ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोलाको ‘पाता फर्काउँछु’ भन्ने प्रधानमन्त्री भए, खोलाको हालत उस्तै


admin

झापा, १५ मंसिर ।  जब वर्षायाम लाग्छ, झापाको रतुवा खोला वरिपरिका बासिन्दाको निन्द्रा हराउँछ । यो विगत एक दुई वर्षअघि देखिएको समस्या भने होइन । लामो समयदेखि नै यस खोलाले उपद्रो मच्चाउँदै आएको छ ।

वर्षौंपिच्छे हजारौँलाई विस्थापित गर्ने यस खोलामा यहाँका बासिन्दा तटबन्ध बाँधिएको हेर्न चाहन्छन्, तर यो विषय केवल राजनीतिक नारा र नेताका भाषणमा सीमित हुुँदा उनीहरु निराश छन् ।

सामान्य नेताको कुरै छाडौँ । प्रतिष्ठित नेताले पनि जनताको दुःखमा साथ नदिँदा उनीहरुलाई ठूलै चोट परेको कुरा चुनावअघिको आक्रोशले स्पष्ट दर्शाउँछ ।
“दश वर्षअघि रतुवा खोलाको ‘पाता फर्काउँछु’ ९नेताकै शब्दमा० भन्ने एमाले नेता केपी शर्मा ओली प्रधानमन्त्रीसमेत भए तर आजसम्म यस खोलामा तटबन्ध बाँधिएको छैन । यो कस्तो बिडम्बना हो गरिब जनतामाथि,” कमल गाउँपालिका सडक छेउमा पसल गर्ने ४६ वर्षीय अनिल रसाइली आक्रोश पोख्छन् ।

उनका अनुसार एमाले मात्र होइन सबै राजनीतिक दल र नेताको व्यवहारबाट जनता आकुल छन् । उनी थप्छन्, “चरम बेरोजगारीका कारण कतिपय युवा लागूपदार्थको दुव्यर्सनमा समेत फसेका छन् । नेताहरु जिल्लामा उद्योगधन्दा निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने कुरामा ध्यानै दिँदैनन्, केवल फोस्रा आश्वासन मात्र दिन्छन् ।”

उनको कुरामा हो मा हो मिलाउँदै सरस्वती गिरी भन्छिन्, “नेताहरुले साना कुरै गर्दै । देश विकासका गुड्डी हाँक्छन् तर चुनावपछि आफ्नो गाउँको विकास बिर्सन्छन् ।”

गिरी राजनीतिक दलमात्र होइन पत्रकारले पनि गाउँका समस्या उजागर नगरिदिएकोमा गुनासो गर्छिन् । झापा जिल्लामा पूर्व पश्चिम राजमार्गको उत्तरतिरका गाउँमा थुप्रै समस्या छन् । खै कसले हेरिदिन्छ, सुनिदिन्छ र साना मान्छेका कुरा रु उनको पीरलो यस्तो छ ।

शिलान्यासलाई विकास भन्ने हो भने झापा धेरै विकसित 

सोही गाउँपालिकाका चिया पसल सञ्चालक राजकुमार हलवाईका अनुसार शिलान्यासलाई विकास भन्ने हो भने झापा जति विकास अन्य कतै भएको छैन होला ।

वाम र लोकतान्त्रिक गठबन्धनका साना ठूला नेताले भोट तान्ने अनेक उपाय गरेको देख्दा र सुन्दा उनीहरु चकित छन् । चुनावको समयमा आफ्नो गाउँ तथा जिल्लालाई पानी पँधेरो बनाएका नेताले अन्य समय जनतालाई अँध्यारोमा राखेको अनुभूति हुन्छ मतदाताका भनाइमा ।

वाद, तन्त्र, सिद्धान्तका कुरामा चासो नराख्ने सामान्य ज्ञान भएका मतदातालाई सानो समस्याले गाँजिरहेका छन् । नेताहरुको मन माझिरहेका छन्, भाषणमा बाझिरहेका छन् ।

हात्ती धपाइदिने नेतालाई मात्र भोट 

उता झापा चन्द्रगढी की वृद्धा वेदकुमारी घिमिरेले हात्ती धपाइदिने नेतालाई मात्र भोट दिने निर्णय गरेको सुनाइन् । “एकाबिहानै, बेलुकै आँगनमा हात्तीको लस्कर हिँड्छ । बिहान ६ बजे अघि तलाबाट झर्नै सकिन्न । कहिलेकाहीँ हारगुहार गर्दा प्रहरीले साइरन बजाएर हात्ती लखेटिदिन्छन् । तर नेता यस्ता समस्याबारे फिटिक्कै बोल्दैनन् । आजसम्म भोट माग्न कोही आएका पनि छैनन्” घिमिरेले दुखेसो पोखिन् ।

जथाभावी जग्गा प्लटिङले बस्ती डुबानमा 

त्यसैगरी विर्तामोडका रामजी दाहालले पनि आफ्नो क्षेत्रका विविध समस्या जानकारी गराए– ठूला नेताहरु नै अहिले रातदिन हिँड्ने सडकको बेहाल छ । उनीहरु केवल चुनावका बेलामात्र हिँड्छन् तर स्थानीयले वर्षभरि सास्ती खेप्नुपर्छ ।

उनको तर्क छ, जिल्ला होचो भूभागमा अवस्थित भएर मात्र होइन भूमाफियाले जथाभावी जग्गा प्लटिङ गर्दा बस्ती डुबानमा परेका छन् । हुन पनि बिरिङ, अदुवा, कन्काइमाइ, निन्दा खोलाको बाढीले वर्षौंपिच्छे हजारौँ विस्थापित हुन्छन्, सुकुम्वासी हुन्छन् यहाँ ।

नेपालमै कम्युनिष्ट आन्दोलन छेडेको पुरानो केन्द्रबिन्दु मानिने झापा जिल्लामा पछिल्लो केही दशकयता बौद्धिक युवा नेता विश्वप्रकाश शर्मा, शान्ति प्रक्रियाको समयका चर्चित नेता कृष्ण सिटौला, पूर्वप्रधानमन्त्री ओलीलगायत माओवादीको नेता राम कार्की, राप्रपाका राजेन्द्र लिङ्देनको चुनावी प्रतिस्पर्धा हेर्न लायक हुँदा जिल्लाका गरिब जनताका समस्या कसरी समाधान हुने हुन् त्यो भने देख्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com