ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो


एबीसी न्यूज
फाल्गुन ३, २०८२ आईतबार  ३ : ५८ बजे

काठमाडौं, ३ फागुन । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले १७ फेब्रुअरीमा देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्। उनको शपथग्रहण समारोहमा शेख हसिनालाई आश्रय दिइरहेको छिमेकी भारतसहित १३ देशलाई निम्ता गरिएको छ।उनको शपथ समारोह परम्परागत रूपमा राष्ट्रपति भवनमा नभई ढाकास्थित राष्ट्रिय संसद् भवन परिसरको साउथ प्लाजामा आयोजना गरिने भएको छ।ढाकाले यस समारोहमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न १३ देशका नेताहरूलाई निमन्त्रणा पठाएको छ। तर हालसम्म भारतले कुनै आधिकारिक जवाफ दिएको छैन भन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि नै दक्षिण एसियाली देशका प्रमुखहरूलाई आमन्त्रण गरिने संकेत बीएनपीले दिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदी फेब्रुअरी १७ मै मुम्बईमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग द्विपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम भएकाले उनी ढाका जाने सम्भावना नरहेको जनाइएको छ। यस्तो अवस्थामा भारतको प्रतिनिधित्व विदेशमन्त्री एस। जयशंकर वा उपराष्ट्रपति सी।पी। राधाकृष्णजस्ता नेताले गर्न सक्ने अनुमान गरिएको छ।मिडिया रिपोर्टअनुसार भारत बंगलादेशसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन चाहन्छ, त्यसैले सपथ समारोह बहिष्कार गर्ने छैन। यद्यपि हतारमा कुनै सम्झौता गर्न इच्छुक नरहेको जनाइएको छ। यो सपथ समारोहमा पाकिस्तानका प्रधानमन्त्रीलाई पनि आमन्त्रण गरिएको छ। भारतीय सञ्चारमाध्यमले सतर्कतापूर्वक भारतले कूटनीतिक उपस्थिति जनाउने जनाएका छन्।बंगलादेशले अधिकांश सार्क सदस्य देशका नेताहरूलाई आमन्त्रण गर्ने निश्चित भएको थियो। बंगलादेशले निमन्त्रणा पठाएका १३ देशमा चीन, भारत, मलेसिया, साउदी अरेबिया, टर्की, पाकिस्तान, युएइ, कतार, ब्रुनाइ, श्रीलंका, नेपाल, माल्दिभ्स र भुटान रहेका छन्।आम निर्वाचनमा जित हासिल गरेपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिंदै रहमानले सार्कलाई पुनः सक्रिय बनाउन आफूले पहल गर्ने बताए। साथै उनले देशमा कानून–व्यवस्था कुनै पनि हालतमा कायम रहने स्पष्ट पार्दै शान्ति र सुरक्षामा खलल पुर्‍याउने कुनै पनि गतिविधि सहन नहुने र कानून सबैका लागि समान रूपमा लागू हुने बताए।तारिक रहमानले देशवासीलाई एकताबद्ध रहन आग्रह गर्दै देशको हितका लागि सबै एकजुट हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com