ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाको प्रदुषणस्तर ग्रिन जोनमा, लकडाउन पछि पनि यही स्थिति कायम राख्न सुझाव (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १७ चैत । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ६ दिन अघि सरकारले गरेको लकडाउनपछि काठमाडौं उपत्यकासहित देशभरको वातावरण स्वच्छ बनेको छ । सधैं भिडभाड र व्यस्त हुने काठमाडौ सुनसान हुदा वायुमण्डल समेत सफा देखिएको छ । देशभर उद्योग, कलकारखाना बन्द छन र अत्यावश्यक बाहेकका सवारी साधनसमेत नगुड्दा देशभरको वातावरण ग्रिन जोनमा परेको छ ।

यतिबेला काठमाडौ उपत्यकाको दृश्य मनमोहक छ । चारैतिर पहाडै पहाडले घेरिएको उपत्यका लकडाउनको कारण शान्त छ । उपत्यका शान्तमात्र छैन अहिले उपत्यकाको वायु समेत धेरैपछि पूर्णतः स्वच्छ देखिन्छ । सिंगै शहर ध“ुवाधुलो मुक्त छ ।
विगतका वर्षमा यतिबेला प्रदुषण मापन गर्दा सधैं रेड जोनमा रहने काठमाडौं उपत्यका प्रदुषणमुक्त बनेको छ । कारोनाको नियन्त्रणको लागि देशव्यापी लकडाउनसंगै प्रदुषणको मात्रा घटेर नेपाल ग्रीन जोनमा परेको हो । उपत्यकासहित देशभरको प्रदूषणकाृ मात्रा ह्वात्तै घटेको छ । जसको कारण उपत्यकाको आकाश सफा देखिन्छ । वरपरका डाडाका“डामा हरियाली बढेको छ र टाढा हिमालका लहर छर्लङ्ग देखिन थालेका छन ।

धेरे लामो समयपछि पहिलो पटक काठमाडौ यति स्वच्छ देखिएको हो । काठमाडौंमा बिभिन्न स्थानमा वायु प्रदूषण घटेको छ । प्रदूषण मापन केन्द्रको तथ्यांकअनुसार देशभर वायु प्रदूषण कम भएर ग्रिन जोन कायम भएको छ ।

कोरोनाको संक्रमणले बिश्वव्यापी त्रास बढे पनि वातावरण भने बिश्वभरी नै सफा हुदै गइरहेको छ । लकडाउनको कारण उद्योग, कलकारखाना बन्द भएको र अत्यावश्यकबाहेकका सवारी साधन गुड्न छोडेपछि काठमाडौ उपत्यका सहित देशभरको हावाको गुणस्तर समेत राम्रो भएको छ ।

उपत्यकाको धुलोधुवा“ र बायु एवं ध्वनी प्रदूषणका कारण आमनागरिकको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने गरेको छ । अध्ययनहरुका अनुसार उपत्यकामा धुलोधुवा“ र बायु एवं ध्वनी प्रदूषणका कारण सिर्जित रोगहरुबाट बार्षिक ३५ हजार जनाको मृत्यु हुने गरेको छ भने विश्वका सातवटा प्रदूषित शहरमा काठमाडौं पर्न बाध्य छ । संयोग नै भनौं अहिले लक डाउनको कारण उपत्यकामा यो समस्या छैन । तर लकडाउन खुल्नासाथ शहरको दुर्दशा उस्तै हुनेछ । त्यसैले अहिलेको स्वच्छता कायम गर्न भोलिका दिनमा पनि कायम गर्न आमनागरिकदेखि सरकारसम्म सक्रिय हुनैपर्छ ।

काठमाडौ भिडभाड देखि धुवा धुलोले वाक्य दिक्क भएका राजधानीबासी यतिखेर स्वच्छ बायुमण्डल देखेर खुसी भएका छन । खुलेको हिमाल, उपत्यका डाडाकाडालाइ अवलोकन गर्दे मज्जा समेत लिइरहेका छन । लकडाउनको पालनागर्दै प्रदुषण मुक्त सहरको दृश्य हेर्दै मोहित समेत हुन थालेकाछन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com