मेरो राजदरवार प्रवेशको प्रेरक राजा वीरेन्द्र नै हुन – डा.चिरनशमशेर



डा.चिरनशमशेर थापा, बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको ट्रिनीटी कलेजमा अध्ययन गरेका पहिलो नेपाली । ट्रिनीटी कलेज जसमा दक्षिण एसियाका प्रतिभाशाली एवम् प्रभावशाली व्यक्तित्वहरु जवाहरलाल नेहरु, सुवासचन्द्र बोस, अली जस्ता व्यक्तित्वहरुले अध्ययन गरेका थिए । चिरनशमशेर र राजीव गान्धी त सहपाठी नै थिए । तत्कालीन युवराजाधिराज वीरेन्द्रसँग बेलायतमै भेटघाट र निकटता रहेकाले चिरनशमशेर नेपाल फर्केर करिब ४० वर्ष राजदरबारमा परराष्ट्र तथा संवाद सचिवको रुपमा नेपालको राजनीतिक, सामाजिक, आर्थिकका साथै विदेश नीति निर्माणमा प्रमुख भूमिका खेले । डा.चिरनशमशेर थापासँग ध्रुव अधिकारी र सपना थामीले गरेको अन्तरंग संवादको आधारमा तयार पारिएको आलेखः


बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका पहिलो नेपाली विद्यार्थी

वि.सं.१९९९ साल साउन महिनामा काठमाडौंको हात्तिसार, नक्सालमा पिता भूपेन्द्रशम्शेर थापा र आमा जगतकुमारी विष्ट थापाको पहिलो सन्तानको रुपमा चिरनशम्शेर थापाको जन्म भयो । भर्खरै ७९ वर्षमा प्रवेश गरेका थापाका दुइजना भाइ र एकजना दिदी छन् । एकजना भाइ र दिदीको देहान्त भैसक्यो भने १ जना भाइ लण्डनमा बस्छन् । हात्तिसारको तत्कालीन थापा बस्तीमा उनकै उमेरका ६, ७ जना समकक्षीहरु थिए, उनीहरुसँगै खेल्दै, पढ्दै घुम्दै रमाईलोसँग आफ्नो बाल्यकाल बितेको उनी सम्झन्छन् ।

उनी ९ वर्षको हुँदा सेन्टजेभियर्स गोदावरी स्कूल खुल्यो, त्यस स्कूलमा अमेरिकन फादरहरु थिए र चिरन शम्शेरले पनि एप्लिकेसन दिए र एप्रुभ पनि भयो ।

फोटो :– ध्रुब अधिकारी

फोटो :– ध्रुब अधिकारी

‘सेन्टजेभियर्समा मेरो उमेरको ९ देखि १६ वर्षसम्म बिताएँ । त्यसपछिको ४/५ महिना जति खाली समयमा पब्लिक साईन्स क्याम्पसमा पढें । १७ वर्षको उमेरमा म पढ्नको लागि विदेशिएँ । शुरुमा अमेरिकाको एउटा कलेजमा पढें । त्यसपछि स्विट्जरल्याण्डमा १ वर्ष पढें र त्यहाँबाट बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा । त्यो क्याम्ब्रिज विश्वविद्यालयमा पढ्ने म नै पहिलो नेपाली थिएँ । 

अक्सफोर्डमा २/३ जना नेपाली पहिल्यै पढिसकेका थिए, क्याम्ब्रिजमा चाहिं मै पहिलो थिएँ’, उनले आफ्नो विद्यार्थी जीवनबारे एकै सासमा बताए ।

क्याम्ब्रिज अन्तर्गतका विभिन्न कलेजमध्ये उनले ट्रिनीटी कलेजमा पढे । ट्रिनीटीमा उनीभन्दा पहिला ३ जना विशिष्ट भारतीय व्यक्तित्वहरु पण्डित जवाहरलाल नेहरु, नेताजी सुवासचन्द्र बोस र अली । अली, जसले पाकिस्तान भन्ने शब्द निकाल्नुभयो र सारा जहाँ से अच्छा हिस्दुस्ता हमारा भन्ने गीतको सिर्जना गरे ।

प्रख्यात, प्रभावशाली भारतीय, पाकिस्तानीहरुले त्यहाँ अध्ययन गरेका थिए । त्यसबेला पण्डित जवाहरलाल नेहरुका नाति राजीव गान्धी, जो पछि भारतका प्रधानमन्त्री भए, सँग चिरन शम्शेरको चिनजान भयो । चिरनको विषय अर्थशास्त्र थियो भने राजीव गान्धिको विषय ईन्जिनियरिङ । तर पनि एउटै कलेजका सहपाठी भएकाले कुराकानी हुन्थ्यो, भेटघाट हुन्थ्यो ।

