काठमाडौं, १० चैत । खाडीका ६ देश र मलेसियामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या सोमबार बिहानसम्ममा तीन हजार नाघेको छ । विश्वका एक सय ९२ देशका तीन लाख ६८ हजार ७२४ जनामा सङ्क्रमण फैलिसकेको छ । १४ हजार ६८७ जनाको ज्यान गएको छ भने ९९ हजार ३ जना निको भएका छन् ।
कोरोना सङ्क्रमितको सँख्या बढ्दै जाँदा जोखिम पनि बढ्दो छ । आइतबार बहराइनमा तीन नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण पुष्टि भएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी
कतार
सङ्क्रमित सङ्ख्या – ४ सय ९४
निको भएर घर फिरेकाहरु – ३३
अस्पतालमा उपचाररत – ४ सय ६१
कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् ।
दूतावासमा पासपोर्ट र यात्रा अनुमति पत्रका लागि द्वितीय सचिव ऋचा भट्टराईलाई ६६३१६९८५ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
मृतकसम्बन्धी सेवाका लागि द्वितीय सचिव भुवनप्रसाद भट्टलाई ६६७४२०६४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
नेपाली समुदायको सरोकारको विषयका लागि द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
यस्तै दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ ।
यूएई
यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । मङ्गलबारदेखि यूएई भ्रमणमा आउनेहरुलाई सरकारले भिसा समेत नदिने निर्णय कार्यान्वयन गरेको छ ।
सङ्क्रमित सङ्ख्या – १ सय ५३
निको भएर घर फिरेकाहरु – ३८
अस्पतालमा उपचाररत – दुई जना नेपालीसहित ११३
मृतकको सँख्या – २
कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् ।
यूएईको (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् ।
आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५
साउदी अरेबिया
सङ्क्रमित सङ्ख्या –५११
निको भएर घर फिरेकाहरु – १७
अस्पतालमा उपचाररत – ४९४
सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् ।
अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बर
बहराइन
बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ ।
सङ्क्रमित सङ्ख्या – ३३४ तीन नेपालीसहित
निको भएर घर फिरेकाहरु – १४९
अस्पतालमा उपचाररत – १८३
मृतकको सङ्ख्या – २
ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ ।
कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ ।
कुवेत
कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था समेत बन्द गरिएका छन् । गएको शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ ।
सङ्क्रमित सङ्ख्या – १८८
निको भएर घर फिरेकाहरु– ३०
अस्पतालमा उपचाररत – १५८
स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् ।
कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् ।
ओमान
सङ्क्रमित सङ्ख्या – ५५
निको भएर घर फिरेकाहरु – १७
अस्पतालमा उपचाररत – ३८
कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।
मलेसिया
कोरोनाको सङ्क्रमण फैलन नदिन मार्च १७ मङ्गलबारदेखि मार्च ३१ सम्म मलेसियामा ‘लकडाउन’ नै गरिएको छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ ।
सङ्क्रमित सङ्ख्या – १३ सय ०६
निको भएर घर फिरेकाहरु – १३९
अस्पतालमा उपचाररत – ११ सय ५७
मृतकको सङ्ख्या – १०
कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्