ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले क्वारेन्टाइनको व्यवस्थापन भन्दा भन्सारलाई महत्वदिँदा व्यवसायीक समस्यामा (भिडियोसहित)


admin
पुस ३, २०७६ बिहीबार  २ : १६ बजे

काठमाडौं, ३ पुस । विदेशबाट तरकारी तथा फलफुल आयात गर्दा सीमामा रहेको क्वारेन्टाइनले परिक्षण गर्दछ । आयातित फलफूल तथा तरकारीको परिक्षण प्लान्ट क्वारिन्टाइनले परिक्षण गर्दछ । परिक्षणपछि मात्रै भित्र्याउन पाउने कानुनी प्रावधान छ । सरकारले भन्सार भएको स्थान नजिकै क्वारेन्टाइनको कार्यालय स्थापना पनि गरेको छ । क्वारेन्टाइनको कार्यालय स्थापना भएपनि सरकारी ध्यान भन्सारमा पुग्ने गर्दछ । सरकारलाई आयात हुने वनस्पतिजन्य उपजको परिक्षणमा खासै ध्यान दिन चासो छैन । आयात गरिएको विरुवादेखि फलफूल परिक्षणविना भित्र्याउदा विभिन्न रोग व्याधी शत्रु किराको समेत प्रवेश हुने भएकोले सीमा नाकामा परिक्षण गरेर मात्रै भित्र्याउनुपर्छ । कानुनले क्वारीन्टाइनको व्यवस्था समेत गरेको छ। तर सरकारले मानवस्वास्थ्य र पर्यावरणसंग जोडिएको क्वारेनटाइनमा भन्दा भन्सारले असुल गर्ने करको विषयमा चासो र चिन्ता मात्रै होइन,आवस्यक जनशक्ति र पूर्वाधारमा जोड दिदै आएको छ । क्वारेन्टाइनमा आवस्यक पूर्वाधार जनशक्ति व्यवस्थापनमा सरकारले उपेक्षा गरेको छ ।

सरकारले मानव स्वास्थ जस्तो सम्वेदनशिल विषयमा देखाएको उदाशिनताले लोककल्याणकारी राज्यमाथि नै प्रश्न उठेको छ । ऐन कार्यान्वयनमा आएको २ दशक भयो ।तर, आवस्यक पूर्वांधार जनशक्तिमा सरकारी बेवास्ता छ । यद्यपी राजधानी काठमाडौंसहित मुलुकका आठ स्थानमा अखाद्य तत्व ज“ँचका लागि प्रयोगशाला सञ्चालनमा रहेका छन् । चार ठाउ“का ल्यावमात्रै सञ्चालनमा छन् । ती पनि पर्याप्त पूर्वाधारयुक्त र पायक पर्ने ठाउमा छ्रैन । न त तिनमा सबै प्रकारका अखाद्य तत्व जँचको व्यवस्था छ । पायक स्थानमा परीक्षण प्रयोगशाला नहुनुले कृषि वस्तुको ज“ँचपासमा झन्झट छ । आयातित तरकारी र फलफूलका नमुना परीक्षणका लागि भन्सारले जँचपास गर्न पठाउछ । रिपोर्ट आइपुग्न समय लाग्छ ।सरकारले क्वारेन्टाइनको व्यवस्थापन भन्दा भन्सारलाई महत्व दिनाले व्यवसायीले समस्या भोग्न परेको छ ।

मुख्य कुरा आन्तरिक कृषिजन्य उत्पादन जोड दिनुपर्छ, यद्यपी आयात नगरि नहुने विषयमा सीमा नाकामा परिक्षण गरेर मात्रै भित्र्याउनुपर्छ । आयात निर्यात हुदा भन्सार र क्वारेन्टाइनको उत्तिकै बरोबर दायित्व छ ।तर, सरकारले भन्सारलाई जति महत्व दिएको छ , क्वारेन्टाइनलाई नदिनु भनेको पैसालाई जोड दिन चाहान्छ भन्ने प्रष्ट हुन्छ । यद्यपी सरकार आम नागरिकको स्वास्थ्य र पर्यावरणलाई संरक्षण गर्नु पर्ने दायित्व सम्झन्छ भने, भन्सारको जस्तै क्वारीन्टाइनको भौतिक पूर्वाधार र मानव संसाधनको उचित प्रबन्ध गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com