ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसान सुर्खेत, राउटे बस्ती पनि ‘लकडाउन’


एबीसी न्यूज

सुर्खेत, १३ चैत  । कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो ।

सङ्क्रामक रोग ऐन, २०२० जारी भएपछि पहिलोपटक कार्यान्वयनमा आएको ‘लकडाउन’बारे नागरिक अनभिज्ञ हुँदा पहिलो दिन मङ्गलबार प्रहरी प्रशासनलाई स्थितिलाई नियन्त्रणमा लिन मुस्किल परेको थियो । नागरिक अनावश्यक हिँडडुल गर्न, जमघट हुन थालेपछि चार जनालाई नियन्त्रणमा लिन प्रहरी बाध्य भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले पहिलो दिन केही सवारी साधन नियन्त्रणमा लिएपछि दोस्रो दिन सामान्य अवस्था रहेको बताउनुभयो । “अटेर गरेर लकडाउनको अवज्ञा गर्नेलाई पक्राउ गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “पहिलो दिनको भन्दा दोस्रो दिन सहज भयो, लकडाउनबारे सर्वसाधारणले नबुझेर पनि समस्या देखिएको हो ।” प्रहरीले माइकिङ गर्दै अत्यावश्क कामबाहेक घरबाहिर ननिस्कन अपिल गर्दै आएको छ ।

‘लकडाउन’ मा अत्यावश्कीय केही पसलबाहेक अरु सबै बन्द छन् । सरकारले खाद्यान्न, तरकारी, चियापसल खुला राख्न आग्रह गरे पनि वीरेन्द्रनगरमा त्यस्ता अधिकांश पसल बन्द छन् । खुद्रा–खाद्यान्न, तरकारी तथा फलफूल पसल बन्द हुँदा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढ्न सक्ने उपभोक्ता अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् । उपभोक्ता अधिकारकर्मी आकाशतारा बयकले सुरक्षित भएर अत्यावश्कीय खाद्यान्न, तरकारी, फलफूल पसल खुला गर्न व्यवसायीलाई प्रहरी प्रशासनले आग्रह गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनका नाममा प्रहरीले नै त्रास फैलाएमा कालोबजारी झन् मौलाउँछ, यस्तो अवस्थामा सुरक्षित उपाय अपनाएर व्यवसायीलाई सरसामान बिक्री गर्नुस् भनेर आग्रह गर्ने हो ।”

राउटे बस्ती पनि लकडाउन 

नेपालमा कोरोना भाइरसका सङ्क्रमण देखिएपछि राउटे बस्तीमा पनि ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ सत्तरी छिन्चुखोला किनारमा अवस्थित राउटे बस्तीमा अन्य मानिसलाई प्रवेश निषेध गरिएको छ । जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएको यो समुदाय हालै छिन्चुखोला किनारमा सरेको हो ।

नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि राउटेलाई पनि बस्ती बाहिर आउन नदिने र गैरराउटे समुदायका व्यक्तिलाई उक्त बस्ती प्रवेश गर्न नदिन कडाइ गरिएको बताउनुभयो । उहाँका अनुसार मुखियाको नीति निर्देशनमा चल्ने राउटे समुदायलाई नगरपालिकाका कर्मचारीले लकडाउनबारे सम्झाइ–बुझाइ गरिरहेका छन् ।

नगरपालिकाले राउटे समुदायमा साबुनपानीले हात धुन सिकाउन स्वास्थ्यकर्मी खटाएको छ । वर्षमा एकपटक मात्रै नुहाउने, खुला दिसा–पिसाब गर्ने, सरसफाइमा ध्यान नदिने राउटे समुदायमा सङ्क्रमणको जोखिम हुनसक्ने हुँदा सतर्कता अपनाइएको हो । “राउटे समुदाय सङ्क्रमित भएमा अन्य समुदायलाई तत्काल सर्न सक्ने खतरा छ, राउटेहरु खानेकुराको जोहो गर्न, आफूले बनाएका काठका भाँडा बिक्री गर्न गाउँ–शहर पस्ने गर्दछन्”, नगरप्रमुख चन्दले भन्नुभयो, “खाद्यान्नका लागि गाउँशहर डुल्नुपर्ने अवस्था अन्त्य गर्न नगरले सहयोग गर्दैछ, प्रदेश सरकारसँग पनि आग्रह गरेका छौँ ।” फिरन्ते जाति भएकाले राउटेहरु त्रिपालमुनि बस्छन् । शौचालय प्रयोग गर्दैनन् । अति लोपोन्मुख आदिवासीमा पर्ने यस समुदायको जनसङ्ख्या १५० मात्र छ ।

