ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड १९ को आशङ्कामा ११ जना आइसोलेशनमा, नेपालमा संक्रमितको संख्या तीन पुग्यो


एबीसी न्यूज

काठमाडौं, १२ चैत ।  कोरोना भाइरस (कोभिड १९) को आशङ्कामा ११ जनालाई काठमाण्डौ र ललितपुरको दुई वटा अस्पतालको आइसोलेशनमा राखिएको छ । अर्का एक जनालाई भने टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भ्यान्टिलेटरमा राखेर उपचार गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर उनलाई कोरोना सङ्क्रमण भएको पुष्टि नभएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताउनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको आइसोलेशनमा राखेर उपचार भइरहेको र उनको अवस्था सामान्य छ भने थप एकजनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । टेकुमा रहेको प्रयोगशालामा परीक्षणका क्रममा विदेशबाट आएका थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।

ती व्यक्तीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ । टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

टेकु अस्पतालमा उनीसहित अरु पाँच जनाको आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा र एक जनाको भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको हो ।

त्यस्तै ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा अरु ६ जनाको उपचार भइरहेको छ । तर ती युवती बाहेक अरुमा कोरोना सङ्क्रमण पुष्टि भएको छैन । उनको पनि अवस्था सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको मन्त्रालयका सहप्रवक्ता दाहालको भनाइ छ ।

गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल फर्किएकी युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई गएको आइतबार रातिदेखि अस्पतालमा डाक्टरको निगरानीमा राखेर उपचार थालिएको हो ।

यसअघि गएको माघ ९ गते चीनबाट आएका एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तर केही दिन उपचार गरेपछि उनी निको भएका र अहिले सामान्य अवस्थामा रहेका पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा मङ्गलबार बेलुकीसम्ममा ६ सय १० जनाको परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण भएको र अरु ६ सय आठ जनालाई भने मौसमी रुघाखोकी लागेको पाइएको मन्त्रालयले जनाएको हो । अहिले मौसमी रुघाखोकी लाग्ने समय भएकाले रुघाखोकी लाग्दैमा नआत्तिन तर सावधानी भने अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् ।

यसैबीच कोरोनाको बारेमा जानकारी लिनु परेमा पैसा नलाग्ने फोन नम्बर १११५ मा सम्पर्क गर्न सकिने सरकारले जनाएको छ । १११५ मा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म फोन गर्न सकिनेछ ।

कोरोनाका लक्षण

उच्च ज्वरो आउनु, खोकी लाग्नु र सास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन् । कोरोनाबाट बच्न ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफुलाई ज्वरो र खोकी लागेको छ भने पनि अरु व्यक्तिबाट टाढै बस्नुपर्छ । साथै मास्क  अनिवार्य लगाउने, खोक्दा वा हाच्छँयु गर्दा टिस्यु पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यु पेपर बिर्को भएको फोहोर फाल्ने भाँडोमा फाल्नुपर्छ ।

यस्तै साबुन पानीले बारम्बार हात धुने, भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने, प्रभावित देशबाट आएका व्यक्तिमा कोरोनाको लक्षण देखिए स्वास्थ्य केन्द्रमा तुरुन्त सम्पर्क गर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । यस्तै विदेशबाट आएकाहरुलाई घरमै बस्दा पनि परिवारका सदस्यबाट १४ दिन छु्ट्टै बस्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com