ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्तीमा पहिलो महिला क्वारेन्टिन


एबीसी न्यूज
असार ८, २०७७ सोमबार  १० : ५१ बजे


चितवन, ८ असार ।  जिल्लामा पहिलो पटक महिला र बालबालिकाका लागि राप्ती नगरपालिकाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । राप्ती–६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको हो ।

महिलामैत्री क्वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ति नगरपालिकाले भण्डारा माविमा ५० श्ययाको महिलामैत्री क्वारेन्टिनको व्यवस्था गरेको हो । तत्कालका लागि ३० श्ययाको क्वारेन्टिनको व्यवस्था भए पनि ५० श्यया पु¥याइने नगरपालिका प्रमुख प्रभा बरालले बताउनुभयो । बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ ।

तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टिनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टिनमा रहेका छन् । तीमध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टिनमा राखिने उहाँले बताउनुभयो ।

राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टिनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना अस्पताल मर्मत गरी तयारी अवस्थामा राखिने

भरतपुर कोरोना विशेष ९अस्थायी० अस्पतालको मर्मत गरी तयारी अवस्थामा राखिने भएको छ । स्नान गर्ने ठाउँबाट पानी बाहिर गएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको थियो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार सो क्षेत्रमा निर्मलीकरणको काम आइतबार सम्पन्न भएको छ । आजै प्राविधिक समूहले निरीक्षण गरी आवश्यक मर्मतसम्भार गरिने उहाँले जानकारी दिनुभयो । मर्मतसम्भारका लागि आवश्यक सहयोग गर्न भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति तयार रहेको जनाएका छन् ।

धेरै खर्च लागेमा स्थानीय तहसँग समन्वय गर्न सकिने भए पनि न्यून खर्चका लागि भरतपुर अस्पतालले बेहोरेर मर्मतसम्भार गर्ने तयारी गरेको छ । सो अस्पतालको पाँच कोठामध्ये एउटा कोठामा बाहिर पानी आएको हो । एउटा कोठामा १० वटा श्यया राखिएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बिरामी थप भएमा राख्नका लागि कोरोना अस्पताल तयारी अवस्थामा राखिने बताउनुभयो ।

सो अस्पतालमा देखिएका समस्या समाधान गरेर तयारी अवस्थामा राखिने छ । सरकारले कोरोना सङ्क्रमितको उपचारको पहिलो तह भरतपुर कोरोना अस्पताललाई तोकेको छ । दोस्रो भरतपुर अस्पताल हो भने तेस्रो शिक्षण अस्पताल काठमाडौँ हो । तिवारीले लक्षण नदेखिएका सङ्क्रमितलाई कोरोना अस्पतालमा राख्न सकिने बताउनुभयो । हाल भरतपुर अस्पतालको आइसोलेसनमा २७ जना सङ्क्रमित रहेका छन् । अस्पतालको आइसोलेसनमा ७५ जना अट्ने क्षमता रहेको छ । त्यसमध्ये १० श्यया सघन उपचार कक्ष हो ।

भरतपुर महानगरपालिकाको अगुवाइमा भरतपुर कोरोना अस्पताल स्थापना गरी सञ्चालनका लागि वैशाख १ गते भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको थियो । भरतपुर अस्पतालमा सङ्क्रमित सारिएको भए पनि उनीहरुलाई छुट्टै प्रवेशद्वार, बाटो र एक तल्ला सिल गरेर सुरक्षित ढङ्गले राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

२२ वर्षीया युवतीको मृत्यु प्रकरण: घटना अनुसन्धान गर्न टोली गठन

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो

ट्रम्पको आक्रामक नीतिविरुद्ध ‘चोक प्वाइन्ट’ रणनीति: प्रतिस्पर्धी राष्ट्रहरूको नयाँ प्रतिकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com