ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐन बन्न ढिलाइ भएकोले तिनै तहको सरकार सञ्चालनमा समस्या (भिडियोसहित)


admin
पुस २, २०७६ बुधबार  १ : २८ बजे

काठमाडौं, २ पुस । आइतबारदेखि नेकपाको स्थायी कमिटी बैठक जारी छ । विधानमा तीन तीन महिनामा बैठक बस्नुपर्ने भएको भएपनि नेकपा स्थायी कमिटी बैठक एक वर्षपछि मात्र बसेको छ । जारी बैठकमा अध्यक्षद्धयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । नेताहरुले अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन माथि आफ्नो धारणा राखिरहेका छन् । अध्यक्ष प्रचण्डले प्रतिवेदनमा अन्तराष्ट्रिय परिस्थितिका संकेत र नेकपाको दायित्व, राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा, पार्टी एकता सदृढ गर्ने सम्वन्धमा, सरकारका कामहरूको समान्य समिक्षा, उपनिर्वाचनको समिक्षाको सम्बन्धमा, सचिवालयका निर्णयहरूको अनुमोदन सम्बन्धी प्रस्ताव र पार्टीका आगामि कार्यक्रमका सम्बन्धमा व्याख्या गरेका छन् ।

यसैमा आधारित भएर नेताहरुले आलोचनात्मक टिप्पणी, सल्लाह, सुझाव र प्रतिक्रिया व्यक्त गरिरहेका छन् । बैठक ढिलो राखेकोमा नेताहरुले तिव्र असन्तुष्टि पोखेका छन् भने बैठक ढिलो हुनुमा अध्यक्षले प्रतिवेदनमै आत्माआलोचना गरेका छन् । एकतामा हुन गएको ढिलाईले पार्टी पंक्ति र जनसमुदायमा अन्योल, आशंका र निराशा भएको, सरकारका काम कार्वाहीमा प्रभावकारिताका लागि पार्टीले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाको कमीका कारण समस्या उत्पन्न भएकोले पार्टी नेतृत्वले उचित समिक्षा गर्दै नेतृत्वले आत्मालोचना गरेको छ । त्यसो त, प्रतिवदेनमा चीनको बीआरआई र संयुक्त राज्य अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजी आपसमा टकराइरहेको भन्दै नेपालका लागि चुनौती र सम्भावना दुवै भएको विश्लेषण गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले छिमेकी मुलुक चीन र भारतसँग राष्ट्रिय हिललाई केन्द्रबिन्दुमा राख्दै नेपाली अर्थतन्त्रको विकासको निम्ति असल छिमेकीको सम्बन्ध कायम राख्नुपर्ने विचार प्रतिवेदनमार्फत व्यक्त गरेका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतिय नक्साबाट हटाउन अनुरोध गर्दै सरकारले उक्त भुमि फिर्ता गराउन र भारतिय सेना फिर्ता गराउन सरकारले पहल गरिरहेको जानकारी पनि प्रतिवेदनमा गराइएको छ ।

भ्रष्टाचार बढेको आरोप लागिरहदा कुराले मात्र नभई व्यवहारद्वारा नै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न नदिने शक्तिका रुपमा नेकपाले स्थापित गरेर देखाउनुपर्नेमा अध्यक्षको प्रतिवेदनले जोड दिएको छ । नेपालको स्थिर हुन लागेको राजनीतिमा अस्थिरता फैलाउन देशी बिदेशी शक्ति लागिरहेकोले राजनीतिक स्थिरतालाई दिगो बनाउन नेकपाले शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न विशेष जोड दिनपर्ने उल्लेख गरिएको छ ।नेकपा अन्योलग्रस्त अवस्थामा छ । संगठनात्मकदेखि प्रचारात्मक कामसम्म केही हुन सकेको छैन । यो कुरा पार्टी नेतृत्वले पनि स्वीकार गरेको छ । नेताहरु गुटगत स्वार्थमा केन्द्रीत छन् । सामुहिकता देखिन सकेको छैन । प्रतिवेदनमा गुटहरू झाँगिदै जान थालेको, पार्टी भित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेको र पार्टी अनुशासनको स्तर दयनीय भएको स्वयं नेताहरु स्वीकार गर्छन् । सबै संगठनको तिनमहिने कार्ययोजना अघि सारेर काम गर्नुपर्ने औल्याइएको छ । सरकार नीतिगत रुपमा सफल भएपनि व्यवहारिक र जनजिविकाको अपेक्षाको सवालमा भने प्रभावकारी हुन नसकेको बताइएको छ । महत्वपूर्ण ऐन बन्न ढिलाइ भएकोले तिनै तहको सरकार सञ्चालनमा समस्या देखा परेको, विधेयक मस्यौदा गर्दा सम्बन्धित क्षेत्रको विज्ञसँग परापर्श लिनुपर्ने, र महत्वपूर्ण राजनीतिक नियुक्तिमा बिलम्ब गर्नु नहुने पनि प्रतिवेदनमा उल्लेख छ ।

मंसिर १४ को उपनिर्वाचन उत्साहप्रद नभएको भन्दै परिणामलाई पार्टी र सरकारका कामलाई व्यवस्थित, संस्थागत र प्रभावकारी बनाउने गम्भीर शिक्षाका रुपमा लिन जरुरी रहेको औल्याइएको छ । आगामी दिनमा पार्टीलाई गतिशिल बनाउन माघको पहिलो हप्ताभित्र केन्द्रीय समितिको बैठक गर्ने र ३ महिने कार्ययोजनासाथ काम गर्ने एवं २०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पाटी, विभाग, जवस र अन्य सबै मोर्चाका कामहरूलाई व्यवस्थित पार्ने प्रतिवद्धता पनि जनाइएको छ । नेताहरुको सुझावलाई ग्रहण गर्दै अध्यक्षको प्रतिवदेन पारित हुने पक्का छ ।तर प्रतिवेदनले भनेजस्तो आगमी दिनमा नेकपा आफै हिंडन सक्छ कि सक्दैन त्यो भने उसको व्यवहारबाट देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com