ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली सरकारको लापर्वाही : भारतबाट आएका नागरिकलाई विना क्वारेन्टाईनमा रातारात जिल्ला पठाउदै


एबीसी न्यूज

सुर्खेत, १७ चैत । कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय सुर्खेतको मिलेमतोमा भारतबाट आएका नागरिकलाई विना क्वारेन्टाईनमा राखेर गृहजिल्ला पठाउने गरिएको छ । दैनिक जसो भारतका विभिन्न नाकाबाट आउने कर्णालीका नागरिकलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको मिलेमतोमो दैनिक चार देखि पाँच वटा बसमा यात्रु ठेला ठेल गरेर राती पठाउने गरेको खुलेको हो । प्रदेश सरकारले आफैले भारतबाट फर्केका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने निर्णय उल्लंघन त गरेको छ नै, प्रदेश प्रहरी कार्यालय उक्त कार्यको साँची बसिरहेको पाइएको हो ।

‘नेपाल सरकारले नाका बन्द गरेको उक हप्त पुग्न थालेको छ तरपनि भारतको रुपैंडिया, कैलालीको गौरीफन्टा, महेन्द्रनगरको बनबासाबाट आउने कर्णालीका नागरिकलाई सरकारकै खर्चमा गाडी रिर्जभ गरि पावरवाला मुख्यमन्त्री तथा मन्त्रीहरुको जिल्लामा दैनिक जसो पठाइदै गरेको हामीले पाएका छौं ।’ वीरेन्द्रनगरको बांगेशिमल नाकामा बस्ने स्थानीय रमेश कार्कीले भने, ‘अरुलाई मास्क विना हिडन नदिने प्रहरीले उनीहरुलाई गाडी चढाउन सहयोग गरेको देख्दा अच्चम लाग्छ ।’ कालिकोट घर भएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसअघि ६ भन्दा बढी बस रिर्जव गराएर कालिकोट पठाइसकेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले पनि गाडी रिर्जब गरेर पठाउन सुरु गरेका छन् । चैत १६ गते साँझ मात्रै दुई वटा बस जुम्ला प्रस्थान गरेका छन् ।

‘गाडी उपलब्ध नभएको खण्डमा पहुँच भएका मन्त्रीका गाउँका नागरिकलाई वीरेन्द्रनगरका होटलमा राख्ने गरिन्छ ।’ एक होटल व्यवसायीले भने, ‘अनि भोलीपल्ट गाडीको छिनोफानो गरेर मात्रै साँझ परेपछि गाडी जिल्लामा पठाईन्छ ।’

अच्चम लाग्दो कुरा त के छ भने भारतमा कोरोना संक्रमण जति बढेको छ, त्यति नेपालीहरु नेपाल फर्कने काम सुरु भएको छ । ‘सुरुमा भारतबाट केहि व्यक्ति आउने र उनीहरु गाउँ पुगेपछि पहिले गाउँ गएका व्यक्तिहरुको सल्लाह अनुसार अन्य व्यक्तिहरु भारत र नेपालको नाकामा आउने गरेका छन् ।’ वीरेन्द्रनगर ६ का कमल न्यौपानेले भने, ‘यसरी हरेक व्यक्तिलाई मन्त्रीले उद्धार गरेको भन्ने पारेर एकातीर भोट कमाउन थालिएको छ भने अर्कोतिर कोरोनालाईगाउँ पठाउन सरकार लालायित बन्दै गइरहेको छ ।’

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगरले चाहेर पनि ती गाडीहरु रोक्न नसकेको श्रोत बताउँछ । ‘भारतबाट आएकालाई क्वारेन्टाइनमा राखौं भनेर सुझाव दिउँ भने उल्टै कति जान्ने भएको भनेर मन्त्री तथा उच्च पदस्थ अधिकारी हपार्छन कि भन्ने डर लाग्छ ।’ प्रहरी श्रोतले नाम उल्लेख नगर्ने शर्तमा भन्यो, ‘उनीहरुकै हालीमुहाली छ । पद र पावर भयो भने कोरोना पनि डराउँदो रहेछ भन्ने मलाई लाग्यो । दैनिक दुइ सय भन्दा बढी व्यक्ति कर्णाली प्रवेश गरिरहेका छन् ।’

