ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा नागरिकबाट लकडाउनको पूर्ण पालना (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १७  चैत ।  कोरोना भाइरसको सक्रमणबाट जोगिन सरकारले गरेको ‘लकडाउन’को पाल्पामा पालना गरिएको छ । लकडाउनबाट जिल्लाको जनजिवन प्रभावित त बनेको छ तर महामारी फैलाउने भाइरसको संक्रमणबाट जोगिन मानिसले लकडाउनलाई स्वीकार गरेका छन् । अत्यावश्क काम बाहेक कोहीपनि घरबाहिर निस्केका छैनन् । निस्किएका व्यक्तिहरु समेत माक्स लगाएर मात्र औषधी पसल तथा दूध डेरीसम्म मात्र पुगेका छन् । पाल्पा जिल्लाका दशैवटा स्थानीय तहले विभिन्न देशबाट आएका नागरिकको उच्च निगरानी राखेका छन ।

लकडाउनको कारण तानसेनका सबै व्यापारी पसल, उद्योगधन्दा पूर्ण रुपमा बन्द रहेका छन् भने चोक–चोकमा प्रहरी परिचालन भएका छन् । विश्वभर फैलिएको कोभिड–१९ को त्राससँगै भारत लगायत तेस्रो मुलकबाट जिल्लामा आएका एक हजार ५० जनालाई उच्च निगरानीमा राखिएको छ । जिल्लाका स्थानीय तहरुले आ–आफ्ना स्थानका नागरिकहरुलाई कोरोना भाइरसको सक्रमणबाट बच्न र बचाउन उच्च निगरानीमा राखेको र क्वारेन्टाईन निमार्ण गरेर काम गरेको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालको भनाई छ ।

पाल्पामा बाहिरी मुलुकबाट आएका व्यक्तिहरुमा कोरोनाको संक्रमण उच्च रहने सम्भावना भएकाले स्थानीय तहहरुले होम क्वारेन्टाइनमा राखेर उनीहरुको उच्च निगरानी बढाएका छन । जिल्लाका १० वटै स्थानीय तहहरुले छुट्टाछुट्टै क्वारेन्टाइनको व्यवस्था मिलाएका छन् । जिल्लाको रैनादेवी छहरा गाउंपालिकामा जिल्लामै धेरै नागरिक भारतबाट आएका छन् । उनिहरुको सुरक्षामा खटिएको रैनादेवी छहराका प्रमुख प्रसासकिय अधिकृत खेत बहादुर खत्रीले जानकारी दिनु भयो ।

कोरोना भाइरसको उच्च जोखिम रहेकाले सरकारले सतर्कता अपनाउदै देशका विभिन्न सीमाहरु बन्द गरे पनि नेपाली नागरिकहरु गाउँ आउने क्रम रोकिएको छैन । पाल्पाबाट विभिन्न सीमा नाका हुँदै १ हजार ५० जना नागरिक जिल्ला प्रवेश गरेका छन् । जिल्लाको तानसेन रामपुर, बगनासकाली रम्भा, पुर्वखोला, तिनाउ, रैनादेवी छहरा, रिब्दीकोट, माथागढी र निस्दी गाउँमा भारत लगायत तेस्रो मुलुकबाट आएका १ हजार ५० जनालाई कोरोना भाइरसको सक्रमणबाट बच्न बचाउन उच्च निगरानीमा राखिएको छ ।

जिल्लाका दश वटा स्थानीयतहरुले ३ सयको हाराहारीमा क्वारेन्टाइन निर्माण गरे पनि ४७ वटा क्वारेन्टाइन बेड मात्र प्रयोगमा आएका छन् । पाल्पामा लकडाउनको पालना नर्गने केही युवा भने प्रहरीको कारवाहीमा समेत परेका छन । जिल्लामा खाद्यान्न, डिजेल, पेटोल र ग्यासको अभाव देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com