ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व स्वास्थ्य संगठनले नेपाललाई भन्यो नेपालमा तयारीको अवसर – भारतसँगको नाका बन्द गर


एबीसी न्यूज
चैत्र ९, २०७६ आईतबार  ९ : ०३ बजे


एजेन्सीः स्विट्जरल्याण्डको जेनेभामा रहेको विश्व स्वास्थ्य संगठनको केन्द्रिय कार्यालयका कर्मचारी यतिबेला कोरोनाविरुद्धको युद्ध मोर्चामा चौबिसै घण्टा खटिरहेका छन्। कोरोनाले सबै महादेशलाई असर गरेको छ। चीनको उहान शहरबाट शुरु भएको यो महामारीले अहिले युरोपलाई आक्रान्त पारेको छ। चीनमा कोरोनाको संक्रमण घट्ने क्रममा रहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले इटालीलाई नयाँ ‘इपिसेन्टर’ तोकेको छ।

इटाली, स्पेन लगायत युरोपका सबैजसो देशमा ‘दिन दुगुना रात चौगुनाको दरले’ कोरोनाको संक्रमण फैलिएको छ। मृत्यु हुनेको संख्या पनि सोही अनुपातमा बढेको बढ्यै छ। बेलायत र अमेरिकामा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ। यस्तो अवस्थामा कोरोनाको रोकथाम र फैलिरहेका राज्यसंग समन्वय गरेर काम गर्न विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोसको नेतृत्वमा ‘न्यूक्लियस टिम’ बनेको छ।

सो टिमले नियमित पत्रकार भेटघाट गर्छ। पत्रकार भेटघाटमा नेपालको समेत सन्दर्भ जोडेर गरिएका प्रश्नको सारांश छ–कोरोना भाइरसबाट बाँच्ने उपाय घरमै बस्नु नै हो। नेपाल र अन्तर्राष्ट्रिय स्थितिलाई लिएर भर्खरै गरिएको पत्रकार भेटघाटको सारसंक्षेप।

चीनको उहानमा जब एउटा डाक्टरले कोरोनाको विषयमा राज्यलाई बताए, लेखे, त्यतिबेलै विश्व स्वास्थ्य संगठनलाई यो विषयमा जानकारी भएको भए, आजस्थिति यो हुँदैनथ्यो कि ?

हामीले थाहा पाउने बित्तिकै चिनियाँ सरकारसँग समन्वय गरेर तत्काल उहान ‘लक–डाउन’ गर्ने लगायतका रणनीतिक काम गरेका हौँ। जेनेभाबाट टिम नै गएर राष्ट्रपति सी चिङफिङसँग बसेर रणनीति बनेको हो। तत्कालै ‘लक–लडाउन’ गरेर चीनले आफ्ना सबै उपाय अपनाउनाले आज नियन्त्रणको अवस्थामा आइपुगेको हो। हामीले ‘पान्डेमिक’ घोषणा गर्न ढिलो भएर आएको भयावहस्थिति होइन यो।

युरोपको जनस्वास्थ्य असफल होरु के त्यसो भए इटालीको जनस्वास्थ्य व्यवस्थाको असफलताकै रुपमा लिने तरु इटाली मात्रै किन ?

पुरै युरोपको जनस्वास्थ्य व्यवस्था आजै मात्र बनेको होइन। यो धेरै वर्षदेखिको व्यवस्था, राजनीतिक र आर्थिक उन्नतिसँग जोडिएको कुरा हो। महामारी भनेकै यस्तै अवस्था हो। जनस्वास्थ्य असफलता भन्न नमिल्ला। बरु जनस्वास्थ्यको पुनरसंरचनातिर सोँच्न यो महामारीले बध्य पारेको छ।

उसो भए यो महामारीको प्रकोप छिटै रोकिन्छ त ?

मृत्यु भएकामा धेरैजसो रोगप्रतिरोध क्षमता कम भएका र ७० वर्षभन्दा माथिका छन्। फेरि भाइरस देखिएर सन्चो भएकाको संख्या पनि ठूलै छ। युरोप पुरै लकडाउनको अवस्थामा छ। यतिबेला गर्नुपर्ने दुईवटा काम, पहिलो सर्न नदिन आफैले सजगता अपनाउने र राज्यले फैलिन नदिन ‘लक–डाउन’ गर्ने। लागिसकेर प्रभावितको उपचार गर्ने। हामीले चार ‘स्टेप’ भन्ने गर्छौँ, पहिचान गर्ने, परीक्षण गर्ने, उपचार गर्ने र रिपोर्ट गर्ने। त्यही भएर चीनमा फैलिने बित्तिकै डब्ल्यूएचओले देखिदै नदेखिएका देशहरु, तयारीविहीन अवस्थामा बसेका विपन्न देश सबैलाई भनेका थियौँ–यो अब चीनको मात्रै समस्या रहेन। सबैले तयारी गरौँ। नभन्दै हेर्नोस् त अहिले सबैलाई प्रभावित पारिरहेको छ।

नेपाल जस्तो कमजोर स्वास्थ्य संरचना भएको मुलुकमा यो महामारी नदेखिनुको केही वैज्ञानिक पक्ष छरु कसरी हेरिएको छ नेपाल जस्ता मुलुकको तयारीलाई ?

मानिसलाई कोरोना लाग्यो कि मरिन्छ भन्ने भ्रम फैलिएको छ। त्यसो होइन। कोरोना शरीरमा पसेपछि देखिदै नदेखिन पनि सक्छ। देखिए नियन्त्रण भएर जीवन सामान्य पनि हुन्छ। कमजोर स्वास्थ्यस्थिति खासगरी श्वासप्रश्वासका रोगीमा यसले बढी असर गर्ने हो। नेपालले सक्दो तयारी गरेका खबर आइरहेका छन्। अस्पतालसम्म कतिपय केसहरु नआएका पनि हुनसक्छन्। प्रतिरोध क्षमता बलियो भएकोले सहयोग गरेको पनि हुनसक्छ। अहिलेसम्म महामारी नदेखिनु साह्रै राम्रो कुरा हो तर यसो भन्दैमा ढुक्क हुनु हुँदैन।

नेपालले तत्कालै के गर्नुपर्ला त ?

तत्कालै भारतसँग जोडिएका सिमा बन्द गरिहाल्नुपर्छ। जो आउँछन् नाकाबाट, उनीहरुको स्वास्थ्य परीक्षण गरेर १४ दिने क्वारेन्टाइनमा लगिहाल्नुपर्छ। नेपालमा तयारीको अवसर छ अहिले। भोलि संक्रमण फैलिहालेको खण्डमा आपतकालीन संरचनातिर ध्यान दिनुपर्छ। म त फेरि पनि के भन्छु भने यसको महत्वपूर्ण पक्ष भनेको आफूले आफैलाई जोगाउने हो। हुलमुलमा नजाने, हात नमिलाउने र घरमै बस्ने। राज्य बोलेर मात्र हुँदैन। राज्यको तर्फबाट तयारी हुनैपर्छ। अर्कोतिर जनताले पनि राज्यले भनेको मान्नुपर्छ। संक्रमित हुनबाट जोगिने उत्तम उपाय घरमै बस्नु हो। घरमै बस्नुपर्छ। अनि भाइरस नियन्त्रणमा आउन सक्छ।(ब्रेकएनलिंकबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com