ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरका निजी र सामुदायिक अस्पतालले सबै प्रकारको बिरामी जाँच गर्ने (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १७ चैत ।  कोरोना संक्रमणको त्रासका कारण काठमाडौँ उपत्यकाका सरकारी, सामुदायिक तथा नीजि अस्पतालहरुले अन्यखाले समस्या परेका बिरामीहरुको पनि उपचार नगर्दा आम बिरामी मारमा पर्नथालेका छन् । यस्तो अवस्थामा पनि भक्तपुरमा भने कोरोना संक्रमणको त्रासमा आएका बिरामीलाई सहयोग गर्न एउटा समुहले हेल्प डेस्क नै सञ्चालन गरिरहेको छ भने अस्पतालहरुले सबै विरामीलाई नडराई चेकजाँच गरेर पठाइरहेको बताएका छन् ।

कोरोना संक्रमण रोकथामको निम्ति सरकारले लकडाउन घोषणा गरेको हप्तादिन पुगिसकेको छ । नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । केही शंकास्पद देखिएका विरामीहरुको पनि परिक्षण जारी छ । काठमाडौँ उपत्यकामा सडक र बस्तीहरु सुनसान छन् ।

यातायातका साधन चलेका छैनन् । यस्तो अवस्थामा कोरोना संक्रमणका त्रास बोकेका बाहेकका अन्य नियमित बिरामीहरुलाई पनि उपचारमा समस्या थपिएको छ । अधिकांश अस्पतालका ओपिडी सेवाहरु ठप्प छन् । जसले गर्दा निकै नै एर्मजेन्सी बाहेक नियमित चेकजाँच गर्न अस्पतालहरुले बन्द गरिरहेका छन् ।

अझ सामान्य रुघाखोकी, ज्वरो आएका विरामीहरुको उपचारमा अस्पतालहरु डराईरहेको अवस्था छ । एउटा अस्पतालले अर्को अस्पतालमा रिफर गर्दा बिरामीको विचल्ली हुने अवस्था पनि छ । स्वास्थ्यसंस्थाहरुकै यस्तो गैरजिम्मेवारीपन चलिरहँदा भक्तपुर अस्पतालमा भने स्थानीय स्तरमा गठन भएको आर. एन. ए. १६ समुहले स्वयंसेवी भएर सघाईरहेको छ ।

भक्तपुर अस्पतालबाट कोरोना संक्रमणको आंशकामा १७ स्याम्पल टेकु पु¥याइएको मध्ये १५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । दुईवटा रिपोर्ट आउन बाँकी छ । स्याम्पल टेकु लिएर जानेदेखि बिरामीलाई आवश्यक सम्पूर्ण प्रकारका सरसहयोग उक्त समुहले गरिरहेको छ । आज कोरोना संक्रमण सर्ने डरले एक मान्छेदेखि अर्को मान्छे डराइरहेका छन् । अवस्था पनि त्यस्तै छ । बिरामी छ भन्ने थाहा पाउँदा त झनै मान्छे तर्किन थालेका छन् । तर आर एन ए १६ समुहले भने यस्तो परिस्थितिमा आवश्यक सहयोग गर्दै हौसला प्रदान गरिरहेको छ भने अस्पताललाई पनि सहयोग गरिरहेको छ ।

निजि अस्पतालहरुले विरामीको जाँच गर्न हिच्किचाइरहेको जनगुनासो छ । तर नीजि अस्पतालहरु यो कुरा स्वीकार्न तयार छैनन् । भक्तपुरमा रहेको अस्पतालमा इर्मजेन्सिका बिरामी लिइरहेको र ज्वरो, रुघाखोकीको उपचारमा पनि चिकित्सकहरु नडराई जाँच गराइरहेको बताउँछन् ।

अस्पताल परिसरमा भेटिएका केही बिरामीहरु पनि सामान्य सेवा अस्पतालबाट पाइरहेकै बताउँछन् । यद्यपी अस्पतालले सञ्चालन गर्ने अथवा सामुदायिक संघ, संस्थाका एम्बुलेन्स चालकहरु भने निकै डराइरहेका छन् । सुरक्षा साधनको व्यवस्था नहुँदा एम्बुलेन्स चालकहरु डराउनुपरेको अवस्था छ् ।

यता, सामुदायिक अस्पतालले पनि थोरै संख्यामा अट्ने भए पनि क्वारेन्टाइन भवन बनाएको बताउँछन् । अस्पतालमा ज्वरो जाँच गर्ने छुट्टै क्लिनिक सञ्चालन गर्न प्रयास गरिरहेको सामुदायिक अस्पतालहरुको भनाई छ । भक्तपुरमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि कोरोना संक्रमणबाट कत्ति पनि त्रसित नभइ सेवा दिइरहेको बताउँछन् ।

सरकारले नै अत्यावश्यक बाहेक उपचारमा नजानु भनेकाले सबै अस्पतालहरु कोरोना संक्रमणको सम्भावित उपचारको निम्ति तयारी अवस्थामा छन् । तसर्थ अस्पतालमा अन्य प्रकारका विरामीहरुको घुँइचो छैन । अस्पतालमा आवश्यक पर्ने मेडिकल सामग्रीहरुको अपर्याप्तताका कारण अस्पताल डराउने गरेको पनि सत्य हो ।

सरकारले अस्पतालहरुमा आवश्यक मेडिकल सामाग्रीहरु पुराउन ढिलाई गर्नु हुँदैन र अस्पतालहरुले पनि आम नागरिकलाई यस्तो विपतको बेलामा आईपरेको रोगको उपचारमा डराउने, आत्तिने र जिम्मेवारीबाट पन्छिनु हुँदैन । कोरोना संत्रासका कारण अन्य विभिन्न प्रकारका विरामीहरुको अवस्था पनि बिग्रिन सक्छ, सरकारले त्यतातिर ध्यान पु¥याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com