ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेता कमरेडहरु, हाम्रो पक्षमा खसेका मतहरु विश्वासका तमसुक हुन !


एबीसी न्यूज

विगत केही समय यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरु अत्यन्त चिन्तित हुनुहुन्छ ।

विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्य कम्युनिष्ट पार्टीहरुको एकीकरण पश्चात निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, इतिहासमै पहिलोपटक हासिल भएको राजनीतिक स्थायित्व एवं भर्खर सुरु भएको समृद्धिको यात्रा कतै ‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ भने झै‌ं हुने त होइन रु यस प्रश्नले सिङ्गो देशलाई पिरोलिरहेको छ । हामी आशावादी त छौँ, तर ढुक्क हुन सकेका छैनौँ ।

नेता कमरेडहरु !

धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० आज नेपालमा क्रियाशील विभिन्न पार्टीहरुको बीचमा एक थान पार्टी मात्रै होइन । यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो । संविधानको मुख्य रक्षक हो ।

यससँग कम्युनिष्ट पार्टीका नेता कार्यकर्र्ताहरुको मात्रै होइन, लोकतान्त्रिक गणतन्त्र, प्रगतिशील संविधान, सामाजिक न्याय र समावेशी प्रणाली सहितको संघीयताकै भविष्य पनि जोडिएको छ । अग्रमोर्चा कमजोर हुँदा आन्दोलन पराजित हुन्छ, तसर्थ यस पार्टीसँग देशको देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रियता समेत अविभाज्य ढङ्गले आवद्ध छ । कुनै पनि निर्णय गर्नु अघि कमरेडहरुलाई यस यथार्थलाई मनन गरिदिनु हुन आग्रह गर्दछु ।

नेता कमरेडहरु !

३१ महिना अगाडि हामी जनतासमक्ष पुगेका थियौँ, मुख्यतः दुईवटा प्रतिवद्धता लिएर । हामीले भनेका थियौँ– हामीलाई मत दिनुहोस्, हामी देशमा राजनीतिक स्थायित्व कायम गर्छौं । हामीलाई मत दिनुहोस्, हामी देशलाई समृद्धि दिन्छौँ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ को हाम्रो आह्वानमाथि भर परेर, विश्वास गरेर, जनताले हामीलाई अपार मत दिनुभयो ।

सामान्य बहुमत होइन, सुविधाजनक बहुमत मात्रै पनि होइन, झण्डै दुई तिहाई मत दिनुभयो । सम्झौँ ती मतदाताहरुलाई, जसले उज्यालो नहुँदै मतदान केन्द्रमा पङ्क्तिवद्ध भएर, पालो कुरेर मत खसाउनु भयो । सम्झौँ ती मतदाताहरुलाई, जसले खाली खुट्टा टेक्दै आएर मत खसाउनु भयो ।

सम्झौँ ती मतदाताहरुलाई, जसले बिरामी भएको अवस्थामा स्ट्रेचरमा बोकिएर, आशौच बसेको अवस्थामा आफन्तको मृत्यु वियोग बिर्सेर, वृद्धावस्थामा लौरो टेकेर, सुत्केरी अवस्थामा अत्यन्त ठूलो जोखिम व्यहोर्दै हामीलाई विश्वास सुम्पिनुभयो ।

हाम्रो पक्षमा खसेका मतहरु कागजका टुक्राहरुमात्रै थिएनन्, हामीलाई जनताले दिएको विश्वासका तमसुक थिए, आफ्नो भविष्य सुरक्षित हुने ठानेर गरिएका भरपाइ थिए । कुनै पनि निर्णय गर्नु पूर्व एक पटक ती मतदाताहरुको आँखामा छचल्किएको उज्यालो सपना र कथम् कदाचित् कुनै अप्रिय दुर्घटना भयो हुने त्यसका कारण ती सपनाहरु भङ्ग हुँदा भरिने निराशा र विषादका आँशुहरु सम्झिनुहोस् ।

नेता कमरेडहरु !

हाम्रो यात्रा त भर्खर सुरु भएको छ । राजनीतिक परिवर्तन पो हामीले सम्पन्न गरेका छौँ, त्यो पनि अझै अधुरो– अधुरो र कमजोर छ । यी उपलब्धीको जगमा उभिएर जनतालाई सामाजिक न्याय सुनिश्चित गर्न बाँकी नै छ । समृद्धिको जग मात्रै बसालिएको छ, भवन खडा गर्न बाँकी नै छ । समाजवादतिरको यात्रा त भर्खर सुरु मात्रै भएको छ, त्यो पनि निकै धिमा गतिमा ।

यो परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सहिदहरुका परिवारलाई उचित सम्मान र न्याय दिन बाँकी छ । परिवर्तनका लागि भएको आन्दोलन र क्रान्तिका घाइते योद्धाहरुको शरीरबाट गोली र छर्रा निकाल्नै बाँकी छ, बल्झिइरहने घाउ निको पार्न बाँकी नै छ । वेपत्ता व्यक्तिकी आमाको आँखामा हर साँझ पर्खिबस्ने अनुत्तरित प्रश्नहरुलाई संवोधन गर्न बाँकी नै छ ।

