ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसको संक्रमण रोक्न नेपालमा पनि चिनियाँ मोडल अपनाइन्ने


एबीसी न्यूज
चैत्र ९, २०७६ आईतबार  ८ : ३९ बजे

काठमाडौं, ९ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसको संक्रमण रोक्न नेपालमा पनि चिनियाँ मोडल अपनाइन्ने बताउनुभएको छ ।

चिनियाँ सरकारसँग उसले अपनाएको उपाय अंगीकार गर्न चिनियाँ चिकित्सकबाट प्रशिक्षण माग गरेको उहाले बताउनुभयो । ‘हिजोसम्म एउटा होमवर्क थियो त्यो भन्दा अब चिनियाँ मोडलमा जाने, उनीहरुको सुझावरसल्लाहलाई अंगीकार गर्ने’, त्यसका लागि चीनसँग चिकित्सकको टिमबाट प्रशिक्षण माग गर्ने भन्ने भएको छ’ मन्त्री भट्टले भन्नुभयो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट चीनमा ३ हजार २ सय जनाको मृत्यु भएको थियो ।

अहिले चीनमा यो रोगको संक्रमण करिब नियन्त्रणमा आएको छ । युरोपतिर महामारीकै रुप लिइरहेका बेला चीनमा कोरोना भइरस नियन्त्रणउन्मुख हुँदै गएपछि सरकार चिनियाँ मोडलमै सर्तकता अपनाउने निश्कर्षमा पुगेको मन्त्री भट्टले बताउनुभयो । चिनियाँ अनुभव र विधि सिक्न भिडियो कन्फरेन्समार्फत चिनियाँ चिकित्सक र नेपाली चिकित्सकको भिडियो कन्फरेन्स गराइने मन्त्री भट्टले बताउनुभयो । ‘यहाँबाट उता (चीन) लैजाँदा खर्चिलो र समय लाग्ने भएकाले उनीहरुको अनुभव, विधिबारे भिडियो कन्फरेन्समार्फत नेपालका डेडिकेटेड अस्पतालका डाक्टरलाई सुझाव दिइनेछ’ आइतबार संघीय संसद राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिको बैठकमा मन्त्री भट्टले बताउनुभयो।

मन्त्री भट्टका अनुसार कोरोनाबाट बच्न जुनसुकै देश वा संस्थाले उपलब्ध गराउने सहयोग नेपालले स्वीकार गर्नेछ । ‘चीनले र भारतले वा जुन सुकै देश वा संस्थाले जे उपलब्ध गराउँछ त्यो लिने भन्या छौं’ उहाले भन्नुभयो ।

मन्त्री भट्टले चीनले झैं नेपालमा पनि कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा नेपाली सेनालाई संलग्न गराउने तयारी भएको बताउनुभयो । ‘नेपाली सेनाले आफ्नो तर्फबाट पुरै तयारी गरेको छ ।

उनीहरुले एक हप्ताभित्र सम्भावित सबै कुराको तयारी गरिसक्ने भनेका छन्’ ‘सशस्त्र प्रहरीको हस्पिटललाई डेडिकेटेडका रुपमा निर्णय भइसकेको छ ।’ मन्त्री भट्टले भन्नुभयो । आन्तरिक रुपमा उत्पादन गर्ने र चीनलगायतका देशबाट औषधि र स्वास्थ्य उपकरण ल्याउने तयारी भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com