ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौथो सङ्क्रमित भेटिएपछि उच्च सावधानी अपनाउन सरकारको आग्रह, विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा सुझाव


एबीसी न्यूज


काठमाडौं, १५ चैत । धनगढीमा कोरोना संक्रमित चौथो व्यक्ति भेटिएपछि देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेका ३४ वर्षका पुरूषमा हिजो कोरोना संक्रमण पुष्टि भएकाले देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । उपत्यकाबाहिर पनि कोरोना सस्ंक्रमित पुष्टि भएकाले विशेषगरी विदेशबाट आएका सबैजनालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आग्रह गर्नुभएको छ ।

उहाँले कोरोनाको संक्रमण थप फैलन नदिन विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैलाई लकडाउन पालना गर्न आग्रह गर्नुभएको हो । यस्तै अनावश्यक हल्लाको पछि नलाग्न पनि उहाँले अनुरोध गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो थप ४४ जनाको गरी अहिलेसमम ८ सय २ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एक जना उपचारपछि निको भएका छन् । अरु दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र एक जनाको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यस्तै अहिले काठमाण्डौं र ललितपुरका तीन वटा अस्पतालमा १३ जनाको आइसोलेसनमा उपचार भैरहेको छ भने ११ जनालाई डिस्चार्ज गरिएको छ । ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा ६ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ जना तथा कान्ति बाल अस्पतालमा ३ जना गरि १३ जनाको आइसोलेसनमा उपचार भैरहेको हो । यस्तै कान्तिबाट ६ जना र टेकुबाट ५ जना गरि ११ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com