्ञानिक समाजवादको आधारभूत सिद्धान्त परित्याग गर्नुहुँदैन, नत्र यो समाजवाद हुँदैन । राष्ट्रले कुन सिद्धान्त अँगाल्नु पर्दछ भन्ने कुरा राष्ट्रको सन्मुख खडा रहेका समस्याहरू यसले समाधान पार्न सक्छ कि सक्दैन भन्ने आधारमा भर पर्दछ ।

इतिहास र यथार्थता दुवैले के देखाएका छन् भने समाजवादले मात्र चीनलाई बचाउन सक्छ र चिनियाँ विशेषताहरुसहितको समाजवादले मात्र चीनको विकास गर्न सक्छ । यो निचोड ऐतिहासिक खोज र जनताको रूचिको प्रतिफल हो ।

जसै चिनियाँ विशेषताहरू सहितको समाजवाद सुध्रदै जान्छ हाम्रो व्यवस्था निःसन्देहरूपमा परिपक्व हुँदै जान्छन् । हाम्रा व्यवस्थाका शक्तिहरू स्वतः उघ्रँदै जान्छन् र लामा विकासका पक्षहरू विश्वसनीय रूपमा फराकिला हुन्छन् ।

हामीमा हाम्रो बाटो, हाम्रो नीति र हाम्रो व्यवस्थामा विश्वास हुनुपर्दछ । हामी बाँसजस्तो चाम्रो हुनुपर्दछ, चङ सिएले बताउनु भएको “बाँस पूर्व, पश्चिम, दक्षिण र उत्तर जताबाट बतास बहे पनि सबै प्रहारहरूको बाबजुद नभौँचिइकन सदा अडिग रहन्छ ।”

पार्टीको नेतृत्वमा जनताले कुन तरिकाले समाजवादको निर्माण गर्दछन् त्यसलाई दुई ऐतिहासिक स्थितिमा विभाजन गर्न सकिन्छ । एक, १९७८ मा सुधार एवं खुलापनाको प्रारम्भ अघिको स्थिति र दोस्रो, त्यसपछिको स्थिति । यी दुवै स्थीतिहरु एक अर्कासँग सम्बन्धित र एक अर्काबाट अलग पनि छन् । दुबै समाजवादको निर्माणमा पार्टीको नेतृत्वअन्तर्गत जनताबाट व्यवहारिकता पछ्याई गरिएका खोजहरू हुन् । गणतन्त्र चीनको स्थापनापछि १९५६ मा समाजवादी व्यवस्था लागु भएदेखि २० वर्षभन्दा बढी वर्षहरूको विकासमा आधारित सुधार र खुलापनको सुरूवात भएपछि चिनियाँ समाजवादको प्रारम्भ गरिएको थियो । यद्यपि दुई ऐतिहासिक स्थितिहरू आफ्ना निर्देशक विचारधारा, सिद्धान्त, नीति र अभ्यासगत कार्यमा फरक छन् ।

तापनि तिनीहरू एकअर्काबाट अलग र आपसमा विरोधी छैनन् । हामीले ’सुधार एवं खुलापनको भन्दा पछिको अवस्थाको दाँजोमा सुधार एवं खुलापनभन्दा अघिको अवस्थालाई न नकार्नु हुन्छ न उल्टोपाल्टो पार्न हुन्छ । हामीले तथ्यहरूबाट सत्य प्राप्त गर्ने सिद्धान्तहरूमा आबद्ध रहनुपर्दछ र हाँगाहरुबाट मुख्य गिँडलाई छुट्याउनु पर्दछ । हामीले सत्यलाई वहन गर्नुपर्दछ । हाम्रा भूलहरूलाई सच्याउनु पर्दछ, व्यावहारिक अनुभवहरू ग्रहण गर्नुपर्दछ र पाठहरू सिक्नुपर्दछ । यो पार्टी र जनताको उद्देश्य अगाडि बढाउन मद्दत पुन्याउने आधारशिला हो ।

माक्र्सवाद स्थिर रहने छैन । यो निश्चित रूपले समाजको गति अभ्यासको प्रगति र विज्ञानको विकास सँगसँगै चल्नेछ । समाजवाद पनि सदा अभ्यास मार्फत अगाडि बढ्ने हो । चिनियाँ समाजवादको विकास गर्नु हाम्रो ठूलो उद्देश्य हो । तङ स्याओफिङले यस विषय बारेका आधारभूत विचार र सिद्धान्तहरूलाई स्पष्टतःपरिभाषित गर्नुभएको छ । चियाङ चमिन र पछि हु चिनथाओ केन्द्रीय समितिको प्रमुख रहनु हुँदा पनि यसमा केही महत्त्वपूर्ण अध्यायहरू थप गर्नुभएको छ । अब हाम्रो पुस्ताको कम्युनिस्टहरूको काम यस उद्देश्यको अनुगमन गर्नु हुनेछ ।
हामी विकासगत दृष्टिकोणले माक्र्सवाद र समाजवादमा आबद्ध रहनु पर्दछ ।

