ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस : चीनमा भन्दा आठ देशमा धेरै बिरामी


एबीसी न्यूज
चैत्र ९, २०७६ आईतबार  ११ : ४४ बजे

काठमाडौं, ९ चैत ।  विश्वका विभिन्न आठ देशमा चीनमा भन्दा धेरै कोरोना भाइरस (कोभिड–१९)  का बिरामी रहेका छन् । चीनमा नयाँ सङ्क्रमण घटेको र उपचारपछि निको हुने क्रम बढेको छ भने अरु देशमा बिरामी थपिइरहेका छन् ।

अहिले सबैभन्दा धेरै इटलीमा ४२ हजार ६ सय ८१ जना बिरामीले उपचार गराइरहेका छन् । इटलीमा ५३ हजार पाँच सय ७८ जनामा सङ्क्रमण भएकोमा चार हजार आठ सय २५ जनाको मृत्यु भएको छ भने ६ हजार ७२ जना निको भएका हुन् ।

यस्तै अमेरिकामा २६ हजार तीन ३३ जना बिरामीले उपचार गराइरहेका छन् । अमेरिकामा २६ हजार आठ सय ५९ जना सङ्क्रमित भएकोमा तीन सय ४८ जनाको ज्यान गएको छ भने एक सय ७८ जना निको भएका छन् ।

जर्मनीमा २२ हजार ७१ जना, स्पेनमा २१ हजार ९ सय ९३ जना, इरानमा ११ हजार चार सय १९ जना, फ्रान्समा १२ हजार तीन सय १० जना, स्विजरल्याण्डमा ६ हजार ६ सय ५२ जना र दक्षिण कोरियामा पाँच हजार आठ सय ८४ जना बिरामी उपचाररत छन् ।

चीनमा पाँच हजार तीन सय ५३ जना उपचार गराइरहेका छन् । चीनमा ८१ हजार ५४ जनामा सङ्क्रमण भएकोमा ७२ हजार चार सय ४० जना निको भएका छन् भने तीन हजार दुई सय ६१ जनाको ज्यान गएको छ ।

विश्वको एक सय ८८ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना सङ्क्रमणबाट आइतबार बिहान १० बजेसम्ममा तीन लाख आठ हजार दुई सय २७ जनामा सङ्क्रमण भएको छ । जसमध्ये ९५ हजार आठ सय २६ जना उपचारपछि निको भएका छन् भने एक लाख ९९ हजार तीन सय ३७ जना उपचार गराइरहेका छन् । १३ हजार ६४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com