चिरनले विदेशमा ५ वर्ष अध्ययन गरे । त्यो अवधिमा उनले छुट्टीका दिन पनि खेर जान दिएनन् । क्याम्ब्रिजमा पढ्दा वर्षायाममा हुने बिदामा इटालियन भाषा सिके, २ वर्ष लाएर । वर्षको २–२ महिना गरेर । अर्को वर्षको २ महिनाको बिदामा उहाँले जर्मन भाषा सिके । फ्रेन्च भाषा उनलाई पहिलादेखि नै आउँथ्यो । २, ३ महिना बिदा हुदा भाषा सिक्नुको साथै उनी काम पनि गर्थे । स्विट्जरल्याण्डमा रबरको किनबेचको काम गर्ने पोलिसार भन्ने कम्पनीमा काम गरे । त्यसो त, उहाँले अमेरिकामा दुई वटा समरक्याम्पमा १८, १९ वर्षको उमेरमै काउन्सिलर भएर काम गरेका थिए । पढाइ सकेर उनी सन् १९६४ मा नेपाल फर्के ।

पहिलो पटक नेपालमै र नेपाली र अंग्रेजी भाषामा परीक्षा दिएका थिए

चिरन जतिबेला गोदावरीको सेन्टजेभियर्समा पढ्थे, त्यतिबेला क्याम्ब्रिजकै शिक्षकहरुले परीक्षा लिन आउँथे, जसलाई सिनियर क्याम्ब्रिज भनिन्थ्यो । चिरनभन्दा अगाडिका २ वटा ब्याचले भारतको पटनामा गएर परीक्षा दिएका थिए भने उनको पालामा नेपालमै परीक्षा दिन पाइने व्यवस्था भयो । भारतमा परीक्षा दिंदा अंग्रेजी र हिन्दी भाषामा दिनुपथ्र्यो भने नेपालमा नेपाली भाषा र अंग्रजी भाषामा परीक्षा लिने व्यवस्था भएको थियो । त्यसबेलाका विश्व प्रसिद्ध भाषाशास्त्री मिस्टर प्रोफेसर टर्नरले उनको परीक्षा लिएको भन्ने सुनिएको उनले बताए । विश्वविद्यालयको परीक्षाको परीक्षण गर्ने व्यक्ति को थिए भन्ने खुलाउने परम्परा छैन, आज पनि छैन, उनले भने ।

फोटो :– ध्रुब अधिकारी

फोटो :– ध्रुब अधिकारी

चिरनका दुइजना भाई पनि गोदावरीको सेन्टजेभियर्समै पढेका थिए । पछि माइलो भाइले पनि क्याम्ब्रिज विश्वविद्यालयमा पढ्ने अवसर पाए । संयोगवश उनी क्याम्ब्रिज विश्वविद्यालयमा पढ्ने दोस्रो नेपाली भए । त्यसो त,

फोटो :– ध्रुब अधिकारी

फोटो :– ध्रुब अधिकारी

उनका काका श्रीप्रताप शम्शेर थापा पनि नेपालमा बी.एस्सी. उत्तीर्ण गर्ने पहिलो व्यक्ति थिए । उनले भारतको कलकत्ता विश्वविद्यालयमा विज्ञान अध्ययन गरेका थिए । चिरन भन्छन्– ‘त्यो बेला कलकत्ता विश्वविद्यालय र लण्डनको स्तर एकै थियो ।’ यसैगरी, उनका मामा हिरण्यबहादुर विष्ट पनि नेपालबाट एम.ए.एल. एलबी. गर्ने पहिलो नेपाली हुन् । विष्टले ल्हासास्थित महावाणिज्य दूतावासमा ९ वर्ष कार्य गरे ।

