चिकित्सकहरुको सुरक्षालाई सरकारले गम्भिरता पूर्वक लिएको छ – प्रधानमन्त्री ओली




काठमाडौं, १३ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुको व्यक्तिगत सुरक्षाका थप सामाग्री छिटै उपलब्ध हुने भन्दै धैर्य गर्न आग्रह गर्नु भएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्रधानमन्त्रीले हाल मौज्दात सामाग्रीको अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन पनि आग्रह गर्नुभएको हो । तपाईहरुकै सिफारिसका थप सामाग्रीहरु केहि दिनमै उपलब्ध हुने भएकाले कोभिड १९ मानवीय संकटको समयमा एकजुट भएर सामना गर्न प्रधानमन्त्री आग्रह गर्नुभको छ । सरकारको सदैव साथ र सहयोग रहने समेत उहाले बताउनु भएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All