ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना रोक्न अन्तिम गृहकार्यमा सरकार :आजै साँझ उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै


एबीसी न्यूज

काठमाडौं, ७ चैत ।  बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा भित्रिन नदिन सबै उपाय अबलम्बन गरेको सरकार अव लक डाउनको निश्कर्षतिर पुगेको छ । कोरोनाको बिषयमा थप जोखिम नमोल्ने नीतिका साथ सरकार यस दिशातर्फ उन्मुख भएको हो ।

मुुलुकलाई थप सुरक्षित गर्ने निर्णय लिने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले आजै साँझ उच्चस्तरीय संयोजन समितिको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटलगत्तै पोखरेलले बैठक बोलाउनु भएको हो । नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज प्रधानमन्त्री ओलीसँग भेट गरी हालसम्मको अवस्थाको बिषयमा जानकारी गराउनु भएको थियो । प्रधानमन्त्रीले संक्रमणबाट मुलुकलाई जोगाउने सन्दर्भमा कुनै कमजोरी हुन नदिन र लिनुपर्ने सवै कदम चाल्न संयोजक पोखरेललाई निर्देशन दिनुभएको छ ।

कोरोनाविरुद्धको लडाइमा मुलुकको नेतृत्वको गरिरहनुभएका उपप्रधानमन्त्री पोखरेलले थप निर्णय लिन आजै साँझ उच्चस्तरीय समन्वय समितिको बैठक बोलाउनु भएको हो । उहाँले यसअघि नै आवश्यक परे मुलुक लक डाउनमा जाने संकेत गरिसक्नु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार राती देशबासीको नाममा संबोधन गर्दै केही साता जनता कफ्यू लगाउन निर्देशन दिएपछि कोरोनाप्रति नेपाल पनि कठोर बनेको हो । छिमेकी मुलुकबाट कोरोना भित्रन सक्ने भन्दै सरकार लक डाउनतर्फ अघि बढेको स्रोतले जनाएको छ ।

यसअघि समितिको बुधबारको बैठकले एसईई स्थगनलगायतका महत्वपूर्ण निर्णय लिएको थियो । यसबीचमा संयोजक पोखरेलले विभिन्न मन्त्रालय तथा निकायहरुबाट निर्णय कार्यन्वयनको अनुगमन रिपोर्ट समेत लिइरहनु भएको थियो । विमानस्थल र सबै सीमानाका बन्द गरेर बाहृय आवागमन रोक्न सबैतिरबाट सुझाव आएपछि सरकार पूर्ण रुपमा मुलुकलाई लक डाउन गर्ने दिशामा जान लागेको स्रोतले जनाएको छ । त्यस्तै सर्वसाधारणको भिडभाड र मास मोबिलाइजेशन रोक्न अत्यावश्यक सेवा बाहेकका कार्यालय र सार्वजनिक यातायातहरु बन्द गर्नेबारे पनि छलफल भइरहेको छ ।

सरकारी स्रोतका अनुसार जनतालाई घरबाट बाहिर निस्कन नपर्ने अवस्था सिर्जना गरेर मुलुकलाई लक डाउन गर्नेबारेमा छलफल भइरहेको छ । उच्चस्तरीय बैठकपछि सरकारले थप कदम उठाउने र मुलुकलाई लक डाउनतर्फ लगेर सुरक्षित राख्नेबारे छलफल तीब्र बनेको छ । उपप्रम पोखरेल यही काममा लाग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com