ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाईरसः विश्वका पाचँ महामारी,जसको प्रकोपले बदल्यो ईतिहास


एबीसी न्यूज
चैत्र ९, २०७६ आईतबार  २ : ५० बजे

कोरोना भाईरसको प्रकोपले विश्वका करोडौं मानिसको जीवन एउटा नाटकीय स्वरुपमा बदलीरहेको छ । उनीहरु जुन खालको रहन सहनको संस्कारमा रहेका छन्, त्यसमा बदलाव आईरहेको छ । यो बदलाव निकै सास्तीपूर्ण छ ।
मितिको पाना महामारीहरुले ईतिहास बदलिएको मिसिलले भरीएको देखिन्छ । साम्राज्यवादको विस्तार पनि भयो भने उसको दायरा समेटियो पनि । यहाँ सम्म कि दुनियाको मौसममा पनि यीनै बिरामीको कारण उत्तार चढाव आएको देखियो ।

ब्ल्याक डेथ र पश्चिम यूरोपको शक्तिशाली उदय

चौधौ शताव्दीको पाँचौ र छैटौ दशकमा प्लेगको महामारीले यूरोपमा मृत्युको हृदय विदारक हृदयविदारक ताण्डव गरेको थियो । यस महामारीको कहरबाट यूरोपको एक तिहाई जनसंख्या कालको खालमा परेका थिए । तर दशौं लाख मानिसको ज्यान लिने यो महामारीले कतिपय यूरोपेली देशका लागि बरदान साबित भयो । यति धेरै मानिसको मृत्यु पछि धेरै देशले आफूलाई हरेक क्षेत्रबाट यसरी अगाडी बढाए कि ती देशहरु आजको धनी देशहरुमा गनिन्छन् ।

ब्लाक डेथ अर्थात ब्युबोनिक प्लेगका कारण धेरै संख्यामा मानिसहरु मरे पछि खेतमा काम गर्ने मजदुर समेत कम भएको थियो । यसबाट जमिनदारहरु दिक्क भएका थिए । जो सगँ किशान बचेको थियो उसले जमिनदारसगँ सौदाबाजी गर्ने क्षमता बढायो । यसको नतिजा यो भयो कि पश्चिीमी युरोपेली देशहरुको सामन्तवादी व्यवस्था ढल्न मद्धत पुर्यायो । जो किशानहरु जमिनदारहरुको खेतमा काम गर्न बाध्य थिए, उनीहरु जमिनदारको कैदबाट मुक्त हुने स्थितिमा पुगे ।

यस बदलावले दास किशानको साटो मजदुरहरुको जन्म भयो । जसका कारण पश्चिम यूरोप ज्यादा आधुनिक , व्यापारीक र नगदमा आधारीत अर्थव्यवस्थातिर अघि बढे । किनकि मजदुरहरुलाई खेतको काम दिन किशानलाई मंहगो पर्न थालेको थियो ।

समुद्री यात्राको शुरुवात

यही बाध्यताले उनीहरु यस्तो प्रविधिमा लगानी गर्न बाध्य भए कि जसमा खर्च कम लागोस्,मजदुर कम लागोस् र काम पूरा होस् । यसो गर्दा लागत घटाएर नाफा बचाउन सकिन्थ्यो । यो भनिन्छ कि पश्चिीमी युरोपेली देशहरुले साम्राज्यवादको शुरुवात गरे । युरोपका मानिसहरुले लामो समुन्द्री यात्रा शुरु गरे । यसअघि लामो समुन्द्री यात्रा र अन्वेषण महंगो र खतरनाक मानिन्थ्यो । तर प्लेगबाट यति धेरै मानिसहरु मरे पछि मानिसहरुले जोखिमका बीच समुन्द्री यात्रा शुरु गर्न थाले । किन कि प्लेगबाट धेरै मानिस मरेको देखेर उनीहरुको मनबाट डर निस्किएको थियो । र उनीहरु यसरी बाहिर गए पछि आफ्नो देशको अर्थव्यवस्था बढाउने मौका पाए । फेरी उनीहरुले उपनिवेश शुरु गरे । यसरी प्लेग पछि पश्चिम यूरोपमा नयाँ उर्जा आयो । त्यस पछि अर्थव्यवस्थालाई आधुनिकिकरणले उनीहरलाई नयाँ प्रविधिकिो विकास गर्न बाध्य बनायो । विदेशमा जुन स्तरमा उपनिवेश बनाए र त्याहाँबाट जो कमाई गरे त्यसैको बलमा पश्चिम यूरोपेली देश शक्तिशाली भएर उभिए । आज पनि त्यसै आज पनि त्यही प्रगतिको बलमा पश्चिम यूरोपको धेरै देशले विश्वमा आफ्नो दबदबा बनाए ।

