काठमाडौं ८ चैत । आज बिहानभर कोरोना भाइरसबारे अडियो मेसेज भाइरल भएपछि त्यसबारे नेपाल प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । प्रहरी प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले कोरोनाबारे अफवाह फैलाउनेबारे अनुसन्धान अघि बढाएको बताउनुभयो । कोरोना भाइरसबारे ‘अफवाह सन्देश’ मा भनिएको नर्भिक अस्पतालले पनि विज्ञप्तिमार्फत स्पष्ट गरिसकेको छ । अफवाह फैलाउनेविरुद्ध नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान गरिरहेको छ ।
नेपाल प्रहरीले यस्तो महामारीको बेलामा सबैलाई संयमित हुँदै अफवाह नफैलाउन समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्