ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकमा जसको सरकार भएपनि कृषि क्षेत्रमा सन्तोषजनक उपलब्धी भएन (भिडियोसहित)


admin
पुस २, २०७६ बुधबार  १ : ५८ बजे

काठमाडौं, २ पुस । विगतमा स्वभाविक रुपमा जीवन निर्वाह एवम् गुजारामुखी कृषि उत्पादन भयो । १९ औं र २० औं शताब्दीमा विश्वमा आएको राजनीतिक, सामाजिक, सा“स्कृतिक तथा आर्थिक रुपान्तरणस“गै कृषि क्षेत्र परिमार्जित र परिस्कृत हुदै गयो । अहिलेको लोकप्रिय नारा समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि पनि आर्थिक क्रान्ती अन्तर्गत कृषि क्रान्तीका विषय पनि उठीरहेको छ । वर्तमान सन्दर्भमा कृषिमा आधुनिकीकरण, व्यवसायिकीकरण र रुपान्तरणको आवश्यकता रहेको सरोकारवालाहरुले बताईरहेका छन् । कृषि क्षेत्रको फितलो अनुसन्धान, कृषि अनुदान, उत्पादन तथा खपतको उचित व्यवस्थापन हुन नसक्दा कृषि क्षेत्र अझै तंग्रिन सकेको छैन । यसमाथि जलवायु परिवर्र्तनको प्रमुख असर पनि कृषि क्षेत्र र किसानमा परिरहेको छ ।

किसान र कृषि क्षेत्रको हकअधिकारका लागि वकालत गर्ने कम्युनिष्ट पार्टीको नेतृत्वमा अहिले सरकार छ । तर पनि कृषि क्षेत्रमा भने सन्तोषजनक उपलब्धी छैन । बरु, कृषि अनुदानको दुरुपयोग बढेका घटना सार्वजनिक भैरहेका छन् । कृषि उत्पादनको लागि मुख्यतः जमिनको पनि समस्या छ । यसको साथै अनुदान, अनुसन्धान, व्यवस्थापन र अनुगमन फितलो रहेका कारण कृषि क्ष्ँेत्र उकासिन सकेको छैन । कृषिका लागि पानी अभावको समस्या पनि छ, तर यसका लागि सरकारले ध्यान पु¥याएको छैन, बजेट नै छुट्याएको छैन । अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी सरकारले कृषि क्षेत्रमा केही सकारात्मक कदम चालिरहे पनि कृषि उपजका सामानहरुमा उचित मूल्य नपाएका कारण किसान पलायन भईरहेको भन्दै गुनासो व्यक्त गर्छन् । देशभर अहिले लगभग ३१ लाख हेक्टर कृषियोग्य जमिन छ । तर, यो जमिन ३ करोड टुक्राबाट पनि निरन्तर टुक्रिरहेको छ । केही समय अघिसम्म २४, २५ हजार जैविक विविधता रहेको हाम्रो देशमा अहिले १४, १५ हजार मात्रै छन् । त्यसो त पृथ्वीको आयु पनि छोटिदै गएको विभिन्न अध्ययन अनुसन्धानहरुले दोखाइरहेको छ । कृषि, उद्योग, पर्यटनलगायत विभिन्न क्षेत्रमा आर्थिक विकास र समृद्धिका लागि विभिन्न पहलहरु भईरहेको पनि सरकारले बताईरहेको छ । त्यसो त राज्यले संघिय संरचनाको अभ्यास गरिरहेको छ । यो संरचनाको भौतिक तथा नीतिगत अवस्था खडा गर्न नै समय लागिरहेका कारण कृषि विकासका काम न्यून मात्रामा देखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वामदेव गौतम बताउंछन् । खेतीयोग्य जमिनलाई राष्ट्रियकरण गरी कृषिमा यान्त्रीकीकरण, व्यवसायिकीकरण र औद्योगिकीकरण गर्नुपर्ने गौतमको भनाई छ ।

देशको कुल जमिनको २३ प्रतिशत अर्थात् ५३ लाख हेक्टर जमिनमा घना जंगल अवस्थित छ । विश्वभर भईरहेको जलवायु परिवर्तको असर नेपालमा पनि परिरहेको छ । र, यसबाट कृषि क्षेत्र र किसानलाई नकरात्मक असर पु¥याईरहेको छ । विकसित एवम् समुन्नत राष्ट्रहरुबाट प्रकृतिको चरम् दोहन एवम् औद्योगिकीकरणको प्रदुषणको प्रभाव प्रत्यक्ष, अपत्यक्ष रुपमा नेपाल जस्तो विकासोन्मुख देशलाई छ । यसर्थ, विकसित राष्ट्रहरुले जलवायु परिवर्तनबाट पुगिरहेको असरको क्षतिपुर्ति नेपालजस्तो विकासोन्मुख राष्ट्रलाई प्रदान गर्न सक्नुपर्दछ । यसका साथै स्वस्थ्य, स्वच्छ एवम् आत्मनिर्भर कृषि खेतीका लागि पनि सरोकारवाला र राज्य सबैले जिम्मेवारपूर्ण भूमिका निभाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com