अमेरीकामा चेचकबाट मृत्यु र जलवायु परिवर्तन

यू्रोपेली देशहरुले पन्ध्रौ शताव्दीको अन्त्य सम्म अमेरीकी महाद्धीपहरुमा उपनिवेश विस्तार गर्दै आफ्नो साम्राज्य स्थापित गरेका थिए । आफ्नो साम्राज्य विस्तारको चक्करमा यूरोपेली शक्तिले त्याहाँका यति धेरै जनता मारे कि त्यस क्षेत्रमा ठुलो प्रभाव पर्यो । भनिन्छ त्यस बेला हावा समेत बदलिएको हुन सक्छ भनिन्छ । ब्रिटेनका युनिभर्सिटी कलेज अफ् लण्डनका वैज्ञानिकहरुले एक अध्ययनमा पाए कि यूरोपको विस्तार पछि अमेरीकाको करीब विश्वको दश प्रतिशत अर्थात ६ करोड जति जनसंख्या थियो त्यस बेला । तर एक शताव्दीमा यो घटेर केवल ६० लाखमा झरेको थियो । अमेरीकामा यूरोपेली उपनिवेश स्थापित भए पछि त्यस क्षेत्रमा भएको अधिकाश मृत्यु त्यस बिरामीको लागि जिम्मेवार थियो जो उपनिवेशवादीले आफ्नो साथमा लिएर आएका थिए । यीनमा सबै भन्दा ठूलो बिरामी थियो चेचक । अन्य विरामीहरुमा खसरा, हैजा,मलेरिया,प्लेग,कालो ज्वरो, र टाईफस पनि सामेल थियो जसले करोडौँ मानिसको ज्यान लिएको थियो । यी नै रोगहरुका कारण यस क्षेत्रको मान्छेले असह्य पीडा झेले । ठूलो संख्यामा मानिसहरुको ज्यान गयो र यसको नतिजा सारा विश्वले भोग्नु पर्यो ।

विश्वको तापमानमा कमी

जनसंख्या घटे पछि खेती कम भयो । बिशाल ईलाकाहरु प्mेरी जंगल र चउरमा फेरीए । एउटा अनुमान अनुसार यस कारण अमेरीकी महाद्धीपमा करीब ६ लाख ६० हजार बर्ग किलोमिटर ईलाका यसरी नै जंगलमा बदलिएको थियो । यो ईलाका केन्या या फ्रान्सको क्षेत्रफल बराबर हुन्छ । यत्रो बिशाल ईलाकामा रुख बिरुवा हुर्किएका कारणले वातावरणमा कार्बनडाईअक्साईडको स्तर तल झरेयो । यो तथ्य आर्कटिकको बरफको नमुनामा विम्वित भएको पाईएको थियो । यसले गर्दा विश्वको ठूलो हिस्सामा तापमानमा कमी आयो ।

वैज्ञानिकहरुको विस्वास छ कि अमेरीमाकामा धेरै हरियालीका साथ ठूलो खालको ज्वालामुखी विष्फोट र सूर्यको गतिविधिहरुमा कमी आएकाले पनि विश्वको तापमानमा कमी आयो र यस्तो दिशामा गयो कि जसलाई हामी लिटल आईस ऐज या लघु हिमयुग को नामबाट जान्दछौं ।

विडम्बना यो हो कि अमेरीकामा जुन युरोपेली देश आफ्नो साम्राज्याको विस्तारका साथ यो तबाही लिएर आएका थिए । यसैका कारण भएको जलवायु परिवर्तनको शिकार पनि सबै भन्दा धेरै यूरोपमै आएको थियो । यहाँ ठूलो स्तरमा बाली नष्ट भएको थियो र सुखा स्थितिको सामना गर्नु परेको थियो ।

