काठमाडौं, १३ चैत । सरकारले हालसालै विदेशबाट आएका नागरिकहरुलाई नआत्तिन आग्रह गरेको छ । हालसम्म विदेशबाट आएका तीन नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अरुले पनि स्वास्थ्य जाँचबारे चासो राखेका हुन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले विदेशबाट आएकाहरुलाई नआत्तिन आग्रह गर्नुभएको छ । ‘यो भाइरसका कारण तपाईहरुलाई रुघा लाग्नसक्छ, खोकी लाग्ने र ज्वरो आउन सक्छ ।
लक्षण देखिनासाथ यही हो भन्ने हुँदैन’ उहाले भन्नुभयो , आइसोलेसनमा बस्नुस्, २ दिन, तीन दिन चार दिन हेर्दै जानुस् । लक्षणबढ्दै गयो भने नजिकैको स्वास्थ्य चौकीमा जानुस् ।’ त्यसपछि मात्र सरकारले नमुना परीक्षण र उपचारको काम अगाडि बढाउने सचिव कोइरालाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्