ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौसमको ढाँचा परिवर्तन हुँदै (भिडियोसहित)


admin

काठमाडौं, १ पुस । सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बा“की भू–भागमा मौसम सामानयता सफा नै रह्यो । तर, सोमबार रातभर पनि पहाडी भू–भागमा आंशिक बदली रही वर्षा हुने र अन्य स्थानमा सामान्यता मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव तथा न्यून चापिय प्रणालीका कारण वर्षास“गै विभिन्न क्षेत्रमा हिमपात र वर्षा भईरहेको महाशाखाले जनाएको छ । सोमबार सामान्यतया मौसम सफा रहेपनि सोमबार उता फेरी पानी पर्न सक्ने महाशाखाको अनुमान छ । तर, वर्षायाममा जस्तै लगातार पानी भने पर्दैन ।

यस वर्ष छिट्टै जाडो बढ्यो कि ? भन्ने पनि सर्वसाधारणहरुको अड्कल छ । तर, सामान्यतया डिसेम्बर, जनवरीतिर नै जाडोयामको प्रक्रिया सुरु हुने भएकोले यो नियमित प्रक्रिया रहेको मौसमविद्हरु बताउ“छन् । त्यसो त डिसेम्बरको तेस्रो हप्ता पनि सुरु भईसकेकोले वर्षा, हिमपात र जाडो बढ्दै जानु स्वभाविक रहेको उनीहरुको भनाई छ । पश्चिमी वायुका कारण पूर्वी नेपालमा भन्दाबढी सुदुरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा जाडोको प्रभाव बढी हुन्छ । त्यसो त जलवायु परिवर्तनको असर नेपालको मौसममा पनि परिरहेको छ । पहिले–पहिले नेपालको अतयन्तै न्यूनतम तापक्रम माईनस तीन डिग्रीसम्म पुग्थ्यो तर, आजभोलीको न्यूनतम तापक्रम चार डिग्रीभन्दा बढ्न सकेको छैन । विगतको तुलनामा आजकल चिसो पनि कम भईरहेको मौसमविद्हरु बताउ“छन् । त्यसैगरी, पानी पर्ने मौसम, चिसो हुने दिनहरु पनि छोटिएको र मौसमको ढाचा पनि परिवर्तन हुदै गएको महाशाखाले जनाएको छ । चिसो मौसममा स्वास्थ्यको हेरचाह तथा अप्रिय घटना घट्न नदिन समयमै शतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

पश्चिमी वायु तथा न्यून चापिय प्रणालीका कारण मौसम परिवर्तन एवम् जाडो या गर्मी बढ्नु त स्वभाविक प्राकृतिक प्रक्रिया नै हो । तर पृथ्वीमा बढ्दो प्रदुषणका कारण जलवायु परिवर्तनमा नकरात्मक असर पुगिरहेको छ, यो भने गम्भिर विषय हो । त्यसो त चिसोकै कारण वृद्धवृद्धा, सुत्केरी महिला तथा बालबालिकाहरुको स्वास्थ्यमा बढी प्रभाव पुग्दछ । कतिले त चिसोकै कारण ज्यान गुमाउनुपर्ने अवस्था समेत सिर्जना हुने गरेको छ । तसर्थ, चिसो मौसमकै कारण कुनै अप्रिय घटना घट्न नदिन सबै नागरिक र जिम्मेवारहरुले बेलैमा साचेमा यसकोे परिणाम अति उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com