कानुन पढेका कारण पनि विष्टलाई ल्हासा पठाइयो त्यो बेला ४ वर्षको लागि ल्हासामा पठाउने चलन थियो तर त्यसबेला दोस्रो विश्वयुद्ध भएकोले थप ५ वर्ष त्यहाँ बस्ने वातावरण बन्यो ।
मामाबारे चिरनको एउटा स्मृति रमाइलो रहेछ । उनी यसरी सुनाउँछन्– ‘मामा (हिरण्यबहादुर विष्ट)ले ल्हासा जाँदा श्रीमती, १ छोरा र १ छोरी लिएर जानुभएको थियो । ९ वर्ष त्यहाँ बिताउँदा उहाँका थप अरु ६ जना छोरीहरु र १ जना छोरासहित ७ जना सन्तान पनि त्यतै जन्मिए । त्यतिबेला अब, भोटकै श्रीमती राख्ने पनि गरिन्थ्यो तर मेरो मामाको चाहिं एकजना मात्रै श्रीमती । यी सबै ९ जना सन्तानहरु एकै श्रीमतीबाट जन्मिएका हुन्, जसमध्ये ७ जना त आजसम्म पनि हुनुहुन्छ ।’

थोरै एरेन्ज र अलिअलि प्रेम विवाह

फोटो :– ध्रुब अधिकारी

आफ्नो वैवाहिक जीवनबारे अन्तरंग कुरा गर्दै चिरनशमशेर भन्छन्– ‘मेरी श्रीमती राणा खलक हो । हाम्रो विवाह भएको ५१ वर्ष पुगेर ५२ वर्ष लाग्यो । हाम्रा ३ जना छोराछोरी छन्, जेठो छोराको विवाह भएर न्यूयोकर्कस्थित संयुक्त राष्ट्रसंघमा काम गर्छ । उसका जुम्ल्याहा छोरा छन् । अर्की छोरीको एउटा छोरा छ, उ वासिङ्टनडिसीमा छ ।

कान्छा छोराको विवाह भएको छैन, हामीसँगै छ । ५१ वर्ष अघिको कुरा विवाह गर्नुपूर्व दुलही देखाउने चलन त थियो तर एक किसिमबाट पहिले नै कुरा मिलिसक्याहुन्थ्यो एकपटक देखाउने तर कुरा मिलिसकेपछि अरु देखाउने कुरै भएन । मेरो र मेरी श्रीमतीको पनि एकचोटी भेटघाट भयो, त्यसपछि कुराकानी छिनियो अनि एकैचोटी विवाह भयो ।’

फोटो :– ध्रुब अधिकारी

आफ्नो विवाहको प्रसंगलाई राजा वीरेन्द्रको विवाहको प्रसंगसँग जोड्दै उनी भन्छन्– ‘एकपल्ट राजा वीरेन्द्रलाई एउटा प्रश्न गरिया’थ्यो, राजा वीरेन्द्र र रानी ऐश्वर्यको अन्तरवार्ता हुँदैथ्यो । तपाईहरुले त रमाईलोसँग, सजिलैसँग सोधिरहनुभाछ राम्रो ।

त्यो अन्तरवार्ताकर्ताले अप्ठ्यारो पार्नेगरी अकस्मात् तपाईहरुको विवाह त, एरेन्ज हो क्यारे, यो के हो ? भनेर राजालाई प्रश्न सोधेछन् र राजा वीरेन्द्रबाट जवाफ बक्स्यो, – केही हदसम्म एरेन्ज हो, केही हदसम्म प्रेमको पनि विवाह हो भनेर । त्यहाँबाट उ चुईंंक्क बोल्न सकेन । म र श्रीमतीको पनि त्यस्तै हो, केही हदसम्म एरेन्ज हो, केही हदसम्म प्रेमको सम्बन्ध पनि हो ।’

स्काउटिङ्मा पहिलो रोचक इतिहासः अंग्रेजी ‘एल’को सट्टा हो कि होइन ? हो ! हो ! हो !

सेन्टजेभियर्स स्कूलमा स्काउटिङ्को पनि रोचक ईतिहास छ । चिरनपढ्ने सेन्टजेभियर्स स्कूलमा स्काउटी«को सुरुवात पनि अंग्रेजी भाषाबाट सुरु भयो । यो स्वाभाविक पनि थियो । ‘स्काउटमा एउटा ‘एल’ भन्ने हुन्छ, त्यो सबै अंग्रेजीमै सिकाउँछ । हामीले चाहिं, कोही मान्छे हरायो भने प्रयोगमा ल्याउने ।

फोटो :– ध्रुब अधिकारी

हामीले स्काउटको इतिहासमा त्यो ‘एल’ लाई नेपाली ग¥यौं पहिलो पल्ट । हो कि होइन ? हो ! हो! हो ! भन्ने । यसरी नेपाली भाषामा प्रयोग गरिएको स्काउट्रिलाई स्काउटिङको हेडक्वाटर लन्डनमा रेकर्ड राखिएको थियो ।’