बहिरङ्ग सेवा बन्द

कर्णाली प्रदेश अस्पताल सुर्खेतले बहिरङ्ग सेवा ९ओपिडी० बन्द गरेको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन केही समयलाई ओपिडी सेवा बन्द गर्नुपरेको जानकारी दिनुभयो । आपतकालीन सेवा भने सञ्चालनमा छ । ज्वरो, रुघाखोकीका बिरामीको जाँच भइरहेको छ । यद्यपि, अहिलेसम्म त्यस्ता बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने अवस्था नआएको उहाँले बताउनुभयो । ओपिडी सेवा सञ्चालन गर्दा बिरामीको भीडभाड बाक्लो हुने हुँदा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम गर्न यस्तो निर्णय गर्नुपरेको अस्पतालको भनाइ छ ।

प्रदेश सरकारले सुर्खेतमा सञ्चालित निजी अस्पताल, नर्सिङहोम तथा मेडिकल सञ्चालकसँग चौबिसै घण्टा सेवा सञ्चालन गर्न आग्रह गरेको छ । सामाजिक विकासमन्त्री दल रावलले निजी नर्सिङहोम तथा अस्पताललाई आइसोलेसन श्यया तयार गर्न र आवश्यक औषधिका लागि फार्मेसी खुला राख्न आग्रह गरेको बताउनुभयो । साथै उहाँले प्रदेशमा दुुई महिनासम्म पुग्ने औषधि भण्डारण रहेको र थप मेडिकल उपकरण व्यवस्थापन गर्न सङ्घीय सरकारसँग अनुरोध गरेको जानकारी दिनुभयो ।

हटलाइन सेवा

कर्णाली प्रदेश सरकारले अलपत्र यात्रुको उद्धारका लागि हटलाइन सेवा सञ्चालन गरेको छ । सरकारले देशभर लकडाउन घोषणा गरेसँगै भारत तथा अन्य क्षेत्रबाट घर फर्किदै गरेका यात्रु बाटोमै अलपत्र परेपछि तत्काल उद्धारका लागि हटलाइन सेवा शुरु गरिएको हो । प्रदेश सरकारले भारतमा रहेका कर्णालीवासीलाई १० दिनभित्र फर्कन सार्वजनिक आह्वान गरेर अलपत्र पारेको भन्दै आलोचना भएको थियो । सरकारले आफैँ बोलाएर नाका, बाटोमै अलपत्र पारेको भन्दै तत्काल उद्धार गर्न प्रदेश सरकारलाई दबाब बढेको थियो ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले बाटोमा यात्रु अलपत्र परे हटलाइन नं १११० मा सम्पर्क गर्न अनुरोध गरेको छ । हटलाइनमा प्राप्त सूचनाका आधारमा प्रदेश सरकारले यातायातको प्रबन्ध गरी अलपत्र यात्रुको उद्धार गर्नुका साथै प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नेछ । स्वास्थ्य परीक्षणकै आधारमा क्वारेन्टाइनमा राख्नुपर्ने वा गन्तव्यसम्म पु¥याउने भन्ने टुङ्गो लाग्नेछ ।

सार्वजनिकस्थलमा क्लोरिन पाउडर

सुर्खेत उद्योग वाणिज्य सङ्घले बुधबार सार्वजनिकस्थलमा क्लोरिन पाउडर छरेको छ । नेपालमा समेत कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि सङ्घले क्लोरिन पाउडर छर्ने अभियानको शुरुआत गरेको हो ।

सङ्घका अध्यक्ष धनबहादुर रावतले वीरेन्द्रनगर नगरपालिकासँग दमकल र पानीको सहयोग लिई सार्वजनिकस्थलमा क्लोरिन पाउडर छरिएको बताउनुभयो । यो पाउडरले कोरोनाका किटाणुबाट बच्न सहयोग गर्दछ । वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य अधिकृत पर्शुराम खड्काले विभिन्न ब्याक्टेरिया भाइरसलाई नियन्त्रण गर्न क्लोरिन पाउडरले मद्दत पु¥याउने बताउनुभयो । उक्त पाउडर जिल्ला प्रशासन कार्यालय, अस्पताल, नगरपालिका, बजार क्षेत्रलगायतका सार्वजनिकस्थलमा छरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com