काठमाडौं, १३ चैत । प्रिक्सा टेक्नोलोजिजको ख.बर सोलुशनले कोरोना भाइरस (कोभिड १९) को संक्रमणसम्बन्धी विवरण हेर्न मिल्ने सिस्टम लन्च गरेको छ ।
जसअनुसार कोरोनानेपाल। https://coronanepal.live/० नामक पोर्टलमा गएर नेपालका साथै विश्वका अन्य देशको कुल संक्रमण, मृत्यु तथा निको भएकाको संख्या हेर्न सकिन्छ ।
यस सिस्टमको अगुवाई गर्ने प्रिक्सा टेक्नोलोजिजका सिईओ मनिष कुमार शर्मा भन्छन्, “कोरोना ट्रयाकर सिस्टमले नेपालको संक्रमण तथ्यांक हेर्न र सतर्क रहन मद्यत गर्छ । डाटालाई चित्रमा हेर्दा त्यसको महत्व बढ्ने हुनाले नेपालकै सिमा रेखांकन राखी यस सिस्टमको निर्माण गरेका छौँ ।” अहिलेको लकडाउनको अवस्थामा यसले सही तथ्य सूचना तथा समाचार छिटो र छरितो रुपमा थाहा पाउन सहयोगी हुने प्रिक्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्