‘ पढाई निकै उच्चस्तरको थियो त्यो बेला । एउटा नेपाली भाषा पढाउने एकजना नेपाली शिक्षक थिए भने, अरु सबै अमेरिकन शिक्षकहरु हुन्थे । सबै अविवाहित हुन्थे, उनीहरु स्पोर्टस्मा पनि थिए ।’ सेन्ट्जेभियर्स, गोदावरीको छेवैमा एउटा पोखरी छ, चिरनलगायत ४, ५ हजारजनाले त्यही पौडी खेल्न सिकेका थिएँ । यहाँ पौडी खेल्न सिकेका चिरनले पछि क्याम्ब्रिजमा पनि पौडी खेल्ने कोसिश गरे, तर सकेनन् ।

उनी भन्छन्– क्याम्ब्रिजमा निकै उच्चस्तरको थियो, पौडी खेल्न निकै प्राक्टिस् गर्नुपर्ने । अब त्यो बेला पौडी खेल्ने मात्रै प्राक्टिस् गर्नु कि ! पढ्नु पनि प¥यो । तर क्याम्ब्रिजमा पढाइ उच्चस्तरको मात्रै नभएर रमाइलो पनि थियो । प्रख्यात अर्थशास्त्री जोन रबिन्सन्, मेरो टिचर हुनुहुन्थ्यो जो नोबल पुरस्कार नपाउने सबभन्दा प्रख्यात अर्थशास्त्री भनेर चिनिन्छ ।’

होस्टलको बसाइका कारण परिवारमा कम घुलमिल

चिरनका बुवा भुपेन्द्र शम्शेरहरु त्यो बेला घोडामा चढेर आवत्जावत् गर्थे भने मुवा (मुमा) हरु बग्गीमा चढ्ने । तर, चिरण जन्मिँदा काठमाडौंमा मोटर चल्न सुरु भैसकेको थियो । त्यो बेला दूधको लागि गाई पालिन्थ्यो भने, यताउता हिंड्डुल गर्नलाई मोटर नै प्रयोग हुन्थ्यो । तर, मोटर चढ्ने बानी त्यति थिएन, चिरनका शम्शेरका बुवा भुपेन्द्र पनि कहिलेकाहीं गोदावरीमा जाँदाबाहेक प्राय हिंड्ने नै गर्थेे । मोटर घरमा पनि थियो, ड्राईभर पनि थियो तर मोटर चढ्ने बानी थिएन, उनी सम्झन्छन् । त्यसो त, चिरनलाई काकी हुकुम राजेश्वरी थापाले हुर्काएकी थिइन् ।

फोटो :– ध्रुब अधिकारी

हुकुम बोर्लाङका माथवरसिंह थापाकी सन्तान थिइन् । ‘हामीहरु थापा भए पनि यी दुई थापाबीच भने बिहेवारी चल्थ्यो,’ उनी भन्छन् । त्यसो त, काकीका कुनै सन्तान थिएनन् । चिरनशम्शेर निकै सानो, कमजोर भएका कारण काकीले नै उनलाई पाल्ने निधो गरेकी थिइन् रे ! सेन्टजेभियर्समा पढुञ्जेल पनि उनलाई काकी नै मुवाजस्तो लाग्थ्यो । स्कूलमा होस्टलमै बसेका कारण बाल्यकालमा बुवासँग पनि त्यति नजिक हुन नपाएको उनी बताउँछन् । भन्छन्, – ‘सेन्टजेभियर्समा साथीहरुले आफ्नो बुवा, मुवाको कुरा गर्दा म चाही मुवा, मुवाको कुरा गर्थे ।’

जाडो बिदामा भारत होइन, नेपालकै तराईक्षेत्र जाऊ

सानैमा बोर्डिङ स्कूल र होस्टल बस्ने र बिदामा मात्रै घर आउने त्यैपनि खासै कुराकानी नहुने भएका कारण स्कूलको धेरै र घरको सम्झना कम भएको उनी बताउँछन् ।

फोटो :– ध्रुब अधिकारी

त्यो बेला जाडोको बिदामा परिवारसँग इण्डिया जाने चलन थियो । सन् १९५२ मा उनी बुवा, मुवा र दिदीसँग पहिलो पटक देशबाहिर अर्थात् कलकत्ता गए । उनीहरुको जग्गाजमिन तराई क्षेत्रमा पनि भएकोले र चिरनकै आग्रहमा पछिल्ला वर्षहरु १९५५, ५६, ५७ पछि भने हरेक वर्ष तराईको सप्तरीमा जाने चलन बस्यो ।

