ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागदरबार पुनःनिर्माणको प्रतिवेदन पेश गर्न निर्देशन


admin

काठमाडौँ, २० मंसिर ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बागदरबार प्रबलीकरण वा पुनःनिर्माण विषयमा संरचनात्मक विश्लेषणसहितको प्रतिवेदन पेश गर्न काठमाडौँ महानगरपालिका र पुरातत्व विभागलाई निर्देशन दिएको छ ।

प्राधिकरणमा बसेको विभाग, महानगरपालिका, शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलगायत सरोकार भएका निकायको बैठकले यस्तो निर्देशन दिएको हो । भूकम्पले क्षति पुगेको सुन्धारास्थित ऐतिहासिक बागदरबारको प्रबलीकरण गर्ने वा पुनःनिर्माण विषयमा संरचनागत विश्लेषणसहितको प्रतिवेदन पेश गर्न बैठकले निर्देशन दिएको प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा आज बसेको बैठकले विभागलाई ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण चालु आवभित्रै सक्ने निर्देशन दिएको छ । प्रवक्ता भुसालका अनुसार बैठकमा महानगरपालिकाले रानीपोखरीको मर्मत आगामी पुस मसान्तसभित्रै गरेपछि दोस्रो चरणको सौन्दर्यीकरणको काम पनि चालु आवभित्रै सम्पन्न गरिसक्ने सहमति भएको छ ।

बैठकले भूकम्प प्रभावित ३१ जिल्लाका २८२ वटै स्थानीय तहमा तालीमप्राप्त डकर्मीको कमी भएकाले पुस मसान्तभित्रै सबै स्थानीय तहमा सातदिने डकर्मी तालीम सञ्चालन गर्ने निर्णय गरेको छ । तालीमबाट ५४ हजार डकर्मी उत्पादन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सोका लागि शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, घरेलु तथा साना उद्योग विकास समिति, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, गरिबी निवारण कोष, प्राधिकरणअन्तर्गतको जिल्ला समन्वय समिति सचिवालय र सोअन्तर्गत संलग्न विभिन्न गैरसरकारी संस्थालाई जिम्मा दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चलचित्र “चे”ले जित्यो विशेष चलचित्र पुरस्कार

काम नगर्ने ठेकेदार कम्पनीहरूलाई धमाधम कालोसूचीमा राख्दै छौँ- मन्त्री दाहाल

प्रचण्डलाई ओलीको जवाफ– ‘तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै काम’

विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- सामान्य प्रशासन मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com