सिचुवान प्रान्त सरकारले नेपाललाई दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं



काठमाडौँ, १६ चैत । कोरोना भाइरस विरुद्धको अभियानका लागि अत्यावश्यक सामग्री चीनबाट नेपाल आइपुगेको छ।

चीनका विभिन्न राज्य तथा संगठनले प्रदान गरेका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहित अत्यावश्यक सामग्रीको पहिलो लट लिएर विमान चीनको ग्वान्झाउबाट काठमाडौँ आएको हो । चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं आएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले प्रदान गरेको पिपिईसहितका अत्यावश्यक सामग्रीसहितको विमान आइतबार बिहान अवतरण भएको हो । सो विमानमा ज्याक मा फाउन्डेसन र अलिबाबाले सहयोग स्वरुप प्रदान गरेका मास्कसहितका सुरक्षात्मक सामग्री पनि ल्याइएको छ ।

नेपाल एयरलाइन्सको विमानबाट १२.६६ टन चिकित्सा सामग्री नेपाल ल्याइएको हो ।

    Comment Here!


सम्बन्धित समाचार

View All