भर्चुअल कक्षा र यसले उब्जाएका प्रश्नहरु



लेखक-सुरेश चुम्बक अधिकारी

लेखक-सुरेश चुम्बक अधिकारी

नेपाल सरकारले असार १ देखी भर्चुअल कक्षा को लागी आव्हान गर्यो त्यो अनुसारको को बजेट पनि आएको छ । प्रधानमन्त्रीदेखी शिक्षा मन्त्रीसम्म अब औपचारिक पठनपाठन सुरु भयो अब स्कुल जाने उमेरका बालबालिका सिकाइ क्रियाकलाप भन्दा बाहिर छैनन् भन्नेमा ढुक्क देखिन्छन् तर दुरदराजको कुरा त पर नै राखौ शहरका बालबालिकाको समेत अहिलेको सिकाइ प्रक्रियामा कति समाबेश भएको छन् भन्ने तथ्यांक खोज्ने हो भने स्थानीय देखी संघीय सरकार सम्मले नसोचेको तथ्यांक देखिन सक्छ । अहिले को भर्चुअल कक्षा र यसले निम्ताउन सक्ने प्रश्न हरु चर्चा गरौ ।

१ सिकाइ क्रियाकलापमा ह्रास हुन सक्ने ठुलो सम्भावना देखिन्छ । बाल मस्तिष्कमा एकोहोरो टिभी, रेडियो, मोबाइल सुन्ने र हेर्ने बानी को बिकास हुँदा सिकाइ क्रियाकलापमा जुन सक्रियता चाहिने थियो त्यो हराउन सक्छ र नियमित कक्षा सुरु हुँदा समेत सक्रिय सिकाइ क्रियाकलापमा सामेल नहुन सक्ने सम्भावना रहन सक्छ जुन एउटा बालकको लागी डर लाग्दो अवस्था हो ।

२ बिद्यालय छोड्ने दरमा वृद्धि । हरेक शैक्षिकसत्र को सुरुवात सङै विद्यालय जाने उमेरका बालबालिकाहरु विद्यालय छोड्ने संख्या उल्लेख्य थियोे कतिपय विद्यार्थीलाइ शिक्षक आफैंले सम्झाएर भए पनि निरन्तरता दिन बाध्य पारिएको अवस्था थियो अब त्यो अवस्थामा रहेका बालबालिकाको लागी न त विद्यालय ले अग्रसरता देखाउन ध्यान दिएको देखिन्छ न त स्थानीय सरकार ले नै । तसर्थ अब विद्यालय छोड्ने दर उच्च रहने छ । भर्चुअल कक्षा ले त्यस्तो बर्गलाइ समेटेको देखिदैन ।

३ सरकार ले संचालन गरेको दिवा खाजा कै कारणले मात्रै भए पनि हाम्रा दुर दराजका बालबालिकालाइ केही पौष्टिक आहार को जोहो मिलेको थियो, विद्यालय जान प्रेरित गरेको थियो अब अहिलेको भर्चुअल कक्षाले त्यो समेट्न सक्दैन जसले गर्दा त्यसको प्रत्यक्ष असर सिकाइ क्रियाकलापमा देखिन्छ ।

४ अहिले भर्चुअल कक्षाको भेल आएको छ । एकै समयमा संघीय देखी स्थानीय सरकार कै लगानीमा राष्ट्रिय देखी स्थानिय टेलिभिजन, युट्युब मा विभिन्न कक्षा हरु संचालित छन् । सरकारले राष्ट्रिय स्तरमा नै भर्चुअल कक्षा सन्चालन गरेको अवस्था मा स्थानीय स्तर मा सोहि प्रकृति का भर्चुअल कक्षामा स्थानीय पालिकाको लगानी के का लागी ? यो रकम अन्य क्रियाकलापमा लगानी गरेर सरकारको सो कार्यक्रममा नै सबै विद्यार्थीलाइ समाबेश गर्न जोड दिन किन सकेका छैनन् राज्यको बेतन खाने शिक्षक कर्मचारी ?

५ अहिले सामुदायिक विद्यालयका शिक्षक हरु बडो मेहनतका साथ टोल टोल मा दिउसो विद्यार्थीसङ जोडिनु भएको तस्बिर र समाचार प्रकाशन र प्रकाशन भएका छन ,सरकार को भर्चुअल कक्षा को पहुँच भएको ठाउँमा कक्षामा जोडाउन भन्दा पनि अन्य क्रियाकलाप मा ब्यस्त देखिन्छन , अनि सरकारी भर्चुअल कक्षा कस्को लागी ?