उनी भन्छन्, – ‘सप्तरीको हावापानी ज्यादै राम्रो छ तर, विकास हुन सकेन किनभने, ईण्डियापट्टि रेल हेड छैन । यता विराटनगरपट्टि जोगमनी भन्ने छ, जनकपुरमा पनि छ, यता नेपालगञ्जपट्टि पनि छ, सप्तरीको छैन । विकास हुन सकेन । त्यसपछि ३ वर्षको जाडो बिदामा हामी तराई गयौं ३ वर्ष । विदेश जानु ठिक होइन भनेर मैले भनें ।’

जन्तु पाल्नु लच्छिन मानिन्थ्यो, कुखुरा, हाँसको फुल नखाएर चल्ला ओथार्न लाउँथ्यौं

चिरन सेन्टजेभियर्स पढ्नुभन्दा अगाडि नै उनका बुवा भूपेन्द्रशमशेर चिसापानीगढीको बडाहाकिम भएका थिए । बुवासँग मुवा, भाईहरु र दिज्यु गएपनि चिरन जान पाएनन् । तर, पछि २, ३ महिनाको लागि उनी पनि त्यहाँ गए ।

उनले उपत्यकाबाहिर पहिलो पटक रात बिताएको त्यही चिसापानीगढीमा नै हो । भन्छन्– चित्लाङ, मार्खु जहाँ त्यो बेला कुलेखानी प्रोजेक्ट थिएन, तर घुम्न जान रमाइलै हुन्थ्यो । त्यो खाद्यान्नको भण्डारजस्तै थियो, मानिसहरु पनि त्यत्तिकै मेहनती थिए, त्यहाँ भेडा,च्याङ्ग्रा पालन पनि राम्रो हुुन्थ्यो । हामीले चिसापानी गढी र नक्साल घरमा पनि कुखुरा, हाँस पाल्थ्यौं ।

फोटो :– ध्रुब अधिकारी

माछापोखरीमा रातो माछा पाल्थ्यौं । जन्तु पाल्दा लच्छिन हुुन्छ भनेर फुलहरु कम खाएर बचाएर कुखुरालाई ओथार्न दिन्थ्यौं र चल्लाहरुको घाँटीमा चिन्ह लगाएर यो फलानोको चल्ला, यो मेरो भाईको चल्ला, यो मेरो चल्ला भनेर भन्थ्यौं । हामीले त हेर्न पर्दैनथ्यो किनभने त्यो बेला मान्छेहरुलाई काम दिनु नै ठूलो कुरा थियो । त्यसताका खाद्यान्न नेपालबाट भारतमा निकासी हुन्थ्यो, नेपालकै जनताहरुले खान पाउँदैनथे । अनि घर ठूलै थियो, मुवाको २, ३ जना काम गर्ने मान्छेहरु थिए, बुवाका ३, ४ जना मान्छेहरु थिए, गाई हेर्ने, कुखुरा पाल्ने ।’

चिरनको विशेष आग्रहमा तात्कालीन युवराजधिराज वीरेन्द्र इटन कलेजबाट क्याम्ब्रिज पुगेका थिए

तत्कालीन युवराजधिराज वीरेन्द्र विरविक्रम शाहदेव १८, १९ वर्षको उमेरमा बेलायतको इटन राज्यको इटन कलेजमा पढ्थे ।

फोटो :– ध्रुब अधिकारी

फोटो :– ध्रुब अधिकारी

चिरनशम्शेरको विशेष निम्तोमा युवराज वीरेन्द्र क्याम्ब्रिज विश्वविद्यालय पुगेका थिए । त्यहाँ उनको भव्य स्वागत भएको थियो । एउटा १८, १९ वर्षको युवकले यत्रो सम्मान पाउनुमा इटनमा उनको ठूलो चर्चा थियो । वीरेन्द्र अध्ययनशील र नाम चलेका युवक थिए । त्यसैले उनको क्याम्ब्रिज कलेजमा भव्य स्वागत भयो, त्यहाँ उहाँले ८ जना नोबेल विजेताहरुलाई भेटेको अविस्मरणीय क्षण चिरन सम्झन्छन् ।