पहेँलो ज्वरो र फ्रान्सको बिरुद्ध हाईटीको बिद्रोह

क्यारेवियन राष्ट्र हाईटीमा एक महामारी प्रकोप पहेँलो ज्वरो फैलियो । जसले फ्रान्सलाई उत्तरी अमेरीकाबाट बाहिर निस्कन बाध्य पारेको थियो । र यसपछि अमेरीका ठूलो र शक्तिशाली देश बन्ने दिशामा विकसित हुन थाल्यो । १८०१ मा क्यारेवियन देश हाईटीमा यूरोपको औपनिवेशिक तागतको विरुद्ध त्याहाँका धेरै दासहरुले विद्रोह गरे ।

एक पछि अर्को विद्रोहका कारण अन्ततः तुसैंत लोवरतूर र फ्रान्ससगँ सम्झौता भयो र उनी हैटीका शासक बने । उता नेपोलियन बोनापार्टले आजीवन देशको शासक घोषित गरेका थिए । नेपोलियनले पुरै हाईटीमा आफ्नो कब्जा जमाउने सोचे । हाईटी कब्जा गर्ने उदेश्यले उनले दशौं हजार सैनिक पठाए । ती सेना लडाँईमा निकै बहादुर साबित भए तर पहेँलो ज्वरोबाट मुक्त हुन पाएनन् । यसैबाट उनीहरु पराजीत भए । हाईटीमा भोगेको हार पछि बोनापार्टले उत्तरी अमेरीकामा फ्रान्सको औपनिवेशिक विस्तारको आफ्नो सपनालाई पनि तिलाञ्जली दिए । एक अनुमान अन्ुसार फ्रान्सको करीब ५० हजार सैनिक , अधिकारी, डाक्टर यस रोगबाट ग्रसित भएर मरेका थिए । युद्धमा गएका करीब तीन हजार सैनिक मात्र फ्रान्स फर्कन सफल भएको बताईन्छ ।

यूरोपको सेनासगँ अफ्रीकी सेनामा जस्तो यस ज्वरोको सामना गर्ने क्षमता थिएन । यो हारले नेपोलियनलाई सिर्फ हाईंटीबाट मात्र होईन उत्तर अमेरीकाबाट पनि फिर्ता हुन बाध्य पार्यो । हाईटी कब्जा गर्ने दुई बर्षे असफल प्रयास पछि २१ लख मिलियन बर्ग किलोमिटर ईलाका भएको क्यारेबियन द्धीपमा अमेरीकाको नयाँ सरकारलाई बेचिदियो । यसलाई लुईसियाना पर्चेजको नामले पनि जानिन्छ । जस पछि अमेरीकाको ईलाका बढेर दोब्बर भयो ।

अफ्रीकाको जनावारमाथिको महामारी

अफ्रीकामा जनावारमा फैलिएको एउटा महामारीले यूरोपलाई आफ्नो साम्राज्य विस्तार गर्न मद्धत पुर्यायो । यो प्रकोपले सिधै मानिसको मृत्यु हुदैन थियो । तर पनि यसले जनावारको ठूलो हिस्सालाई शिकार बनाएको थियो । सन् १८८८ देखि १८९७ सम्म दरमियान राईडरपेष्टको नामक भाईरसले अफ्रीकामा करीब ९० प्रतिशत घर पालुवा जनावार समाप्त पारेको थियो । यसलाई जनावारमा हुने प्लेग पनि भनिन्छ । यो महामारीले अफ्रीकाको धेरै हिस्सामा ठूलो समस्या ल्यायो । खास गरी हर्न अफ अप्रीका, पश्चिम अफ्रीका र दक्षिण अफ्रीकामा रहने धेरै समुदाय प्रभावित बने । भोकमरी, पशुमा आधारीत खेती गर्न मुस्किल हुन थाल्यो । अफ्रीकाको यस्तो खराब अवस्थाले १९ औं शताव्दीको अन्त्यमा युरोपेली देशलाई अफ्रीकाको ठूलो हिस्सामा आफ्नो उपनिवेश स्थापना गर्ने माहौल तयार भयो ।

