ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ महिना भित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ – मन्त्री भट्टराई


एबीसी न्यूज

काठमाडौं, २६ जेठ ।   संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोभिड १९ को स्थिति समान्य भएपछिको ६ महिना भित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए आगामी आर्थिक वर्षको सुरुवातमै गौतमबुद्ध विमानस्थलबाट कतार तथा दोहा जान पाउने अवस्था आइसकेको अवस्था हुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘नागरिक उड्डयानको क्षेत्रमा हामीले आउने वर्ष सम्भवतः यो कोभिड असर नभएको भए हाम्रा थुप्रै माननियज्युहरु आज भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा कतार उडने सौभाग्य पाउनुहुन्थ्यो । त्यो दुर्भाग्यवस कोभिडको कारणले भएन् । जव कोभिडको स्थिति नर्मल हुन्छ त्यसपछि ६ महिना भित्र हामी गौतमबुद्ध भैरहावाबाट विश्वका जुनसुकै ठाउँमा पनि जान सक्ने छौं ।

त्यो अन्तिम तयारीमा हामी पुगिसकेका छौं ।’ उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढ्दै गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्ने काम अगाडी बढीरहेको जानकारी समेत दिनुभयो । मन्त्री भट्टराईले देशभरका ५४ वटा विमानस्थलमध्ये ३४ वटा कालोपत्र भएको र बाँकीको कालोपत्रे गर्ने र आधुनिकिकरण गर्दै जाने कामले निरन्तरता पाउने बताउनुभयो ।

मन्त्री भट्टराईले बजेटले पर्यटन क्षेत्रमा आवद्ध रहेका व्यवसायीहरुलाई राहत र सहुलियतका प्याकेजमा जोड दिइएको बताउनुभएको छ । उहाँले भननुभयो ‘बजेट वक्तव्य यहाँहरुले फेरी एकपटक पढ्नुभयो भने ५० अर्बको पुनरस्थापना कोष छ । ५ प्रतिशत व्याजमा त्यो रकम चलाउन सकिन्छ । एक खर्बको पुनरस्थापना कोष छ त्यो ५ प्रतिशतमा चलाउन सकिन्छ । त्यस्तै सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबट रकमहरु जम्मा गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै हवाई क्षेत्रमा ल्याण्डीङ, पार्किङ लगायतका शुल्कहरुमा छुट दिने कुरा छ । हवाई इन्धनबाट हामीले प्रति लिटर १० रुपैयाँ पूर्वाधार विकासको निम्ति लिन्थ्यौं त्यो हटाइएको छ ।’

राजनीतिकरण भयो कि पार्टीकरण भयो कि भन्ने सांसदहरुको प्रश्न रहेको भन्दै नीतिमा भिन्नता भएपनि कार्यक्रममा ठूलो भिन्नता नरहेको स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘म माननियहरुले यो कुरा उठाउँदा जवाफ दिन आउन भन्दा अगाडि मन्त्रालयमा कति मन्त्री भएछन भनेर हेरे । प्रमुख प्रतिपक्षि दल जो आज हुनुहुन्छ उहाँहरुबाट १० जना मन्त्री हुनुभएछ । तर, विश्वेश्वरप्रसाद कोइरालाको नाममा पुरस्कार राख्न मै आइपुग्न प‍¥यो । माननीयज्यूहरुले कहिले पनि बनाउनुभएको थिएन । मै आइपुगे । प्रमुख प्रतिपक्षीका माननियहरुले यसमा त अलिकति स्वागत गर्नुहोला भनेको स्वागतै गर्नुभएन मलाई अचम्म लागेको छ ।’

मन्त्री भट्टराईले सगरमाथाको नाम इतिहास शिरोमणि बाबुराम आचार्यले राख्नु भएको र उहाँको नाममा सगरमाथा राष्ट्रिय पुरस्कारको स्थापना गरेको बताउनुभयो । त्यस्तै पूर्व मन्त्री रवीन्द्र अधिकारीको नाममा पनि पुरस्कार स्थापना गरेको बताउनुभयो । उहाँले नेताहरुको नाममा स्थापित प्रतिष्ठानहरुलाई यसपटक अनुदान नदिएको जानकारी गराउनुभयो ।

मन्त्री भट्टराईले पर्यटन मन्त्रालयअन्तर्गत सबैभन्दा धेरै बजेट प्रदेश २ मा ५६ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com