आइतबार राती ९ बजेर १८ मिनेटमा प्याजी कलरको बसमा पनि यात्रु ओसारेर लगेको वीरेन्द्रनगर सातका एक प्रत्यक्षदर्शीले जानकारी दिए । ‘बस प्याजी रंगको थियो, भित्र बत्ती बन्द थियो ।’ उनले भने, ‘गाडीभित्र कम्तीमा पचास जना भन्दा बढी व्यक्ति भएको हुनुपर्छ । सडकमै हल्ला सुनिरहेको थियो । अर्को अनौठो कुरा त के छ भने जति पनि गाडी कालिकोट भन्दा माथि पठाउने गरेको छ सरकारले ती सबै गाडी राती मात्रै चलाईन्छ ।’ यसरी प्रदेश सरकार सुरक्षा संयन्त्रसँग मिलेर लकडाउनको अवज्ञा गर्न थालेपछि कर्णालीका नागरिक, स्वास्थ्यकर्मी कोरोनाबाट थप त्रसित भएका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी दिल्लीराज पन्तले इर्मजेन्सी भएकाहरुलाई पठाइएको हुनसक्ने बताए । ‘मसँग डटेल विवरण त अहिले छैन ।’ उनले केहि थाहा नभएझैं गरि लोकान्तरसँग भने, ‘सायद इर्मजेन्सी प्रयोगकालागि गाडी गएको हुनसक्छ ।’
जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्कालाई यसबारेमा कुरा गर्न खोज्दा उनको फोन उठेन ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाहिरबाट आएकाहरुलाई जाँच गरेर मात्रै बबई ल्याइएको र त्यहाँबाट जिल्ला तर्फ पठाइएको बताए । ‘क्वारेन्टाईन भनेको वीरेन्द्रनगरमा मात्र नदेखौं न । जुम्लामा, कालिकोटमा पनि छन् । त्यहाँ प्रदेश सरकारको नियन्त्रणमा रहनेगरी पठाइएको हो ।’ मुख्यमन्त्री शाहीले भने, ‘ज्वरो आएकाहरुलाई मात्रै क्वारेन्टाईनमा राखेका छौं । जुम्लामा उनीहरु पुगेको खण्डमा अनिवार्य क्वारेन्टाईनमा राखिने छ ।’ मुख्यमन्त्री शाहीले भारतबाट आएकाहरुलाई मानवियताका नाउँमा पनि उद्धार गर्नुपर्ने बताए । ‘उहाँहरुलाई मानवियताका नाउँबाट पनि उद्धार गर्न आवश्यक छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘अब यसपछिका दिनमा हामी क्वारेन्टाईनमा राखिएकालाई मात्रै कर्णाली ल्याउँछौं । त्यसरी उद्धार गर्न बन्द गर्छौं ।’ उनले भारत र नेपालको नाकामा रहेका स्थानीय तहमा नै क्वारेनटाईनमा राखिने बरु त्यसकालागि आवश्यक पर्ने खर्चको व्यवस्थापन प्रदेश सरकारले गर्ने बताए ।

गृह मन्त्रालयका उपसचिव एवम सूचना अधिकारी उमाकान्त अधिकारीले नाका बन्द भएको अवस्थामा त्यसरी प्रवेश गर्न दिन नमिल्ने बताए । ‘आज नै म ति जिल्लाहरुका बारेमा बुझ्छु । त्यसरी गाडीका गाडी मानिस ओसार पसार गर्न पाईदैन ।’ उनले भने, ‘प्रदेश सरकारले समन्वय गर्न भनेका हौं । त्यसबारेमा भोली नै कुरा हुन्छ ।’

https://www.facebook.com/nrajkc/videos/2689164344535051/

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com