ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ : नेपालको भ्रमण गर्न विश्व समुदायलाई आग्रह


admin
पुस १६, २०७६ बुधबार  ७ : ०८ बजे

काठमाडौं, १६ पुस । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ । काठमाडौंको दशरथ रंगशालासँगै देशैभर विभिन्न कार्यक्रम गरि भ्रमण वर्ष २०२०को औपचारिक शुभारम्भ गरिएको हो । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा वर्ष २०२० लाई लिएको छ । रंगशालामा भएको भ्रमण वर्षको कार्यक्रमलाई दिप ज्योति प्रज्वलन र भ्रमणवर्षको प्रतिक यति अनावरण गरी राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारीक शुभारम्भ गर्नुभएको हो । भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैको सहयोगमा महाअभियानको रुपमा लिनुपर्ने बताउनुभयो ।

त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रमहरु ल्याउन नसके सम्भव नहुने बताउनुभयो । सांस्कृति तथा प्राकृतिक हिसाबले विभिदिकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उहाँले बताउनुभयो । उहाँले संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकिय गन्तव्य रहेकोले नेपालको भ्रमण गर्न आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले प्रकृतिलाई विगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्ति प्रतिको प्रतिवद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उहाँले बताउनुभयो । त्यस्तै शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल शुखि नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताउनुभयो । उहाँले नेपाल संसारकै एक अद्धितिय प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गर्नुभयो । हाम्रो सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रहरुको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने मन्त्री भट्टराईले बताउनुभयो ।

विश्वका सबैभन्दा बढी उचाई भएका हिमालहरु नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दीरहरु, विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरु हेर्न पनि नेपाल आउनुपर्ने बताउनुभयो ।सन १९५१ देखि मात्र विदेशी पर्यटकका लागि नेपाल भ्रमण गर्न खुल्ला गरिएको बताउँदै मन्त्री भट्टराईले पछिल्लो समय पर्यटन क्षेत्र नै नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बनेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

प्रलोपाको ‘व्यवस्था परिवर्तन’ प्रतिबद्धता (पूर्णपाठ)

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com