नोबेल विजेताहरुमध्ये एकजना चिरनकै कलेजका मास्टर लर्ड एड्रियन थिए । लर्ड एड्रियन र जवाहरलाल नेहरु सँगै पढेका थिए । लर्ड एड्रियनको नेपालसँग राम्रो सम्बन्ध थियो । लर्ड एड्रियनले एकपटक चिरनसँग भनेका थिए– ‘एकपल्ट, बेलायतको राजकुमार फिलिप नेपाल आउनुभा’थ्यो, पहिला त, महारानी एलिजावेथसँगै आउनुभा’थ्यो भने दोस्रो पल्ट १९६५ मा फिलिप एक्लै आउनुभएको थियो र जानेबेलामा एयरपोर्टमा नेपालका तात्कालीन प्रधानमन्त्रीलाई भन्नुभएको थियो– डन्ट गेट स्याक् π (हटाइनुबाट बच्नुस् π) भनेर भन्नुभएको रैछ ।’ यो कुरा लर्ड एड्रियनले प्रिन्स फिलिपलाई भनेका रहेछन् । प्रिन्स फिलिपले चिरनलाई सुनाएको बताउँदै भन्छन्– अनि म पनि हाँसे, उ पनि हाँस्यो, त्यो बेला ।

चिरनशमशेरकै पालादेखि गुरुङ, मगर, तामाङहरुले पनि पहिलोपटक पढ्ने अवसर पाएका थिए

चिरनसँग क्याम्ब्रिजमा सँगै पढेका १४ जनामध्ये ३ जना त बितिसके । जसमध्ये एकजना कुमार खड्गविक्रम, राजा वीरेन्द्रका भिनाजु, जो दरबार हत्याकाण्ण्डमा परेर बिते । उनका सहपाठीमध्ये ११ जना अझै पनि छन् । चिरनभन्दा २ क्लास अगाडि पटनाबाट फादरहरु पढाउन आउँथे । पढ्नेमा ३, ४ ग्रुप मात्रै थिए– राणाहरु, शाहहरु, दरबार र राणाहरुको गुरुखलक, दरबारमा राणाहरुको हिसाबकिताब राख्ने कारिन्दाहरु, नेवारहरु । यो चार ग्रुप मात्रै हुन्थ्यो ।

‘हाम्रो क्लास चाहिं पहिलो क्लास हो जहाँ क्षेत्रीहरुलाई पनि लिइयो । फादरहरु जिल प¥याथे, राणाहरुजस्तो क्षेत्रीहरुले गर्न सक्दैनन् भन्ठान्याथे तर हामीहरु पनि केही कम भएनौं’, उनी भन्छन्– ‘त्यसपछि २ जना गुरुङहरु पनि लिए । गुरुङहरुले पनि राम्रो गरे । उनीहरु पनि ब्रिटिश गोर्खामा गए, माथिल्लो स्तरमा पुगे । हाम्रो क्लासदेखि नै अरु नेपालीहरुलाई पनि लिन थालियो ।’

राजा वीरेन्द्रको देशप्रेम र भद्रताबाट प्रभावित भएर दरबारमा काम गरें

चिरनशमशेर सन् १९६४ सालमा नेपाल फर्कंदा वीरेन्द्र युवराजधिराज नै थिए । युवराजधिराज वीरेन्द्र पनि १९६४ मै नेपाल फर्केका थिए । र, १९६५ जनवरी १ देखि चिरनशमशेर राजदरबारमा काम गर्न थाले त्यसबखत उनका विदेशी साथीहरुले किन दरबारमा काम ग¥या भनेर सोधे । जवाफमा उनी भन्नेगर्थे रे– ‘हेर्नुस्, म दरबारनिर बस्याथें । म बसेको नक्साल घरको ढोकाबाट मेरो अफिस जानलाई ठिक ५ मिनेट लाग्थ्यो । त्यही कारण मैले दरबारमा जागिर खा’को ।’

फोटो :– ध्रुब अधिकारी

फोटो :– ध्रुब अधिकारी

तर एक्चुयल्ली, चाही राजा वीरेन्द्र ज्यादै भद्र मानिस होइबक्सन्थ्यो, नेपालको विकासबारे उहाँको जोड थियो । नेपालको सार्वभौमिकता सधैं अटल रहोस् भन्ने राजा वीरेन्द्रको सोच चिरनशमशेरलाई ज्यादै मन परेका कारण दरबारमा राजा वीरेन्द्रसँग काम गर्न थालेको उनी बताउँछन् ।

(यो आलेखको अर्को भाग सोमबार प्रकाशित हुनेछ ।)

    Comment Here!


सम्बन्धित समाचार

View All