ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एप्पल कर्मचारीका लागि आफ्नै छुट्टै मास्क डिजाइन


एबीसी न्यूज
भाद्र २८, २०७७ आईतबार  २ : ४६ बजे

काठमाडौं, २८ भदौ ।  विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले आफ्नो कर्मचारीका लागि आफ्नै डिजाईनको मास्क तयारी गरेको छ । एप्पलले डिजाइनको क्षेत्रमा अतिरिक्त लगानी र मेहेनत गर्ने गरिरहेको छ । आफ्नो डिजाइन दर्शनलाई एक कदम अगाडि बढाउँदै एप्पल कम्पनीले आफ्ना कर्मचारीहरुका लागि मास्क डिजाइन गरेको हो ।

ब्लुम्बर्गका अनुसार विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि अनुहारमा मास्क लगाउनु अनिवार्य जस्तै बनेको बेला एप्पलले आफ्ना कर्मचारीहरुका लागि आफ्नै छुट्टै मास्क डिजाइन गरेको हो ।

उक्त मास्कको नाम ‘एप्पल फेस मास्क’ रहेको छ । कम्पनीको इन्जिनियरिङ तथा औद्योगिक डिजाइन सम्बद्ध टिमले उक्त मास्कको डिजाइन गरेको हो । त्यस्तै म्याक र्युमर्स नामक वेबसाइटले पनि एप्पलको मास्कका विषयमा समाचार प्रकाशित गरेको छ । एप्पल फेस मास्कमा तीनवटा पत्र रहेका छन् जसले सुक्ष्म कणहरु समेत भित्र छिर्न तथा बाहिर निस्किन दिँदैन समाचारमा उल्लेख छ ।

सो मास्कलाई धोइपखाली गरी बढीमा ५ पटकसम्म पुनः प्रयोग गर्न सकिने बताइएको छ । एप्पललाई उद्धृत गर्दै ब्लुम्बर्गले जनाएअनुसार निकै सावधानीपूर्वक अनुसन्धान तथा परीक्षण गरी उक्त मास्कको डिजाइनलाई पूर्णता दिइएको हो । आगामी दुई हप्ताभित्र एप्पलको कर्पोरेट तथा रिटेल शपहरुमा कार्यरत कर्मचारीहरुले उक्त मास्क लगाउन पाउनेछन् ।

स्मरण रहोस् गत अप्रिल महिनामै एप्पलले स्वास्थ्यकर्मीहरुका लागि अनुहार छोप्ने चिकित्सा सामान डिजाइन गरी वितरण गर्ने घोषणा गरेको थियो । ट्वीटरमा सार्वजनिक गरेको एक भिडियो मेसेजमा एप्पल सिइओ टिम कुकले एप्पलले डिजाइन गर्ने स्वास्थ्यकर्मी लक्षित फेस शिल्डका विषयमा जानकारी गराएका थिए ।

उनले एक फेस शिल्डको नमूना समेत देखाउँदै उक्त फेस शिल्डका बारेमा डाक्टरहरुबाट सकारात्मक पृष्ठपोषण प्राप्त भैरहेको समेत दाबी ग्रेका थिए । उनका अनुसार एप्पलका फेस शिल्ड प्याकिङ गर्न तथा लगाउन समेत निकै सजिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com