आन्दोलनमा अभिभावक गुमाएका बालबालिकाहरुको अन्यौलग्रस्त भविष्यलाई सुनिश्चित गर्न बाँकी नै छ । अब त देशमै रोजगारी पाइन्छ कि, अब त प्रवासिन पर्दैन कि भनेर देश फर्कने दिन गनेर बसेका लाखौँ लाख प्रवासीहरुको मनमा विश्वास भरिदिन बाँकी नै छ ।

नेताहरु भन्नुस् त, यी सबै कामहरु अधुरै छाडेर, मानौँ गन्तव्यमै पुगिसकियो, अब कुनै जोखिम छैन भनेर , कहिले पदका विवादमा त कहिले वरियताको किचलोमा, कहिले सोफा र कुर्चीको आकारमा त कहिले आसनको सेटिङको विवादमा अल्झिन हामीलाई छुट छ र रु

कुनै पनि निर्णय गर्नु पूर्व, एकचोटी झ्यालको पर्दा खोलेर बाहिर सडकमा दुःखको भारी बोकेर हिँडिरहेका नागरिकहरुलाई हेरेर, यी प्रश्नहरुमा गहिरो गरी घोत्लिनुहुन अनुरोध गर्दछु ।

नेता कमरेडहरु !

देशमाथि वहुआयामिक सङ्कटहरु थपिँदै छन् । विश्वव्यापी रुपमै मडराइरहेको दक्षिणपन्थी आँधीहुरीले हाम्रो समाजवादी आन्दोलन र भविष्यमाथि चुनौती खडा गरिरहेको छ । हामीले नयाँ उचाइबाट राष्ट्रियताको आन्दोलन अगाडि बढाएका छौँ । यससँगै यसलाई कमजोर गर्ने, देशमा पुनः अस्थिरता सिर्जना गर्ने, पानी धमिल्याएर माछा मार्ने प्रवृत्ति अझ बढी आक्रामक र हस्तक्षेपकारी हुने निश्चित छ ।

विभिन्न कारणले बढेको जनताका अपेक्षा र हाम्रो कार्यसम्पादनबीचको दूरीले सिर्जना गरेको असन्तुष्टिलाई संवोधन गर्न सकिएन भने त्यसले थपिदिने सङ्कट पनि हाम्रा सामु छ । हाम्रो युगकै सबैभन्दा गम्भीर स्वास्थ्य चुनौती र आर्थिक धक्का बोकेर आएको कोरोना महामारीले निम्त्याउने बहुआयामिक सङ्कटको सामनाको तयारी गर्नु बाँकी नै छ ।

आँखै अगाडिका यी चुनौतीलाई नदेखेझैं आँखा चिम्लेर या केही होइन झैँ गरेर विषयान्तर गर्ने सुविधा हामीलाई छैन । कुनै पनि निर्णय गर्नु अगाडि सम्मुख मडारिरहेको सङ्कटलाई गम्भीरतापूर्वक नियाल्नु र विचार गर्नुहुन अनुरोध गर्दछु ।

नेता कमरेडहरु !

आज नेपाल कम्युनिष्ट पार्टीले सामना गरिरहेको समस्या वैचारिक–राजनीतिक समस्या होइन, व्यवस्थापनको समस्या हो, त्यो पनि शीर्ष नेतृत्वको ।

पार्टीका सामु वैचारिक राजनीतिक समस्या छैनन् भन्ने होइन, तर नेतृत्वबीच उत्पन्न असमझदारीले हामीलाई त्यसबारे केन्द्रित हुन या त्यसमा प्रवेश गर्ने मौका पनि दिइरहेको छैन । हाम्रा बैठकहरु देशका जल्दाबल्दा समस्याबाट बेखबर, बेपर्वाह या निरपेक्ष रहँदा जनताको खबरदारीको औँला हामीतिर सोझिने स्थिति बनिरहेको छ ।

अघिल्लो पुस्ताका नेताहरुप्रति उच्च सम्मान छ । तपाइँहरुले अगुवाइ गर्नुभएको योगदानको जगमै आजका उपलव्धीहरु उभिएका छन् । पार्टी र राज्यका उच्च ओहदामा तपाइँहरुको अवस्थितिप्रति सहमति छ ।

तर आफ्ना असमझदारीहरुको व्यवस्थापन गर्न नसकेर एकीकृत पार्टी विभाजनको दिशातिर गयो भने, राज्यको नेतृत्व गर्ने यो दुर्लभ अवसर हाम्रो हातबाट गुम्न पुग्यो भने हामीले इतिहासको कठघरामा उभिएर निकै निर्मम प्रश्नहरुको सामना गर्न र निर्मम फैसला स्वीकार गर्न बाध्य हुनु पर्ने छ ।

यसो भयो भने इतिहासले तपाईँहरुका सामु एउटा नैतिक प्रश्न खडा गर्नेछ, कतै हिजोको तपाईँहरुको बलिदान निश्चित स्वार्थ प्राप्तिका लागि मात्रै त थिएन रु कुनै पनि निर्णयमा पुग्नु पूर्व कमरेडहरुले एकचोटी आफू उभिएको धरातल, आन्दोलन र राष्ट्रको भविष्य र कमरेडहरुलाई विश्वास गरेर आफ्नो जिन्दगी होम्न तयार कार्यकर्ताको आँखासँग आँखा जुझाउनु हुन अनुरोध छ ।

(नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीको फेसबुक पेजबाट)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com