ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक्कासी ब्यारेकबाट किन निस्कियो सेना ? कारण यस्तो : बुधबारदेखि जिल्लाभर परिचालन


एबीसी न्यूज
चैत्र ११, २०७६ मंगलबार  ३ : ३० बजे

काठमाडौं, १० चैत । कोरोना भाइरसका नयाँ संक्रमित फेला परेको र उनको सम्पर्कमा आएकाहरूको पहिचान गर्ने चुनौती बढेसँगै सोमबार सरकारले लकडाउन गर्ने निर्णय गर्‍यो।

सप्तरी, सिरहालगायत प्रदेश २ का अधिकांश स्थानमा सरकारको निर्णय उल्लंघन भएको छ। सदरमुकामबाहेक अधिकांश क्षेत्रका बजार तथा पसल खुलेका थिए। प्रहरीको प्रयासले केही समय बन्द भएपनि मानिसको चहलपहल दिनभर नै कायम थियो। यसलाई रोक्न सप्तरीका केही स्थानमा नेपाली सेना परिचालन गरिएको छ भने बुधबारबाट जिल्लाभर नै सेना परिचालन गर्न लागिएको छ। सप्तरीको कञ्चनरूप नगरपालिका रूपनगर चौकमा पसल बन्द गराउन प्रहरीले पटकपटक मानिस लखेट्नु परेको थियो। मोटरसाइकल, टेम्पोलगायतका सवारीसाधन संचालनमै रहे।

फाट्टफुट्ट रुपमा चारचक्के सवारी साधन पनि संचालन भए। यसै अवस्थालाई मध्यनजर गरी सप्तरीमा सेना परिचान गरिएको छ। मंगलबारदेखि नै सप्तरीका विभिन्न स्थानमा सेनाको गस्ती सुरु भएको छ भने बुधबारदेखि जिल्लाभरका मुख्यमुख्य चौकमा सेना परिचालन गर्ने निर्णय भएको राजविराजस्थित भीमदल गणका गणपति प्रमुख सेनानी गुप्तबहादुर कुँवरले जानकारी दिनुभयो । सेनाले सरकारको निर्णय कार्यान्वयनमा प्रहरीलाई सहयोग गर्ने कुँवरको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com