
काठमाडौं, १४ चैत । प्रहरीले आज लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिनले ‘म्यान क्याच डिभाइस’ ३ मिटर परैबाट समात्न सकिने उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोनाको संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले पहिलो चरणमा ६ वटा उपकरण प्रयोगमा जानकारी दिनुभयो । । ‘यो उपकरणको प्रयोग गरेर शुक्रबार मात्रै ५ जनालाई पक्राउ गरेको छ । यो उपकरण प्रहरीको मोबाइल गाडीमा राखिने र आवश्यकता अनुसार प्रयोग हुने प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्