ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाको प्रदुषणस्तर ग्रिन जोनमा, लकडाउन पछि पनि यही स्थिति कायम राख्न सुझाव (भिडियोसहित)


एबीसी न्यूज
चैत्र १७, २०७६ सोमबार  १२ : ३६ बजे

काठमाडौं, १७ चैत । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ६ दिन अघि सरकारले गरेको लकडाउनपछि काठमाडौं उपत्यकासहित देशभरको वातावरण स्वच्छ बनेको छ । सधैं भिडभाड र व्यस्त हुने काठमाडौ सुनसान हुदा वायुमण्डल समेत सफा देखिएको छ । देशभर उद्योग, कलकारखाना बन्द छन र अत्यावश्यक बाहेकका सवारी साधनसमेत नगुड्दा देशभरको वातावरण ग्रिन जोनमा परेको छ ।

यतिबेला काठमाडौ उपत्यकाको दृश्य मनमोहक छ । चारैतिर पहाडै पहाडले घेरिएको उपत्यका लकडाउनको कारण शान्त छ । उपत्यका शान्तमात्र छैन अहिले उपत्यकाको वायु समेत धेरैपछि पूर्णतः स्वच्छ देखिन्छ । सिंगै शहर ध“ुवाधुलो मुक्त छ ।
विगतका वर्षमा यतिबेला प्रदुषण मापन गर्दा सधैं रेड जोनमा रहने काठमाडौं उपत्यका प्रदुषणमुक्त बनेको छ । कारोनाको नियन्त्रणको लागि देशव्यापी लकडाउनसंगै प्रदुषणको मात्रा घटेर नेपाल ग्रीन जोनमा परेको हो । उपत्यकासहित देशभरको प्रदूषणकाृ मात्रा ह्वात्तै घटेको छ । जसको कारण उपत्यकाको आकाश सफा देखिन्छ । वरपरका डाडाका“डामा हरियाली बढेको छ र टाढा हिमालका लहर छर्लङ्ग देखिन थालेका छन ।

धेरे लामो समयपछि पहिलो पटक काठमाडौ यति स्वच्छ देखिएको हो । काठमाडौंमा बिभिन्न स्थानमा वायु प्रदूषण घटेको छ । प्रदूषण मापन केन्द्रको तथ्यांकअनुसार देशभर वायु प्रदूषण कम भएर ग्रिन जोन कायम भएको छ ।

कोरोनाको संक्रमणले बिश्वव्यापी त्रास बढे पनि वातावरण भने बिश्वभरी नै सफा हुदै गइरहेको छ । लकडाउनको कारण उद्योग, कलकारखाना बन्द भएको र अत्यावश्यकबाहेकका सवारी साधन गुड्न छोडेपछि काठमाडौ उपत्यका सहित देशभरको हावाको गुणस्तर समेत राम्रो भएको छ ।

उपत्यकाको धुलोधुवा“ र बायु एवं ध्वनी प्रदूषणका कारण आमनागरिकको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने गरेको छ । अध्ययनहरुका अनुसार उपत्यकामा धुलोधुवा“ र बायु एवं ध्वनी प्रदूषणका कारण सिर्जित रोगहरुबाट बार्षिक ३५ हजार जनाको मृत्यु हुने गरेको छ भने विश्वका सातवटा प्रदूषित शहरमा काठमाडौं पर्न बाध्य छ । संयोग नै भनौं अहिले लक डाउनको कारण उपत्यकामा यो समस्या छैन । तर लकडाउन खुल्नासाथ शहरको दुर्दशा उस्तै हुनेछ । त्यसैले अहिलेको स्वच्छता कायम गर्न भोलिका दिनमा पनि कायम गर्न आमनागरिकदेखि सरकारसम्म सक्रिय हुनैपर्छ ।

काठमाडौ भिडभाड देखि धुवा धुलोले वाक्य दिक्क भएका राजधानीबासी यतिखेर स्वच्छ बायुमण्डल देखेर खुसी भएका छन । खुलेको हिमाल, उपत्यका डाडाकाडालाइ अवलोकन गर्दे मज्जा समेत लिइरहेका छन । लकडाउनको पालनागर्दै प्रदुषण मुक्त सहरको दृश्य हेर्दै मोहित समेत हुन थालेकाछन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com