ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिटो विकास गर्ने मुलुकको सूचीमा नेपाल– अर्थमन्त्री खतिवडा


admin

काठमाडौं, २७ मंसिर । अर्थमन्त्री युवराज खतिवडाले नेपाल अहिले सबैभन्दा छिटो विकास भइरहेका विश्वका दश मुलुकको सूचीमा पर्ने जनाउँदै आर्थिक समृद्धिका लागि यो सकारात्मक सूचक भएको बताउनुभएको छ ।

मेची बहुमुखी क्याम्पसको प्रशासनिक भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले दक्षिण एशियामा नेपाल र बङ्गलादेशको आर्थिक वृद्धि दर अरूको भन्दा माथि भएको बताउनुभयो । वर्तमान सरकारले मुलुकको आर्थिक क्षेत्रमा लिएका नीतिको सकारात्मक नतिजा विस्तारै देखिने उल्लेख गर्दै उहाँले अघिल्लो सरकारले शुरु गरेका अधुरा विकासका आयोजनालाई समेत पूर्णता दिन बजेट छुट्याइएको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रियस्तरमा बिक्ने र प्रतिस्पर्धा गर्नसक्ने शिक्षाको विकास गर्न सरकारले प्राविधिक, वैज्ञानिक र व्यावसायिक शिक्षामा लगानी गर्ने नीति लिएको बताउँदै अर्थमन्त्री खतिवडाले मेची बहुमुखी क्याम्पसको बन्न लागेका भौतिक संरचना निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । अर्थमन्त्री खतिवडा र पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले आज भद्रपुर–८ मा रहेको क्याम्पस परिसरमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन र बन्न लागेको महिला छात्रावासको शिलान्यास गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोग र नेपाल सरकारको सहयोगमा क्याम्पसका सबै संरचना निर्माण हुने भएका छन् ।

पूर्वउपप्रधानमन्त्री सिटौलाले मेची बहुमुखी क्याम्पसको विकास र विस्तारमा सबै राजनीतिक दलको सहयोग रहेको बताउँदै अघिल्लो सरकारले चन्द्रगढीमा निर्माण थालेको स्व गिरिजाप्रसाद स्मृति भवनमा वर्तमान सरकारले एउटा पनि इँटा नथप्नुको कारणबारे अर्थमन्त्री खतिवडालाई प्रश्न गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयका रजिस्टार डिल्लीराम उप्रेतीले आजै मेची बहुमुखी क्याम्पसको मानविकी भवनको शिलान्यास गर्नुहुँदै आगामी वर्षदेखि क्याम्पसमा सूचना प्रविधि विषयको स्नातक बीआईटी कक्षा सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

ठुला सभाको जमाना गयो, अब गल्ती नदोहोर्‍याउने बाचासहित घरघर डुल्छौँ – अध्यक्ष प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com