काठमाडौं, १३ चैत । कोभिड–१९ परिक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण शनिबार साँझ काठमाडौं आइपुग्ने भएको छ । एक सरकारी स्रोतले दिएको जानकारी अनुसार कोरोनाको संक्रमण जाँच्ने किट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) आउन लागेको हो ।
‘चीनको गोन्जाओबाट उतैको कार्गोले स्वास्थ्य उपकरण पठाउँछ, शनिबार साँझ सामान काठमाडौं आइपुग्छ,’कोभिड रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको एक स्रोतले जानकारी दिएको छ । ‘आइतबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश प्रदेशमा स्वास्थ्य उपकरणहरु पठाइन्छ ।’यी सामाग्री सरकारले किन्न लागेको हो । यसअघि उच्चस्तरीय समितिका संयोजक एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अत्यावश्यकीय स्वास्थ्य उपकरण शनिबारसम्ममा जसरी पनि ल्याउने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्