ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नियन्त्रण र कारबाही प्रभावकारी हुन नसक्दा वैदेशिक रोजगार क्षेत्रको लापरर्वाही जस्ताको तस्तै (भिडियोसहित)


admin

 

काठमाडौं, ३ पुस । विश्व बैंकको सन् २०१६ को तथ्यांक अनुसार सन् २०१४ मा भारतले ७२ दशमलव २ अर्ब अमेरिकी डलर रेमिट्यान्स भिœयाएर पहिलो नम्बरमा र ६ दशमलव ६ अमेरिकी डलर भियाएर नेपाल २३ औं नम्बरमा प¥यो । रेमिट्यान्सस“ग कुल ग्राहस्थ उत्पादनको अनुपातको आधारमा ४१ दशमलव ७ प्रतिशतका साथ ताजकिस्तान पहिलो र २९ दशमलव २ प्रतिशतका साथ नेपाल तेस्रो स्थानमा रहेको छ । जीवनस्तरको पछिल्लो सर्वेक्षण अनुसार नेपालको आर्थिक गतिविधिमा रेमिट्यान्सको ५६ प्रतिशत प्रभाव रहेको छ । आर्थिक वर्ष ७३⁄७४ मा देशले प्राप्त गरेको कुल विदेशी मुद्रामा रेमिट्यान्सको हिस्सा करिब ५४ प्रतिशत छ । केन्द्रीय तथ्यांक विभागको सन् २०११ को तथ्यांक अनुसार नेपालमा प्रतिवर्ष करिब ४ लाख युवा श्रम बजारमा प्रवेश गर्छन्् । देशमा आकर्षक रोजगारीको अवस्था सिर्जना नभएकै कारण दिनहु“ युवा विदेशिन बाध्य छन् ।

आर्थिक वर्ष २०५०⁄ ५१ मा ३ हजार ६ सय ५ जना कामदारका रुपमा विदेशिएका थिए । आर्थिक वर्ष २०६०⁄६१ मा विदेशिनेको संख्या ह्वात्तै बढेर १ लाख ६ हजार पुग्यो । आर्थिक वर्ष २०७०⁄७१ मा यो संख्या झण्डै पा“च गुणाले वृद्धि भई विदेशिनेको संख्या ५ लाख २७ हजार भयो । तर त्यसयता भने विदेशिनेको संख्यामा कमी आईरहेको सरकारी तथ्यांक छ । राष्ट्र बैंकको अनुसन्धान शाखाको २०७५ को अनुसन्धान अनुसार आर्थिक वर्ष २०७१⁄७२ मा वैदेशिक रोजगारमा बाहिरेनेको संख्या २ दशमलव ८ प्रतिशतले कमी आएको छ । त्यसैगरी, आर्थिक वर्ष २०७२⁄७३ मा १८ दशमलव ४ र आर्थिक वर्ष २०७३⁄७४ मा ४ दशमलव ७ प्रतिशतले कामदारको रुपमा विदेशिनेको संख्यामा कमी आएको तथ्यांक छ । सबैभन्दा तीतो तथ्यांक के छ भने, २०६५⁄६६ देखि चालु वर्ष अर्थात् १० वर्षको अवधिमा ७ हजार ४ सय ५५ जनाले वैदेशिक रोजगारको शिलशिलामा ज्यान गुमाएका छन् । देशको अर्थतन्त्र रेमिट्यान्सले चलयामान छ तर, विदेशमा पसिना बगाउनेहरुको श्रम, तलबभत्ता, स्वास्थ्य र सुरक्षाको जिम्मा भने सरकारले लिन नसकिरहेको अवस्था छ ।

विगतको १० वर्षमा सबैभन्दा बढी मलेसियामा २ हजार ६ सय ७०, साउदी अरेबियामा २ हजार ३५, कतारमा १ हजार ४ सय ५७, संयुक्त अरब ईमिरेट्समा ६ सय ४ र अन्य मुलुकमा ६ सय ८९ जनाले ज्यान गुमाएका हुन् । परिवारस“गको विछोडका कारण एक्लोपन महशुस हुनुका साथै मानसिक तनाव, कार्यस्थलको तनावका कारण विदेशमा रहेका नेपालीले आत्महत्याको अवस्थामा पनि पुग्ने गरेका छन् । वैदेशिक रोजगारमा विभिन्न खाले ठगीको समस्या पनि उस्तै छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल अध्यगमन विभागमा अनुगमन गरेको छ । फ्रि भिसा फ्रि टिकट भनिएपनि अझैपनि १० हजार भन्दा बढी रुपैयाँ तिरेर जानुपरेको, वैदेशिक रोजगारीमा जानेहरुले आफु कुन कामका लागि जान लागेको हो, कम्पनी कस्तो हो, सम्बन्धित देशको भाषा, कानून तथा समस्या पर्दा कसलाई सम्पर्क गर्ने लगायतका विषयमा जानकारी नराखेको पाइएको अनुगमनबाट खुलेको छ । वैदेशिक रोजगारको क्षेत्रमा देखिरहेका समस्याको प्रतिवेदन सरकार समक्ष बुझाई यसको समाधानका लागि पहल गर्न पनि राष्ट्रिय मानव अधिकार आयोगले अपिल गरेको छ ।

त्यसो त सुचना, प्रविधिको विकासस“गै वैदेशिक रोजगार क्षेत्रमा फरक खाले अपराध र ठगी धन्दा बढीरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मरकुमार भूसालले जानकारी दिए । पर्यटन भिसामा जान लागेको कागजात अध्यगमन विभागमा देखाउने तर श्रम भिसामा जाने किसिमको समस्या यस क्षेत्रमा बढ्दै गएको भूसालले बताए।अहिले दैनिक १ हजार ५ सय जना वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक छ । वैदेशिक रोजगारका कारण पारिवारिक, सामाजिक, साँस्कृतिक तथा विशेषगरी दिगो विकासको क्षेत्रमा प्रभाव पुगिरहेको छ । रेमिटयान्स भित्र्याएर राष्ट्रिय अर्थतन्त्र चलायमान गराउन वैदेशिक रोजगारीमा जानेहरुले सहयोग त गरेका छन् । तर, काम गर्नसक्ने युवा जनशक्तिलाई स्वदेशमै परिचालन गर्न नसक्दा पूर्वाधार निर्माण लगायत राजनीतिक तथा मनोविज्ञानको धरातलीय क्षेत्र पनि सशक्त बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com