ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट विशेषज्ञ आए, सामान बुझाए, गए


एबीसी न्यूज


बलेवा, १८ चैत ।  ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पिपिई, २० थान नमूना संकलन किट, स्यानिटाइजर र मास्क धौलागिरि अञ्चल अस्पताललाई बुझाएर बागलुङबाट फर्किएको छ । स्वास्थ्य विभागले पठाएको सामग्री लिएर डा झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहान बागलुङ आइपुग्नुभएको थियो । डा गौतम स्वास्थ्य विभागका बालरोग तथा खोप महाशाखाका प्रमुख र नेपाली वरिष्ठ जनस्वास्थ्य अधिकृत हुनुहुन्छ ।

उहाँहरु आउने खबरले बागलुङमा विदेशबाट आएका संक्रमित युवतीसँगको सम्पर्कमा आएकाहरुको नमूना संकलन हुने आशा जगाएको अञ्चल अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले सुनाउनुभयो । उहाँहरु सामान मात्रै छाडेर हिँडेकाले त्रासमा रहेको बागलुङले राहत महसुस गर्न सकेको छैन ।

उहाँहरुले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई उक्त सामग्री बुझाएर फर्केको अस्पताल व्यवस्थापन समितिका सदस्य शर्माले बताउनुभयो । उहाँहरुसामु अस्पतालका चिकित्सक र व्यवस्थापन समितिका सदस्यले यहाँका समस्या राखेका थिए । सङ्घीय सांसद डा सूर्य पाठकले काठमाडौंँबाट बागलुङका लागि १०० थान पिपिई लिएर जनशक्ति हिँडेको बताइए पनि अस्पतालमा भने ५० थान मात्रै ल्याइएको छ र उहाँहरुले आवश्यक परामर्श र कोरोना संक्रमित युवतीको परिवारको स्वाब संकलनमा सहयोग गर्ने पाठकले बताए पनि उहाँहरु सामग्री हस्तान्तरणलगत्तै जिल्लाबाट बाहिरिनुभएको थियो ।

अपुरो भेण्टिलेटर, अस्पतालले लिन मानेन्

प्रादेशिक स्वास्थ्य निर्देशनालयले पठाएका स्वास्थ्य सामग्री बागलुङ आइपुगेका छन् । अञ्चल अस्पतालमा पठाइएका सामग्रीमध्ये भेण्टिलेटर भने अस्पतालले लिन मानेन । भेण्टिलेटरमा पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न इन्कार गरेको हो ।
‘ब्याट्री, ब्याकअप, मिटरलगायत केही सामग्री अपूर्ण रहेछन्, हामीले अलग्गै राखेका छौंँ’, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले भन्नुभयो ‘शायद सामग्री पूरा होला, अनि त्यसपछि बुझौँला ।’

कोरोनाका बिरामीलाई श्वासप्रश्वासमा जुनसुकै बेला आइपर्ने समस्याका लागि भेण्टिलेटरको आवश्यकता हुन्छ । सघन उपचार कक्ष ९आइसियू० नभएकाले भेण्टिलेटरको प्रयोग पूर्ण नभए पनि यसले उपचारमा सघाउने उहाँले बताउनुभयो । भेण्टिलेटरका विषयमा अस्पतालले निर्देशनलायलाई जानकारी गराइसकेको छ । निर्देशनालयले पठाएका २५ थान पिपिई, आठ थान भिटिएम, स्वाब संकलन किट, मास्क, स्यानिटाइजरलगायत सामग्री प्राप्त भएको उहाँले बताउनुभयो ।

परिवारका सातसहित ११ को नमूना

संक्रमित युवतीसँग यही चैत ४ गते एयर अरेबियाको एउटै जहाजमा आएका ढोरपाटन नगरपालिकाका एक युवक, बागलुङ नगरपालिका गौँडाकोटकी महिला र कुँडुलेकी युवतीको परिवारका सात सदस्यको नमूना संकलन भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । ती युवतीसँगै काठमाडौँदेखि बागलुङ बजारसम्म यात्रा गरेका काठेखोला गाउँपालिका घर भई बागलुङ बजारमा बस्दै आएका अर्का एकको समेत कोरोना परीक्षणका लागि स्वाब संकलन भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । स्वाब आज दिउँसो मात्रै पोखरा पठाउने तयारी भइरहेको छ । स्पेनबाट आएका काठेखोला गाउँपालिकाका अर्का एक युवकमा समेत कोरोनासँग मिल्दो लक्षण देखापरेकाले आज उनको समेत स्वाब लिएर सबै नमूना एकैसाथ परीक्षणका लागि पठाइनेछन् ।

बुर्तिबाङमा रहेका युवाको स्वाब संकलनका लागि भने स्वास्थ्य कार्यालयका प्राििवधक डिल्ली आचार्य उनको गाउँमै पुग्नुभएको थियो । उनको घर सदरमुकामबाट झण्डै एक सय किलोमिटर टाढा छ ।

बागलुङ नगरपालिका–४ की ती युवतीको कोरोना परीक्षण गर्दा गत शनिबार नतिजा पोजेटिभ आएको थियो । ‘हामीले फोन ट्रेसिङ गरिरहेका छौंँ, संक्रमितसँग एकदमै नजीक रहेकाहरुलाई परीक्षण गरिहाल्ने योजना छ’, गुरौले भन्नुभयोे ‘प्रोटोकलअनुसार लक्षण देखापरेपछि मात्रै अन्य सम्भावितको जाँच हुन्छ ।’ पछिल्लो समय जाँचका लागि पठाइएका १० जनासहित बागलुङमा कोरोना जाँच हुनेको सङ्ख्या १३ पुगेको छ । यसअघि नमूना पठाइएका बागलुङ नगरपालिकाकै दुई जनाको नतिजा भने नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com