ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ महिनामै ५ हजार ८ सय अमेरिकीहरुले नागरिकता त्यागे किन त्यागे नागरिकता कारण यस्तो


एबीसी न्यूज

एजेन्सी । आइतबार प्रकाशित एउटा नयाँ रिसर्चमा अमेरिकी नागरिकता छाड्ने मानिसहरुको उच्च सङ्ख्याले नयाँ रेकर्ड बनाएको पाइएको छ । यसमा २०२० को पहिलो ६ महिनामै ५,८०० अमेरिकीहरुले नागरिकता त्याग गरेको पत्ता लागेको हो । यसरी तुलनात्मक रुपमा अघिल्लो वर्ष भरमा २,०९२ अमेरिकीहरुले नागरिकता छाडेका थिए जसकारण पनि यो सालको तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा उच्च भएको न्युयोर्कस्थित बेमब्रिज अकाउन्टेन्टले जानकारी दिएको हो ।

सो फर्मले अमेरिकी सरकारद्वारा प्रकाशित प्रत्येक तीन महिनाको सार्वजनिक डाटा अध्ययन गर्दै आएको थियो जसमा नागरिकता त्याग गरेका सबै अमेरिकीहरुको नामसहितको विवरण समावेश हुन्छ । यसमा नागरिकता त्याग्ने प्रायः मानिसहरु, केही समय अगाडि नै दिक्क भएर अमेरिका छाडी गइसकेको र औपचारिक रुपमा नागरिकता बुझाएको पाइएको सीएनएनमा प्रकाशित समाचारमा उल्लेख छ ।

उनीहरु विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्बन्धी अहिले भइरहेका विभिन्न घटनालाई लिएर चिन्तित रहेको अनि महामारी नियन्त्रणमा अमेरिकाको प्रयाससँग पनि असन्तुष्ट भएकाले नागरिकता त्याग गरेको बेमब्रिज अकाउन्टेन्टस्मा पार्टनर रहेका एलिस्टर बेमब्रिज बताउँछन् । यसरी राजनीतिक माहोलका कारण पनि पछिल्लो समय धेरै मानिसहरु अमेरिकाबाट बाहिरिने क्रम बढेको बताइएको छ ।

नागरिकता छाडेका अधिकांश मानिसहरुले अमेरिकाको पछिल्लो वातावरणसँग आफूहरु खुसी नभएको र यस बाहेकको अर्को मुख्य कारण चाहिँ कर तिर्ने सम्बन्धी विषय भएको बेमब्रिजले जनाएको छ । किनकि विदेशमा बसे पनि अमेरिकी नागरिकहरुले हरेक वर्ष कर तिर्नैपर्ने हुन्छ ।

यसरी अमेरिकी नागरिकता त्याग गर्न चाहनेहरुले विदेशमा भएपनि व्यक्तिगत रुपमा अमेरिकी दूतावासमा उपस्थित भइ यसका लागि ३,३५० डलर शुल्क तिर्नुपर्ने हुन्छ ।  यसरी नागरिकता बुझाउनुका अनगिन्ती जोखिम भएपनि यो ट्रेन्ड अब केही वर्षसम्म बढिरहने बेमब्रिजले बताएको हो । यसमा धेरै मानिसहरु आगामी नोभेम्बरमा हुने निर्वाचनको पर्खाइमा पनि रहेको बताइएको छ । चुनावको नतिजाले धेरै मानिसहरुको निर्णयलाई प्रभाव पार्ने निश्चित रहेको रिपोर्टमा उल्लेख छ ।

सीएनएन

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com