भारतमा कोरोना संक्रमितको संख्या साढे ४७ लाख नाघ्यो, पछिल्लो २४ घण्टामा १ हजार १०८ जनाको मृत्यु



काठमाडौं, २८ भदौ ।   भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । आइतबार भारतमा ९४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ९९ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ७३ हजार ८६८ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १०८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७८ हजार ६१४ पुगेको  छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All