ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन शहरका सामान्य खाल्डाखुल्डी पनि पुर्न सक्दैन महानगर, नगरबासीको गुनासो ज्युँको त्युँ (भिडियोसहित)


admin

काठमाडौं, ३ पुस । सुन्दर र समृद्ध शहरको सपना बाड्छ काठमाडौ महानगर । शहरका सामान्य खाल्डाखुल्डी पनि पुर्न सक्दैन महानगर । सडकमा धुलो, धुँवा उत्तिकै उडिरहेकै छन् । जनजिविकामा सुधार नआएको, महानगरको परिवर्तन प्रत्यक्ष अनुभुति गर्न नपाएको नगरबासीको गुनासो ज्युँको त्युँ छ । यद्यपी महानगरले विभिन्न ठुला काम देखाउने कोसिस भने गरि नै रहेको छ । काठमाडौँको धुलो सफा गर्न ब्रुमर किनेको भएपनि प्रभावकारी रुपमा सञ्चालन गर्न सकेन । उपयोगिता शुन्यप्रायः छ । महानगरले विभिन्न किसिमका रोगहरुको उपचारका निमित्त आवश्यक स्वास्थ्य सेवा तथा नियमित स्वास्थ्य परीक्षण जस्ता कार्यहरु गर्न भन्दै नेपाली सेनासँग सझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस अन्तर्गत विशेषगरी जेष्ठ नागरिकहरुको लागि ओ.पी.डी. सेवा, आपतकालीन स्वास्थ्य सेवा, मृगौलाका बिरामीहरुका लागि हेमोडाईलासिस सेवा आदि सञ्चालन गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने बताइएको छ ।

सेवा सञ्चालन गर्न बिरेन्द्र अस्पताल छाउनीमा ३ करोड मुल्य बराबरको सामान खरिदको लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँबासी र काठमाडौँ महानगरका कर्मचारीले सेवा लिनसक्ने र वीरेन्द्र अस्पतालले स्तरिय सेवा प्रवाह गर्नेमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विश्वास व्यक्त गरेका छन् । नेपाली सेना र काठमाडौँ महानगरपालिकाबिच वातावरण तथा पर्यावरणीय क्षेत्रमा सहकार्य हुँदै आएकोमा अब स्वास्थ्य सेवासँग जोडिएर जनसेवा गर्न शुरु गरिएको महानगरको भनाइ छ । नेपाली सेनाले काठमाडौँ शहर हराभरा बनाउने महानगरको अभियानमा साथ दिइरहेको बताएको छ । प्रदुषणमुक्त प्लाष्टिक मुक्त काठमाडौँ बनाउन र टुडिखेललाई अझ समृद्ध गर्न नेपाली सेना र महानगरपालिकाबीच सहमती सहकार्य जारी रहने नेपाली सेनाका प्रधानसेनापनि पूर्णचन्द्र थापाले बताए । महानगरपालिकाले एक पछि अर्को गर्दै विभिन्न ठाउँमा विभिन्न सम्झौताहरु गर्न थालेको छ । त्यसको परिणाम केही समयपछि देखापर्ला नै । तर जनगुनासोको चाङ भने दिनप्रतिदिन बढि नै रहेको छ, जनअपेक्षा अनुरुपको काम गरेर जनतालाई प्रत्यक्ष अनुभुति गराउनु आवश्यक छ । काठमाडौँ महानगरबासिको माग अनुरुप नै यसरी बिरेन्द्र अस्पतालमा स्वास्थ्य सेवामा सहकार्य गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् ।

महानगरपालिकाको स्वास्थ्य क्षेत्रमा गरेको यो लगानी सकारात्मक रुपमै लिन सकिन्छ । तर, महानगरले जनस्वास्थ्यमा अझै ध्यान पुराउन सकेको छैन । सार्वजनिक स्थलमा शौचालय बनाउन सकेको छैन । भएको ठाउँमा पनि प्रभावकारी रुपले सञ्चालन गर्न सकेको छैन । यस्ता यावत् सानातिना सवालको सम्बोधन गर्नपनि महानगरले ध्यान दिनुपर्छ । रचनात्मक काम गर्न ध्यान दिनुपर्छ केवल आएको बजेट व्यवस्थापनको निम्ति विभिन्न योजना बनाउने होइन कि प्रभावकारी रुपमा सञ्चालन, कार्यान्वयन र प्रतिफल आउने गरी काम गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com