काठमाडौं, २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गएराति सुर्खेतका एक जना व्यक्तिले फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मा ५ जनाको सामूहिक हत्यामा संलग्न रहेको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
तिलोत्तमा स्थित मैनहवामा कृष्ण पुनले सञ्चालन गरेको भैंसी फार्ममा काम गर्नेहरुको आज विहानीपख सामूहिक हत्या भएको थियो । हत्यामा संलग्न रहेको अभियोगमा सोही फार्ममा काम गर्ने झपेन्द्र सिजाली पक्राउ परेको प्रहरीले रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेम बहादुर थापाले जानकारी दिनु भयो ।
मृतकहरु तिलोत्तमाका स्थानीय कामदारहरु रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा स्थानीय माधव मुसर, पोखराज मुसर, जानकी मुसर, करण चौधरी र आशिश चौधरी रहेकाछन् ।
फार्म नजिकै बेहोस अवस्थामा प्रहरीले सिजालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिंजालीलाई अस्पताल पठाईएको छ । प्रहरी चौकी मंगलापुरबाट पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ । सो घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ ।


















प्रतिक्रिया दिनुहोस्