यूरोपेली शक्तिको नियन्त्रण

हुनतः युरोपेली देशले अफ्रीकामा आफ्नो साम्राज्य स्थापित गर्ने योजना राईडरपेष्ट भाईरसको प्रकोप शुरु हुनु भन्दा धेरै पहिल्यै बनाएको थियो । १८८४ देखि १८८५ सम्म जर्मनीको बर्लिनमा एउटा यूरोपेली सम्मेलन भएको थियो । जसमा यूरोपको १४ देश बेलायत,फ्रान्स, जर्मनी, पोर्चुगल,बेल्जियम र ईटालीले भाग लिए । यी देशहरुले अफ्रीकामा उपविनेश कायम गर्न आफ्नो आफ्नो क्षेत्र लिने सम्झौता गरेका थिए । १८७० मा केबल १० प्रतिशत हिस्सा युरोपको नियन्त्रणमा थियो । तर १९०० सम्ममा ९० प्रतिशत हिस्सा नियन्त्रणमा लिन पुगे । यो राईडरपेष्ट भाईरसले यूरोपलाई सहयोग पुर्यायो ।

ईटालीमा १८९० मा ईरीट्रियामा साम्राज्य विस्तार शुरु गरेको थियो । उसलाई यो काममा राईडरपेष्टका कारणले सहयोग पुर्यायो । यो भाईरसका कारणले ईथियोपियाको एक तिहाई जनसंख्या मृत्युको मुखमा पुगेको थियो ।

प्लेगको प्रकोप र चीनमा मिंग वंशको पतन

संयुक्त राष्ट्रको हिस्ट्री अफ अफ्रीकामा अफ्रीका महाद्धीपमा उपनिवेशवादको दावी यसरी गरिएको छ , अफ्रीकामा साम्राज्यवादले त्यसबेला हमला गर्यो , जबकि त्याहाँका मानिसहरु पहिले देखि नै एउटा ठूलो आर्थिक संकट झेलिरहेका थिए । र साम्राज्यवादसगँै जोडिएर कैयौँ खराबीहरु आए ।

चीनमा मिंग राजवंशले लगभग तीन शताव्दी सम्म राय गरेको थियो । आफ्नो पुरै शासनकालमा यस राजवंशले पूर्वी एशियाको ठूलो क्षेत्रमा आफ्नो प्रभाव छोडेको थियो । तर प्लेग भाईरसका कारण यो शक्तिशाली राजवंशको अन्त्य विनाशकारी रह्यो । यो महामारीले १६४१ मा उत्तरी चीनमा प्लेग जसरी नै आक्रमण गर्यो । जसले गर्दा धेरै मानिसहरुको ज्यान गयो । कतिपय ईलाकामा त जनसंख्याको २० देखि ४० प्रतिशत सम्म यही भाईरसले समाप्त पारेको थियो । खडेरी जस्ता समस्या झेलिरहेका बेला , बाली नष्ट भएका बेला भोकमरीले मरीरहेका मान्छेमाथि नै यो भाईरसले अर्को हमला गरे पछि झन संकट बढ्यो ।

चीनमा यो संकट , मलेरिया र प्लेग जस्ता बिरामीहरुले एक साथ फैलिए पछि पैदा भएको थियो । यो पनि हुन सक्छ कि चीनमा उत्तरबाट आएका आक्रमणकारीहरुबाट यो भाईरस आएको पनि हुन सक्छ । त्यही संकटका बेला तीनै आक्रमणकारीहरुबाट मिगं वशंको शासन उखेलियो ।

शुरुमा त चीनमा लुटेरा र डाकुहरुले हमला गरेका थिए तर पछि मंचुरियाको किगं राजवंशले संगठित तरीकाले चीनमाथि आक्रमण गरेर मिंग राजवंशको सधैका लागि समाप्त गरिदियो । त्यस पछि उनीहरुले आफैलाई चीनको शासक घोषित गरे । किंग वंशले सदियौं सम्म चीनमा राज्य गर्यो । मिंग वंशको अन्त्य हुनुमा खडेरी, भोकमरी, भ्रष्टाचार जस्ता कारण पनि थिए । तर भयानक बिरामीहरु र महामारीले यसलाई अन्त्य गर्न महत्वपूर्ण भूमिका निभएको थियो ।
– बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com