ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन शहरका सामान्य खाल्डाखुल्डी पनि पुर्न सक्दैन महानगर, नगरबासीको गुनासो ज्युँको त्युँ (भिडियोसहित)


admin
पुस ३, २०७६ बिहीबार  १ : ५६ बजे

काठमाडौं, ३ पुस । सुन्दर र समृद्ध शहरको सपना बाड्छ काठमाडौ महानगर । शहरका सामान्य खाल्डाखुल्डी पनि पुर्न सक्दैन महानगर । सडकमा धुलो, धुँवा उत्तिकै उडिरहेकै छन् । जनजिविकामा सुधार नआएको, महानगरको परिवर्तन प्रत्यक्ष अनुभुति गर्न नपाएको नगरबासीको गुनासो ज्युँको त्युँ छ । यद्यपी महानगरले विभिन्न ठुला काम देखाउने कोसिस भने गरि नै रहेको छ । काठमाडौँको धुलो सफा गर्न ब्रुमर किनेको भएपनि प्रभावकारी रुपमा सञ्चालन गर्न सकेन । उपयोगिता शुन्यप्रायः छ । महानगरले विभिन्न किसिमका रोगहरुको उपचारका निमित्त आवश्यक स्वास्थ्य सेवा तथा नियमित स्वास्थ्य परीक्षण जस्ता कार्यहरु गर्न भन्दै नेपाली सेनासँग सझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस अन्तर्गत विशेषगरी जेष्ठ नागरिकहरुको लागि ओ.पी.डी. सेवा, आपतकालीन स्वास्थ्य सेवा, मृगौलाका बिरामीहरुका लागि हेमोडाईलासिस सेवा आदि सञ्चालन गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने बताइएको छ ।

सेवा सञ्चालन गर्न बिरेन्द्र अस्पताल छाउनीमा ३ करोड मुल्य बराबरको सामान खरिदको लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँबासी र काठमाडौँ महानगरका कर्मचारीले सेवा लिनसक्ने र वीरेन्द्र अस्पतालले स्तरिय सेवा प्रवाह गर्नेमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विश्वास व्यक्त गरेका छन् । नेपाली सेना र काठमाडौँ महानगरपालिकाबिच वातावरण तथा पर्यावरणीय क्षेत्रमा सहकार्य हुँदै आएकोमा अब स्वास्थ्य सेवासँग जोडिएर जनसेवा गर्न शुरु गरिएको महानगरको भनाइ छ । नेपाली सेनाले काठमाडौँ शहर हराभरा बनाउने महानगरको अभियानमा साथ दिइरहेको बताएको छ । प्रदुषणमुक्त प्लाष्टिक मुक्त काठमाडौँ बनाउन र टुडिखेललाई अझ समृद्ध गर्न नेपाली सेना र महानगरपालिकाबीच सहमती सहकार्य जारी रहने नेपाली सेनाका प्रधानसेनापनि पूर्णचन्द्र थापाले बताए । महानगरपालिकाले एक पछि अर्को गर्दै विभिन्न ठाउँमा विभिन्न सम्झौताहरु गर्न थालेको छ । त्यसको परिणाम केही समयपछि देखापर्ला नै । तर जनगुनासोको चाङ भने दिनप्रतिदिन बढि नै रहेको छ, जनअपेक्षा अनुरुपको काम गरेर जनतालाई प्रत्यक्ष अनुभुति गराउनु आवश्यक छ । काठमाडौँ महानगरबासिको माग अनुरुप नै यसरी बिरेन्द्र अस्पतालमा स्वास्थ्य सेवामा सहकार्य गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् ।

महानगरपालिकाको स्वास्थ्य क्षेत्रमा गरेको यो लगानी सकारात्मक रुपमै लिन सकिन्छ । तर, महानगरले जनस्वास्थ्यमा अझै ध्यान पुराउन सकेको छैन । सार्वजनिक स्थलमा शौचालय बनाउन सकेको छैन । भएको ठाउँमा पनि प्रभावकारी रुपले सञ्चालन गर्न सकेको छैन । यस्ता यावत् सानातिना सवालको सम्बोधन गर्नपनि महानगरले ध्यान दिनुपर्छ । रचनात्मक काम गर्न ध्यान दिनुपर्छ केवल आएको बजेट व्यवस्थापनको निम्ति विभिन्न योजना बनाउने होइन कि प्रभावकारी रुपमा सञ्चालन, कार्यान्वयन र प्रतिफल आउने गरी काम गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com