ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालापानी भारतको लागि रणनितिक, सामरिक एवं व्यापारिक रुट बन्दै (भिडियोसहित)


admin
पुस २, २०७६ बुधबार  १ : ४२ बजे

काठमाडौं, २ पुस । सरकारले उच्च राजनीतिक तथा कुटनितिक तहमा अग्रसरता देखाउन नसक्दा कालापानी लिपुलेक, र लिम्पियाधुरा मुद्धा ओझेलमा पर्ने पो हो कि भन्ने चिन्ता बढ्दै गएको छ । बिभिन्न अध्ययन र यथेष्ट प्रमाणको आधारमा कालापानी लिपुलेक, र लिम्पियाधुरा नेपालकै हो भन्ने पुष्ट्रि गर्दा समेत नेपाली भूभागको र्फिता गर्न सरकारले सकिरहेको छैन । सरकार भारतसंग उच्च तहमा वार्ता नगरेर परराष्ट्र मन्त्रालयको सचिवस्तरिय वार्तामै अल्मलिएको छ । दुई तिहाईको सरकार, प्रतिपक्ष लगायत सबै राजनितिक दल तथा आम सर्बसाधरणले समेत नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमण बिरुद्ध उत्रिएर साथ दिदा समेत सरकारी निकायले भूमि फिर्ताको लागि ठोस कदम अझै चाल्न नसक्नु दुखद भएको विश्लेषक बताउन ।

भारतले नयां राजनीतिक नक्शा सार्वजनिक गरेको महिनौं बित्दा समेत सरकारले विवाद समाधानको लागि तिब्र गतिमा काम गर्न सकिरहेको छैन । करिब ३९५ वर्गकिलोमिटर भूमिमाथि भारतले अतिक्रमण गरेर नेपालको सार्वभौमसत्तामाथि प्रहार गरेको बिज्ञहरु बताउछन । ५७ वर्ष अघि अतिक्रमित नेपालीमा राज्यको अुनपस्थितीकै कारण भारतले रजाई गरेको छ । हजारौ प्रमाण सुरक्षित हुदा हुदै पनि सरकारले लिम्पियाधुरादेखि कालापानी लिपुलेकसम्मको अतिक्रमित नेपाली भूमिलाई समेटेर आफनो नक्सदा समेत अझै सार्वजनिक गर्न सकेको छैन ।

कालापानी लिपुलेक, र लिम्पियाधुरा भारतको लागि रणनितिक, सामरिक एवं व्यापारिक रुट बनेको छ । रणनीतिक महत्वको भूभाग भएको हुनाले भारत त्यति सजिलै छोड्ने पक्षमा छैन । यसैले नेपालबाट यो भूमि फिर्ता गर्न बढीभन्दा बढी पहलको आवश्यक छ । सीमा समस्यालाई सल्टाउन परराष्ट्र सचिवस्तरीय संयन्त्र बनाइएको छ । संयन्त्रले अहिलेसम्म उपलब्धीमुलक काम नै गर्न सकेको छैन । सरकारले उच्च नेतृत्व र उच्च कुटनितिक तहबाट निर्णय वार्ता नगर्ने हो भने यो समस्याको अन्त्य नुहने अवस्था छ । कालापानी लिपुलेक, र लिम्पियाधुरा नेपाली भूभाग हो भन्ने त्यस स्थानमा भएको निर्वाचन, जनगणना, तिरो तिरेको काजगपत्र तथा स्पष्ट नक्साले प्रमाणित गरिसकेको छ । नेपासंग यथेष्ट प्रमाण रहंदा समेत के कारणले उक्त भूमिमा नेपाल प्रवेश गर्न सकिरहेको छैन ? राष्ट्रियता पक्षमा अर्काे आवाज उठाउने सरकार किन त्यति धेरै मौन देखिएको हो ? आम चासोको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com