ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘लकडाउन’ रहेको वुहान आंशिक रूपमा खुला : सपिङ मल सोमबारबाट खुला गर्ने


एबीसी न्यूज


काठमाडौं, १६ चैत । चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३१ हजार भन्दा बढि रहेको छ । पछिल्ला दिनमा चिनमा संक्रमणदर घट्दै गए पनि अन्य देशमा भने फैलिइरहेको छ । चिनपछि सबैभन्दा बढि संक्रमण इटालीमा देखिएको छ । पछिल्लो विवरणअनुसार कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनका कारण मृतकको संख्या ३१ हजार भन्दा बढि रहेको छ भने भाइरसबाट ६ लाख ७२ हजार भन्दा बढि रहेको छ ।

संक्रमितमध्ये २५ हजार तीन सय ७७ जनाको अवस्था गम्भीर छ । त्यसैगरी करिब १ लाख ४३ हजार भन्दा बढि उपचार पछि घर फर्किका छन् । गत डिसेम्बरमा चीनको बुहान प्रान्तमा देखिएको यसको संक्रमण सयभन्दा बढी देशमा देखिसकेको छ । पछिल्लो नतिजा अनुसार अमेरीकामा कोरोना संक्रमणका बिरामी धेरै देखिएका छन् ।

अन्य देशमा संक्रमणको संख्या बढि रहदा डिसेम्बर अन्तिममा भाइरस संक्रमण देखिएयता शनिबार चीनभर मात्र ४५ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये एकजना बाहेक सबै विदेशबाट फर्किएका व्यक्ति रहेको त्यहाका संचार माध्यमले जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको पछिल्लो ७ दिनको तथ्यांकलाई हेर्ने हो भने, चीनभर ३ सय १३ जना बाहिरबाट आयातित संक्रमित पाइएकामा मात्र ६ जना घरेलु संक्रमित छन् ।

आयातित संक्रमितमध्ये अधिकांश विदेशबाट फर्किएका चिनियाँ नागरिक नै छन् । कोरोना भाइरसको उद्गमस्थल हुबेई प्रान्तको राजधानी वुहानमा पछिल्लो १० दिनमा मात्र एक जना नयाँ संक्रमित पुष्टि भएको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ । चीनभर मृतकको संख्यामा पनि उल्लेख्य कमी आएको छ । शनिबार थप ५ जनाको मात्र मृत्यु भएको छ । मृत्यु हुने पाँचैजना वुहानकै हुन् । हुबेई प्रान्तमा लगातार चौथो दिन शनिबार पनि नयाँ संक्रमित भेटिएको छैन ।

पछिल्लो चार दिनभित्र मात्र एकजना मात्र घरेलु संक्रमित पाइएको छ, त्यो पनि हुबेईको सीमावर्ती हेनान प्रान्तमा । चीनमा घरेलु संक्रमित संख्या लगभग शून्यमा पुग्दै गर्दा केही आयातित संक्रमित देखिएपछि उसले कडा कदम चालिसकेको छ । आइतबारबाट लागू हुने गरी अन्तर्रा्ष्ट्रिय उडान बन्द गरिएका छन् भने शनिबारबाटै विदेशीलाई मुख्यभूमि चीनतर्फ प्रवेशमा रोक लगाइसकिएको छ । संक्रमण दर घट्दै गएपछि अढाई महिनाभन्दा बढी अवधिसम्म ‘लकडाउन’ रहेको वुहान आंशिक रूपमा खुला गरिएको छ ।

सहर भित्रने सडक र रेल सञ्जाल शनिबारबाट सुचारु गरिएका छन् । तर वुहानबाट बाहिरिन भने अझै पनि प्रतिबन्ध लगाइएको छ । जनवरी १५ मा ‘लकडाउन’ गरिएपछि पहिलोपटक शनिबार रेलमार्ग हुँदै ६० हजारभन्दा बढी चिनियाँ वुहान पुगेका छन् । आइतबारबाट तिहानी विमानस्थलबाहेक वुहानका सबै विमानस्थलले केही आन्तरिक उडान सुचारु गरेका छन् । तिहानी विमानस्थल आउँदो अप्रिल ८ बाट सुचारु हुने जनाइएको छ । हुबेईबाट बेइजिङको उडान भने स्थगित छ ।

‘अहिले वुहानको वातावरण सुखद् छ । संक्रमण फैलिएका बेलाजस्तौ मानिस आतंकित छैनन् । महामारीको अवस्था निकै डरलाग्दो थियो, तर अहिले त्यस्तो अवस्था छैन,’ हु थरका एक वुहानवासीले समाचार संस्था रोयटर्ससँग भने, ‘अहिलेको अवस्था नियन्त्रणमा छ ।’ हुबेई सरकारले आइतबार आफ्नो आधिकारिक ‘वीच्याट’ अकाउन्टमार्फत अढाई महिनाभन्दा लामो समयदेखि बन्द वुहानस्थित कैयौं सपिङ मल सोमबारबाट खुला गर्न दिइने जनाएको छ । चीनभर हालसम्म ८२ हजार ६१ जना कोभिड–१९ संक्रमित पुष्टि भएकोमा ३ हजार ३ सय ४ जनाको मृत्यु भएको छ भने ७५ हजार ५ सय ७६ जनाको उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com