ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोह प्रहरीको फन्दामा (भिडियोसहित)


admin
मंसिर २६, २०७६ बिहीबार  १ : २६ बजे

काठमाडौं, २६ मंसिर । इन्टरनेटले संसारलाई साघुँरो बनाएको छ । इन्टरनेटको उच्चतम प्रयोग नेपालमा पनि हुन थालेको छ । तर,यसले विकृति र विसंगति पनि उत्तिकै भित्र्याएको छ । इन्टरनेटको तीव्र विकाससंगै अपराधिक क्रियाकलाप पनि बढिरहेको छ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरु ह्याक गरेर रकम चोर्ने क्रम बढिरहेको छ । केही समय अघि बैंकको एटिएम ह्याक गरेर करोडौँ रुपैँया रकम चोर्दा चोर्दै चिनियाँ नागरिक पक्राउ हुन् । फेसबुक, भाइबर, आइ एम ओ, ह्वाट्सएप लगायतको गलत प्रयोगबाट पनि आर्थिक तथा सामाजिक अपराध हुदै आएका छन् । यस्तै भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगि गर्ने गिरोहलाई महानगरिय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ । अनलाइन ठगिमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल मार्फत ठगि धन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको महानगरिय अपराध महाशाखाले जानकारी दिएको छ।

पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको प्रहरीको ठम्याइ छ ।। नेपालमा ४० भन्दा बढी एजेण्टहरु रहेको र उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेका थिए । उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको एसएसपी थापाले बताए । थापाले अहिलेसम्म ३४ जना नेपालीहरु अनलाइन ठगिमा संलग्न रहेको र १५ जना अनलाईनबाट ठगि पीडितहरु प्रहरीको संम्पर्कमा आएको बताए । एजेण्टहरुले ठगि गरेर कारोबार गरेका बैंकहरुमा ह्याक हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नेपालमा यो प्रकारको घटना बारम्बार घटिरहेको छ । आम नागरिकहरु ठगिने क्रम रोकिएको छैन सामाजिक सञ्जालको चरम दुरुपयोग भएको छ । हाम्रा बैंक तथा वित्तिय संस्था समेत असुरक्षित बन्दै गएका छन् । यसर्थ सूचना प्रविधिको चरम दुरुयोग गरि आम नागरिकलाई ठगी गर्ने यस्ता गिरोहरुको संयन्त्रलाई भत्काउन प्रहरीले थप कार्यकुशलता देखाउन आवस्यक छ भने, सर्वसाधारणहरु पनि वास्तविक सत्य तथ्य बुझेर मात्रै यस्ता प्रलोभनबाट सचेत हुन आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com