बांकेमा थप ६ जनाको रिपोर्ट आयो, सबैको कोरोना रिपोर्ट नेगेटिभ



बुटवल, १६ चैत्र ।
कोरोना भाइरस परिक्षणका लागि बांकेबाट केन्द्रिय प्रयोगशालामा पठाईएको स्वाब नमुनाको थप ६ जनाको रिपोर्ट प्राप्त भएको छ । पा्रप्त रिपोर्टमा ६ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बांकेले जनाएको छ ।
२३ जनाको नमुना परिक्षणका लागि पठाएकोमा यस अघि ७ जनाको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो । १० जनाको रिपोर्ट आउन बांकी रहेको र ती नमुनाको रिपोर्ट १८ गते सम्ममा आउने स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो । बांकेमा बिभिन्न मुलुकबाट आएका ५३ जना नेपालीहरुलाई क्वारायन्टायनमा राखिएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All