६ सरकारी शिक्षकले नियमित तलब भत्ता पाएका छन् , पाउनु पनि पर्छ ,तर भर्चुअल कक्षाको अनुसारको क्रियाकलापमा विद्यार्थीले अघि बढेको छन् कि छैनन् ,त्यस्को मुल्यांकन गर्ने गरेका छन् त ?

७ अहिले हेर्दा देखिएको भर्चुअल कक्षामा पुस्तौ देखि चलि आएको शिक्षण प्रणाली भन्दा फरक देखिएन। अहिले को बिषम परिस्थितिमा के तोकिएको पाठ्यसामग्री मात्रै नै हो त हाम्रो बालबालिकाको सिकाइ क्रियाकलाप रु परम्परागत पाठ्यक्रम केन्द्रित भन्दा उमेर गत फरक कक्षा सन्चालन गर्न सकिने थिएन होला र ?

८ निजि विद्यालयका शिक्षक कर्मचारीले तलब खान नपाएको गुनासो चर्को रुपमा आएको छ। सरकार भर्चुअल बिधिबाट पठनपाठन अघि बढाउन निर्देशन दिन्छ अनि त्यही अभिभावक बाट चलेको छ निजि विद्यालय भन्ने जान्दाजान्दै पनि शुल्क नलिन आग्रह गर्दछ अनि आफु कुनै जिम्मेवारी पनि लिदैन तर पनि निजि विद्यालय हतार हतार भर्चुअल कक्षा सन्चालन गर्दछ । कुरा प्रष्ट नभई भर्चुअल कक्षा सन्चालन नगरेको भए अभिभावक आफैंले तिर्न राजी हुन्थिए होलान् कि त सरकार ले केहि उपाय सुल्झाउन पहल गर्ने थियो होला । आखिर ५\७ दिन पछि कक्षा सन्चालन हुँदा आकाश नै परिवर्तन हुने थिएन होला नी ? आफ्ना विद्यार्थी अर्को मा जान्छन् कि भन्ने डरले हतास मा गरेको निणर्य ले भर्चुअल कक्षा सन्चालन गरेका शिक्षकको पेट भोकै रहन सक्ने देखियो ।

९ सहरी ईलाकामा ईन्टरनेट को पहुँच भएको क्षेत्रमा भर्चुअल कक्षाले विद्यार्थीमा मोबाईल र ल्यापटप जस्ता उपकरणले कलिलो मस्तिष्कमा ठुलो असर गर्ने बिज्ञले सचेत गराएको प्रति आबश्यक सजगता देखिदैन । नियमित विद्यालय जान थालेपछि पनि उपकरणमा बसेको लत हटाउन गाह्रो हुन सक्छ ।

१०। सरकारले के साच्चै टि भि रेडियो मोबाइल बाट नै कक्षा अघि बढाउने भित्री नियत राखेको होरु त्यसो हो भने त्यस को अभिलेखिकरण कतै भएको छ ? कम्तिमा पनि स्थानीय निकायले प्रत्येक विद्यालयसङ कुन विद्यार्थी कुन ढंगले सिकाइ क्रियाकलापसङ जोडिएको छन् त्यसको लगत राख्न सकिन्थ्यो होलानीरु नत्र को समाबेश छन् को छैनन् भन्ने तथ्यांक कसरी आउला ? अनि भर्चुअल माध्यमबाट सिकाइ बढ्यो भनेर कसरी मान्नु ?

११। सरकारले गत बर्षहरु मा बडो तामझामका साथमा नयाँ शैक्षिकसत्र सुरुमै भर्ना अभियान सन्चालन गर्ने गरेको थियो, यो बर्ष पनि विद्यालय जाने उमेरका विद्यार्थी छन् , सामाजिक दुरि कायम गर्दै ति कलिला बालबालिका समेट्ने कुरा किन कतै उठ्दैनरु कि भर्चुअल कक्षामा ति बालबालिका समाबेश गराउने उद्देश्य नै नभएको होरु यस्ता याबत प्रश्न हरुका बीच सन्चालन भएका भर्चुअल कक्षाहरु ले साच्चै विद्यार्थीमा सिकाइ क्रियाकलाप सहयोग गरोस् हार्दिक शुभेच्छा ।

    Comment Here!


सम्बन्धित समाचार

View All