ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानको नयाँ प्रधानमन्त्रीमा एनआरएनका पूर्व अध्यक्ष भट्टको काका ससुराको नाम चर्चामा


एबीसी न्यूज
भाद्र २६, २०७७ शुक्रबार  ११ : ५४ बजे

काठमाडौं । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को तर्फबाट जापानको नयाँ प्रधानमन्त्रीका रुपमा योशिहिदे सुगाले आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् ।
संसदमा अत्यधिक बहुमत रहेको एलडीपी पार्टीबाट सुगाले प्रधानमन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । केही दिन अघि उक्त पार्टीका अध्यक्ष सिन्जो अबेले आफ्नो स्वास्थ्यका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुगाको नाम चर्चामा आएको छ ।

उम्मेदवार घोषणा भएपछि आगामी हप्ता जापानले नयाँ प्रधानमन्त्रीका रुपमा लिबरल डेमोक्रेटिक पार्र्टीका तर्फबाट सुगालाई प्राप्त गर्ने सम्भावना प्रबल छ । सुगा प्रधानमन्त्री सिन्जो अबेका विश्वास पात्र मानिन्छन् । सुगा हाल जापानको चिफ क्याबिनेट सेक्रेटरी हुन् । उनी जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्री समेत हुन् । प्रधानमन्त्री अबेलाई सफल बनाउन सुगाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

सेप्टेम्बर १६मा जापानमा नयाँ प्रधानमन्त्रीको घोषणा हुने कार्यक्रम रहेको बताईएको छ । स्थानीय प्रत्रिका क्योदोले गरेको एक सर्वेक्षणमा प्रधानमन्त्रीको दौडमा रहेका फुमियो किसिदा, पूर्व रक्षामन्त्री सिगेरु इसिबालाई पछाडि पार्दै सुगा अगाडि देखिएका छन् । जापानमा प्रधानमन्त्री पदमा निर्वाचित हुन तल्लो सदनमा रहेका सदस्यहरु मध्ये २ सय ३३ जना सांसदहरुले समर्थन जनाउनु पर्दछ । तर सभामुखलाई जोडेर बाहेक लिबरल डेमोक्रेटिक पार्र्टी र कोमितोको मत जोडेर संसदमा ४ सय १३ सांसदको अत्यधिक बहुमत पुग्दछ । लिबरल डेमोक्रेटिक पार्र्टी एक्लैको संसदमा २ सय ८५ सांसदहरु रहेका छन् । जापानको तल्लो सदनमा कूल ४ सय ६५ जना सांसदहरु हुने गर्दछन् ।

को हुन् सुगा ?

सन् १९४८ डिसेम्बर ६ तारिखका दिन जन्मिएका सुगा जापानका चर्चित राजनीतिज्ञ हुन् । सन् २०१२ डिसेम्बर देखि उनी जापानको चिफ क्याबिनेट सेक्रेटरी पदमा कायम रहेका छन् । जापानको ईतिहासमा सबैभन्दा लामो समयसम्म चिफ क्याबिनेट सेक्रेटरी रहेका सुगा नै अहिलेसम्म पहिलो व्यक्ति हुन् । उनी सन् १९९६ देखि नै जापानको कानागावा जिल्लाबाट संसदमा प्रतिनिधित्व गरिरहेका छन् । सुगाको जन्म किसान परिवारमा गाउँमा भएको हो । ग्राजुएशनमा पढ्नका लागि उनी टोकियोस्थित युजावा हाई स्कुलमा गए । उनले सन् १९७३ मा होसेई विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।
भारतसँंगको रोटी बेटीको सम्बन्ध भनेझै सुगा जापानका नयाँ प्रधानमन्त्री भए नेपालीका लागि पनि खुसीको खबर बन्ने छ । सुगा नाताले जापानमा रहेका नेपाली व्यवसायी तथा एनआरएनका पूर्व अध्यक्ष भवन भट्टका काका ससुरा हुन् । आगामी हप्ता हुने लिबरल डेमोक्रेटिक पार्टीको चुनावमा सुगाले जित्नु भनेको नेपालका लागि पनि महत्वपूर्ण हुने पूर्व अध्यक्ष भट्टले बताए । सुगा भट्टकी श्रीमती मियको नाताले आफ्नै काका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com