ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौसमको ढाँचा परिवर्तन हुँदै (भिडियोसहित)


admin
पुस १, २०७६ मंगलबार  १२ : २६ बजे

काठमाडौं, १ पुस । सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बा“की भू–भागमा मौसम सामानयता सफा नै रह्यो । तर, सोमबार रातभर पनि पहाडी भू–भागमा आंशिक बदली रही वर्षा हुने र अन्य स्थानमा सामान्यता मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव तथा न्यून चापिय प्रणालीका कारण वर्षास“गै विभिन्न क्षेत्रमा हिमपात र वर्षा भईरहेको महाशाखाले जनाएको छ । सोमबार सामान्यतया मौसम सफा रहेपनि सोमबार उता फेरी पानी पर्न सक्ने महाशाखाको अनुमान छ । तर, वर्षायाममा जस्तै लगातार पानी भने पर्दैन ।

यस वर्ष छिट्टै जाडो बढ्यो कि ? भन्ने पनि सर्वसाधारणहरुको अड्कल छ । तर, सामान्यतया डिसेम्बर, जनवरीतिर नै जाडोयामको प्रक्रिया सुरु हुने भएकोले यो नियमित प्रक्रिया रहेको मौसमविद्हरु बताउ“छन् । त्यसो त डिसेम्बरको तेस्रो हप्ता पनि सुरु भईसकेकोले वर्षा, हिमपात र जाडो बढ्दै जानु स्वभाविक रहेको उनीहरुको भनाई छ । पश्चिमी वायुका कारण पूर्वी नेपालमा भन्दाबढी सुदुरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा जाडोको प्रभाव बढी हुन्छ । त्यसो त जलवायु परिवर्तनको असर नेपालको मौसममा पनि परिरहेको छ । पहिले–पहिले नेपालको अतयन्तै न्यूनतम तापक्रम माईनस तीन डिग्रीसम्म पुग्थ्यो तर, आजभोलीको न्यूनतम तापक्रम चार डिग्रीभन्दा बढ्न सकेको छैन । विगतको तुलनामा आजकल चिसो पनि कम भईरहेको मौसमविद्हरु बताउ“छन् । त्यसैगरी, पानी पर्ने मौसम, चिसो हुने दिनहरु पनि छोटिएको र मौसमको ढाचा पनि परिवर्तन हुदै गएको महाशाखाले जनाएको छ । चिसो मौसममा स्वास्थ्यको हेरचाह तथा अप्रिय घटना घट्न नदिन समयमै शतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

पश्चिमी वायु तथा न्यून चापिय प्रणालीका कारण मौसम परिवर्तन एवम् जाडो या गर्मी बढ्नु त स्वभाविक प्राकृतिक प्रक्रिया नै हो । तर पृथ्वीमा बढ्दो प्रदुषणका कारण जलवायु परिवर्तनमा नकरात्मक असर पुगिरहेको छ, यो भने गम्भिर विषय हो । त्यसो त चिसोकै कारण वृद्धवृद्धा, सुत्केरी महिला तथा बालबालिकाहरुको स्वास्थ्यमा बढी प्रभाव पुग्दछ । कतिले त चिसोकै कारण ज्यान गुमाउनुपर्ने अवस्था समेत सिर्जना हुने गरेको छ । तसर्थ, चिसो मौसमकै कारण कुनै अप्रिय घटना घट्न नदिन सबै नागरिक र जिम्मेवारहरुले बेलैमा साचेमा यसकोे परिणाम अति उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com