प्रत्येक पाइला पिच्छे हामीहरू नयाँ र अपरिचित समस्याहरूको सामना गर्न पुग्नेछौं, ठूला सङ्कट र हाँकहरू हाम्रो सम्मुख आउनेछन् र हामीले अप्रत्यासित कुराहरूसँग जम्काभेट गर्नुपर्नेछ । हामी उन्नति र शान्तिको घडीमा पनि विपरीत स्थिति र सङ्कटका लागि तयार रहनुपर्दछ ।
हामीले नबुझेको कुरामा बुझेझैँ स्वाङ गर्नुहुँदैन । हामीले बुझिसकेका कुरालाई प्रयोगमा ल्याउनु पर्दछ । नबुझेको कुरा सिक्न समय खेर फाल्नु हुँदैन । हामीमा अस्पष्ट मानसिकता रहनुहुँदैन ।

पार्टी सदस्यहरू, विशेषतः पार्टी पदाधिकारीहरूको चिनियाँ विशेषताहरूसहितको समाजवाद निर्माणको सामूहिक आदर्शका साथसाथै उच्च कम्युनिस्ट आदर्शहरूमा दृढ विश्वास कायम रहनुपर्दछ र प्रतिबद्धताका साथ तिनीहरूको अवलम्बन गर्नुपर्दछ ।
समाजवादको प्रारम्भिक चरणमा, पार्टीका आधारभूत धारणा र कार्यान्वयन गर्न हामी कडा रूपले प्रस्तुत हुनुपर्दछ र हाम्रो काम राम्रोसंग सम्पन्न गर्नुपर्दछ ।

हाम्रा क्रान्तिकारी आदर्शहरू उच्चतम छन् । आदर्शविहीन सदस्यमा आवश्यक गुणको अभाव रहन्छ जो केही नगरिकनै पार्टीका उच्च आदर्शहरू हाँक्ने मात्रै हुन्छन् ।

पार्टीका सदस्यहरू र पदाधिकारीहरूमा कम्युनिस्ट पार्टीका उच्च आदर्शहरु भए–नभएको जाँच गर्ने वस्तुगत आधारहरू विद्यमान छन् । के उनीहरू तन–मन देखि नै जनताको सेवा गर्ने आधारभूत सिद्धान्तमा कायम रहिरहन सक्छन् ? के उनीहरु कठीनाइको सामना गर्न सबै भन्दा अघि सर्न र सुबिधा लिन सबैभन्दा पछि बस्न सक्छन् ? के तिनीहरू कडा परिश्रम गर्न एवं इमानदार र समर्पित रहन सक्तछन् ? के उनीहरु आफूनो आदर्शको रूपमा पार्टीका कार्यदिशालाई लागू गर्न हर प्रयत्न गर्न र आवश्यक पर्दा आफ्नो जीवन उत्सर्ग गर्न पनि सक्तछन् ।
दोषपूर्ण विचार, विलासी र भ्रष्ट व्यवहार र निष्कृय मनोवृत्ति यी सबै कुराहरु उच्च साम्यवादी आदर्शहरूसँग मेल खाँदैनन् ।

टिप्पणीहरू :

वैज्ञानिक साम्यवाद सरह पनि मानिने वैज्ञानिक समाजवादले विस्तृत सन्दर्भमा माक्र्सवादको सम्पूर्ण विचार प्रणालीलाई जनाउँदछ र साँगुरो सन्दर्भमा माक्र्सवादका तीन प्रमुख गुणमध्ये एकलाई जनाउँछ । पछिल्लो भनाइको प्रयोग कार्ल माक्र्स र फ्रेडरिक एन्जेल्सले स्थापना गरेको वैज्ञानिक समाजवादको विज्ञान हो । जसले श्रमजीवी वर्गको मुक्ति, आन्दोलनको प्रकृति, स्थिति र मुख्य उद्देश्यको लेखाजोखा गर्न यसले मुख्य रूपमा निजी स्वामित्वको अन्त्य र सामूहिक स्वामित्वको अवलम्बन, उत्पादकत्व शक्तिको बृहत्तर प्रवद्र्धन, यथोचित सामाजिक एवं भौतिक सम्पत्तिको आर्जन, योजनाबद्ध अर्थप्रणालीको कार्यान्वयन एवं व्यावहारिक उत्पादन र मुद्रा विनिमययुक्त व्यवस्थाको खारेजीको लागि प्रस्ताव गर्दछ ।

यसले “प्रत्येकलाई आआफ्नो योगदान बमोजिम” भन्ने सिद्धान्तलाई अनुमोदन गर्दछ र वर्गहरू र वर्ग विभाजन हट्ने छ । राष्ट्र सविस्तार विलाउनेछन् र स्वतन्त्र व्यक्तिहरूको समुदायहरू क्रियाशील हुँदै आउनेछन् भन्ने कुराको भविष्यवाणी गर्दछ ।

चङ सिए बाखुज एमिड रक्स’ चङ सिए (१६९३–१७३५) जो चङ पानछ्याओले नामलेसमेत चिनिन्छन् । छिङ वंश (१५४४–१९११) मा लिपि विद्याको लेखक थिए ।

 

चिनियाँ राष्ट्रपति ‘सी जीङफिङ को सम्वोधन

जनवैरी ५, २०१३

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com