ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेमोक्र्याट पार्टीबाट अमेरिकी राष्ट्रपतिका लागि बाइडेन अनुमोदित


एबीसी न्यूज

विलमिङटन, डिलावेयर, ३ भदौ । अमेरिकी डेमोक्र्याट पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ । पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो ।

डेमोक्र्याटिक पार्टीले कोरोनाभाइरसको महामारीका कारण ठूलो सभा गर्नुको साटो यसपटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ । पार्टीका निर्वाचित प्रतिनिधिहरुले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेका हुन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

मिल्वाकीको सम्मेलन केन्द्रलाई अधिवेशन स्थल तोकिए पनि स्वास्थ्य चुनौतीलाई ध्यान दिई सबैजसो प्रबुद्ध व्यक्ति, शुभेच्छुक एवं पूर्व राष्ट्रपतिहरुले भर्चुअल विधिबाटै सम्बोधन गरिरहेका छन् । यी सम्बोधनहरु कुनै प्रत्यक्ष रुपमा गरिएका छन् भने कुनै रेकर्ड गरेर प्रशारण गरिएका छन् ।

बाइडेनको पक्षमा शुभकामना व्यक्त गर्नेहरुमा डेमोक्र्याट र रिपब्लीकन दुबै पार्टीका शीर्ष नेताहरु पनि रहेका छन् । पूर्व राष्ट्रपति बिल क्लिन्टन र विदेश मन्त्री जोन केरी तथा रिपब्लीकन पार्टीबाट पूर्व विदेश मन्त्री कोलिन पावेलले पनि विजयका लागि शुभकामना दिनु भएको छ । हाल ९५ वर्ष पुग्नु भएका पूर्व राष्ट्रपति जिम्मी कार्टर समेत भर्चुअल प्लेटफर्ममा देखा पर्नु भएको छ ।

कतिपय वक्ताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका नीतिहरुको कटु आलोचना गर्नु भएको छ । राष्ट्रपति ट्रम्पका कारण विश्वभर अमेरिकाको छवि धुमिल भएको उनीहरुको आरोप छ ।  पूर्व विदेश मन्त्री केरीले भन्नुभयो, “डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मूख रहेको र विश्व नै तुलनात्मक रुपमा शान्त थियो । तर अहिले यो सबै दिवालीया भइसक्यो ।”

पूर्व राष्ट्रपति बिल क्लिन्टनले ओभल अफिस अहिले अराजक स्थितिमा छ, र यसले कमान्ड केन्द्रका रुपमा काम गर्न सकेको छैन भन्नुभयो ।

भर्चुअल अधिवेशनमा जर्जियाका सांसद स्टासी अब्राम्स र न्यूयोर्ककी सांसद अलेक्जान्ड्रिय ओकासियो–कोर्टेज समेतका केही युवा डेमोक्र्याटलाई पनि सम्बोधन गर्न दिइएको छ ।

रिपब्लीकन पार्टीका तर्फबाट विदेश मन्त्री रहिसक्नु भएका कोलिन पावेलले बाइडेनलाई समर्थन गर्नुभयो । उहाँ एरिजोनका पूर्व सिनेटर स्व। जोन मक्केनकी पत्नी सिन्डी मक्केनका साथ देखा पर्नु भएको थियो । आधा दर्जनभन्दा बढी रिपब्लीकन नेताहरुले बाइडेनलाई समर्थन गर्दै सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com